कमीलाको चुरा

वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।
छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् ।

पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् । घरगाउँमै पसल खुल्न थालेपछि चुरा धागो पनि पसलमै पाइन थाल्यो । तर, पैँसट्ठी बर्षकी कमीलालाई भने गाउँ डुल्नै रमाइलो लाग्छ ।

कमीलाले चुरा बेच्दै हिडेकाे २० वर्ष भयाे । उनी चितवन, हेटौडा र आसपासका जिल्लासम्म पुगेकी छिन् । खुट्टा दह्रा भएसम्म अझै पनि गाउँ घर डुल्ने उनको इच्छा छ ।

कमीलाले गाउँबिच एउटा पसल छेउमा बसेर त्यहाँ आउनेलाई चुरा लगाइदिन थालिन् । एकजना आमा यो चुरा भएन, यो साइज मिलेन भन्दै चुरा हातमा लिएर पटक-पटक ओहोर-दोहोर गरिन् । नयाँ बुहारीका लागि रहेछ । नयाँ बुहारी घरबाट बाहिर निस्कन नमिल्ने चलन रहेछ ।

एउटा घरमा कमीलाले पानी मागिन् । पर्दाको छेल पारेर ढोका भित्रैबाट कसैले पानी दियो । उनी नयाँ बुहारी थिइन् ।
चुरा लगाईदिँदै, कमीला घर–घरमा हिँडिरहिन् । हामी पछ्याइरह्याैँ ।

वनकरियाकी गुरु आमा

कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे ।

उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ ।

उनले हेटाैडामा जेटिए पढिन् र गाउँ फर्किइन् । उनी वनकरिया समुदायभित्र धेरै पढे लेखेकी मध्ये एक हुन् । अहिले साना-साना बालबालिकाहरूलाई अक्षर चिनाउछिन् ।
‘मेराे पढाई सकेर गाउँ आउदा भताभुङ्ग भएकाे देखें । केटाकेटीहरु स्कूल कमै जाने । त्यसपछि मैले पाएकाे जागिर छाेडेर भाइबैनीलाई ट्युसन पढाउने निर्णय गरें । अनि घर-घर जाँदै नानीहरुलाई जम्मा गरेर पढाउन थालें ।’

जङ्गलमा कन्दमूल खोज्ने, खोलामा माछा मार्ने अनि गोठाला जाने वनकरिया बालबालिकाहरू अचेल कक्षा कोठामा भेटिन्छन् । अनि भएकी छिन् सन्तोषी गुरु आमा ।

हिउँका पाइलाहरु

के हिउँद,के बर्खा ?
कहिले शहर, कहिले खर्क,
समय दौडिरहेछ, तिमी नपर्ख !

उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ ।
जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् ।

सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् ।
घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे जाउलाे खाएर उनीहरू घरबाट निस्किए ।

उनीहरूका गुरु हरि रोकाया र साथीहरू मैदानमा आईसकेका छन् ।

मैदानबाट टोलि बाँडियो । कोही उर्थु पुग्ने गरि दौडिए । कसैले राजासिम मैदानमा फन्को लगाए ।
टाेलिमै मिसिएर दाैडिरहेका गुरु हरि राेकाया एकैछिन् राेकिए -‘जाडाे गर्मी दुवै माैसममा ट्रेनिङ दियाे भने उनीहरु जस्ताे समयमा पनि दाैडिन सक्छन् । त्यै भएर यहाँ हिउँ परेकाे ठाउँमा दाैडाएकाे ।’

आफैं दौडन आएका प्रकाश कठायतले साथीहरुलाई कसरत पनि सिकाउँछन्। दौडिनकै लागि उनी घर छोडेर सदरमुकाम बस्छन् ।

राममायाकी दिदी सुनमाया बुढा अन्तर्राष्ट्रिय धावककाे रुपमा चिनिन्छिन् । दिदी दौडिएर देश विदेश पुगेको देख्दा उनलाई पनि दौडिने साहस जाग्यो । त्यही साहसले उनी देशभरि विभिन्न प्रतियाेगितामा सहभागी भईन् । उनको पोल्टामा सुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका जीतहरुको तक्मा छ ।

छाेरीहरु राममाया र सुनमायाले विजयको प्रमाण पत्र बाेकेर घर फर्किँदा आमा खुसी नहुने कुरै भएन।

‘याे दगुड्न्या काम राम्माे हाे कि नराम्माे हाे माेकन था नाई । त्यइपुनि छाेरीहरुले गाउँकाे, आमा-बुबाकाे, गाविसकाे संसारैभर नाउँ राखिन् भनेर खुसी भयाँ हुँ ।’-आमा मुनकली बुढा उज्यालाे अनुहारमा खुसी पाेख्छिन् ।

कल्पनाको सपना

रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन ।

१५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।
५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् ।


आफैंले कमाएर पढ्ने किशोर सपना बोकेर कल्पना भारततिर लागिन् । भारतमा धेरै नेपालीहरु भेटिन् तर बुबा भेटिनन् । पैसा कमाएर पढ्ने सपना बुनेकी कल्पनाले बिहेपछि श्रीमानले पढाउछ भन्ने आश्वासन पाएपछि भारतमा काम गर्दै गरेका राेल्पाका एक युवासँग बिहे गरिन् ।
तर सानै उमेरमा बिहे गरेकी कल्पनाले उमेरभन्दा धेरै दु:ख भाेग्नु पर्याे ।

समय बित्दै गयाे । आँटी कल्पनाले हरेस खाइनन् बरू बिबाह घर त्यागेर आफ्नाे सपनाकाे बाटाे पछ्याउदै जन्मघर फर्किईन् ।
उनलाई आमा र दाजुकाे साथ मिल्याे अनि फेरि पढाईलाई निरन्तरता दिईन् ।

‘गाउँकाले बिहे घर छाेडेर आएकी छाेरी भनेर कत्ति कुरा काटे । तर मैले उनीहरुकाे कुरा वास्ता गरिनँ । छाेरीकाे इच्छा अनुसार पढाेस् । पढेर केही गर्न सक्छ। म जस्तै दु:खी नहाेस् भनेर उनीहरुकाे सपनामा मैले साथ दिईरहेकी छु ।’ कल्पनाकी आमा छाेराछाेरीकाे साहस बनेकी छिन् ।

अहिले १२ कक्षामा पढ्दै गरेकी कल्पना प्रहरी बन्ने सपना बोकेर बिहानै शारीरिक व्यायाम गर्छिन् ।
शारीरिक व्यायाम गर्न उनका दाजु र साथीहरुले सहयाेग गर्छन् ।
आज सबेरै प्रहरीको लिखित परीक्षा दिन नेपालगञ्ज जान लागेकी छोरीलाई आमाले बिदा गरिन्
कल्पना प्रहरी बन्ने सपना बोकेर बाटो लागिन् ।

‘सास पनि डुङ्गामा लास पनि डुङ्गामा’

पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ ।
घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ।
कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने।
सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान बोकेर ओरालो झर्छन् ।
ताल नजिकैको पौवामा भारी बिसाउँछन् । अनि एकजनाले दुध जम्मा गर्छन् । दूध बाेकेकाे डुङ्गा तालकाे बाटाे हुँदै करिब एक घण्टामा बजार पुग्छ ।

दूध पुर्याउन मात्र होइन, ‌‌औषधी उपचार गर्न,किनमेल गर्न अनि जन्तीदेखि मलामी जान पनि डुङ्गा नै चाहिन्छ ।
सामान किनमेल गरेर बजारबाट घर फर्किदै गरेकी हजुरआमा भन्छिन्- ‘सास पनि यै डुङ्गामा लास पनि यै डुङ्गामा’
ताल पारिका गाउँहरु बिस्तारै रित्तिदै छन् । गाउँमा साना-साना नानीबाबु र बुढापाका मात्रै भेटिन्छन् । युवाहरू कोही विदेशिए, कोही बजारतिरै झरे । बचेखुचेका सपनाहरु डुङ्गा चढेर फेवाताल वारि पारि गरिरहन्छन् । https://fb.watch/8yxfp-Ej-R/

हरेक बर्खामा डुब्छ बखरी

‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु,  पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’

विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ । 

पहिले पहिले उनीहरु  आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु डुवानको मर्कामा परिसकेका छन् तर विद्यालयमा आश्रय लिन भने गएनन । कोभिड–१९ को कारण उनीहरु यसपालि विद्यालयमा आश्रय लिन नगएका हुन । 

धेरै जना एकै ठाउँमा बस्न नमिल्ने भएकोले विद्यालयमा नजाने संजिव ऋषिदेवले बताए । उनले भने “मरे पनि यहिँ मर्ने”

प्रत्येक वर्खामा भगवानको भरोसामा बाँच्दै आएको संजिव ऋषिदेवले बताए । ‘राति पानी बढ्यो भने भगवानको भरमा बस्छौं, दिनमा बढ्यो घर छोडेर भाग्छौं ।’ 

उनीहरुका माटो र फुसको घर पानीको कारण ओसिने गरेको छ । डुवानको समयमा घरअगाडिको खोल्सीमा घाँटि भन्दा बढी पानी हुने गरेको संजिवले बताए । ‘डुवानको बेलामा पनि खानु त पर्छ ।’ उनले भने ‘घाँटी घाँटी पानीमा डुबेर बजार गएर दाल चामल ल्याउने गरेको छुु ।’

२०-२५ घर ऋषिदेव रहेको उक्त बस्तिमा चुनावको समयमा मात्र नेताहरु पुग्ने गरेको  उनीहरुले गुनासो गरे । चुनावको बेला ताकेता गर्छ । गोडा ढोक्छ । सोझा मान्छेले भोट दिइ हाल्छन् । नेता चुनाव जितेर गैइहाल्छ । हाम्रो यो अवस्था हुँदा पनि फर्केर आउँदैन ।’ पवन ऋषिदेवले बताए ।

भिडियो हरेक बर्खामा डुब्छ बखरी

बहुला कुकुरले टोकिदिएको एउटा सपना

रौतहटको चन्द्रनिगाहपुरबाट उत्तरमा पर्ने असनवा गाउँकी प्रल्हादिया देवी चौधरीको सानो संसारमा पुरा हुनै लागेको एउटा सानो सपना कसरी तुहियो?

कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् ।

नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ ।

तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको धमिलो पानी खानु पर्ने बाध्यता छ । अनि त्यही फोहोर पानी खेप्न पनि साँझ विहान उकाली ओराली गर्नुको पीडा भोग्नेलाई मात्र थाहा छ । 

धारा र खानेपानीको सपना धेरै बाँडियो बाइराँकामा । अब त गाउँलेलाई आश पनि लाग्न छाडिसक्यो ।

भिडियो – कलकल नदी, तलतल गाउँ

चाउमिन खाँदा देखेको सपना

बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न । 

पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा बजारको समस्या होला कि भन्ने चिन्ता परेको छ । 

वैतडीबाट दैनिक ६ जना कमाईका लागि विदेश जान्छन् । तर तरकारी खेती सुरु गरेपछि पदमले अरु विकल्प सोच्नु परेको छैन  । एकै सिजनमा ९ लाख सम्म कमाइ हुन्छ । 

तरकारी खेतीकै कमाईले ३ बहिनीलाई शहरमा राखेर पढाएका छन् ।  अनि 

धनगढीमा जग्गा पनि किनेका छन् ।

भिडियो: चाउमिन खाँदा देखेको सपना

बालबालिकाको लागि उपयोगी एपहरु

यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ ।

कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला ।

सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा पनि गाउँ गाउँमा मोबाइलबाट इन्टरनेट चलाउनको संख्या धेरै भइसक्यो । हामी आज बालबालिकाको लागि उपयोगी हुन सक्ने शैक्षिक सिकाईका एपहरुबारे बताउँदैछौं ।

बालबालिकाले मोबाइलमा घन्टौं समय बिताएर गेम खेल्ने र युट्युबका गैरशिक्षामुलक भिडियो हेर्नुभन्दा यी एपहरुबाट ज्ञानगुनका कुरा सिक्न सकिन्छ ।

हामीले छानेका एपहरु सबै नि:शुल्क हुन् र ती एप चलाउँदा त्यसमा घरिघरि दिक्कलाग्दा विज्ञापनहरु पनि आउँदैनन् । हामीलाई थाहा नभएका तर तपाईंलाई थाहा भएका अरु उपयोगी सिकाई एपहरु छन् भने कमेन्टमा लेखिदिनुहोला है ।

बालबालिकाको लागि उपयोगी एपहरु

खान एकेडेमी किड्स

१. हाम्रो पहिलो रोजाई खान एकेडेमी किड्स हो । खान एकेडेमी अमेरिकास्थित ‘नाफा नकमाउने’ शैक्षिक संस्था हो । यसले ठूला मान्छेका लागि मात्र नभई बालबालिकाका लागि पनि निशुल्क डिजिटल शैक्षिक सामाग्रि तयार पार्छ ।

खान एकेडेमि किड्सले वच्चाहरुलाई रमाइलो तरिकाले विभिन्न विषयहरु सिकाउँछ । आफ्नो बच्चाको अकाउन्ट बनाइदिनुभयो भने तपाईंले बच्चाले कति सिक्यो के सिक्यो भनेर हेर्न पनि मिल्छ ।

अहिले लकडाउनका बेला त खान एकेडेमिले शिशु कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीहरुको लागि सिकाईको रुटिन नै बनाइदिएर पढाउन थालेको छ ।

खान एकेडेमि किड्स एप, एन्ड्रोइड, आइओएस र एमेजनका डिभाइसहरुको लागि उपलब्ध छ । कम्प्युटरमै पनि चलाउन सकिन्छ ।

लिङक: खान एकेडेमी किड्सको एप एन्ड्रोइडको लागिआइओएसको लागि

सलमान खान – भिडियो

उनी बलिउडका कलाकार सलमान खान होइनन् है! खान एकेडेमीका संस्थापक हुन् । सलमान खानले केही वर्षअघि सिकाईको बारेमा टेड टकमा बोलेका कुराहरु यहाँ हेर्न सकिन्छ ।

२. ई-पुस्तकालय

साझा शिक्षा इ-पाटी नाामको मुनाफारहित संस्थाले चलाएको ई पुस्तकालयमा ठूला साना सबैका लागि शिक्षामुलक सामग्रिहरु छन् । यसमा नेपाली भाषाका थुप्रै पुस्तक र पत्रपत्रिका पनि नि:शुल्क पढ्न र डाउनलोड गर्न सकिन्छ ।

इ-पुस्तकालयमा राखिएको एउटा रमाइलो वाल पुस्तक ‘ङनमती र ञकञके’

इ-पुस्तकालयमा थुप्रै सुन्ने किताबहरु (अडियो बुक) पनि छन् ।

बालबालिकाका लागि यहाँ अझै धेरै शिक्षामुलक सामग्री छन् । कक्षा १ देखि ८ सम्म नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार यहाँ अँग्रेजी, गणित, विज्ञान जस्ता विषय अन्तर्क्रियात्मक तरिकाले पढ्न पाइन्छ ।

ई पुस्तकालयमा बालबालिकाका लागि थुप्रै कथा कविताका किताबहरु पनि रहेका छन् । इ पुस्तकालय मोबाइल एप र कम्प्युटर ब्राउजर दुबैमा उपलब्ध छ । अनि नेपाली र अँग्रेजी दुबै भाषामा पनि ।

ई-पुस्तकालयमा हामीलाई पन परेको किताब चाहिँ ‘ङनमति र ञकञके’ हो । तपाईंको नानीलाई चाहिँ कुन किताब मन पर्यो कमेन्टमा लेख्नुस् है ।

लिङ्क: ई-पुस्तकालय एन्ड्रोइडई-पुस्तकालय होमपेजइ-पुस्तकालय ई-पाठ

३. सिकाई चौतारी

सिकाई चौतारी नेपाल सरकारको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले संचालन गरेको उपयोगी अनलाई पोर्टल हो । यहाँ कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको लागि उपयोगी शैक्षिक सामग्रि छन् ।

साना कक्षाका बालबालिकालाई रमाइलो तरिकाले अन्तरक्रियात्मक कक्षा पढाइन्छ भने ठूला कक्षाका विद्यार्थीलाई स्कुलमा गुरु-गुरु आमाले पढाएको जस्तै अँग्रेजी, गणित र विज्ञान कक्षाका विषयगत भिडियोहरु हेर्न सकिन्छ ।

सिकाई चौतारी चाहिँ मोबाइलमा डाउनलोड गर्ने एप नभई ब्राउजरमै गएर चलाउने एप हो । कम्प्युटर अथवा मोबाइल दुबैबाट सिकाई चौतारीको लिङ्क (https://learning.cehrd.edu.np/) क्लिक गरी सिक्ने थलोमा पुगिन्छ ।

बरु मोबाइलमा चाहिँ पटक पटक लिङ्क खोल्नु भन्दा एक पटक खोलिसकेपछि त्यसको ShortCut लाई Home Screen मा राख्नुभयो भने अर्को पटक होम स्क्रिनबाट सिधै सिकाई चौतारीमा पुग्न सकिन्छ ।

४. रिभेट

खासै नाम नसुनिएको यो एप गुगलले तयार पारेको हो । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको यो एपले अँग्रेजीका किताबहरु सही उच्चारण सहित पढ्न सिकाउँछ । रिभेटमा ३ हजार ५ सय भन्दा धेरै किताबहरु छन् ।

रिभेट एपपमा उमेर अनुसारका कथाका पुस्तकहरु छन् । कुनै अँग्रेजी शब्दको सहि उच्चारण सोही शब्दमा छोएपछि सुन्न सकिन्छ । अनि तपाईंको नानीबाबुले बोलेको अँग्रेजी उच्चारण मिल्यो कि मिलेन भनेर एपले प्रतिक्रिया पनि दिन्छ ।

लिङ्क: एन्ड्रोइडको लागि रिभेट

हामीले तयार पारेको यो सामग्रि तपाईंहरुलाई कस्तो लाग्यो? आफ्ना नानी बाबुका लागि अरु कस्ता सामाग्रि पढ्न/हेर्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोला ।

अनि सुन्नुस् त : तपाईंले गजेन्द्र सरको कथा हेर्नु भएको छ?

कौसी खेती गर्न मन छ?

अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ ।

कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका छन् ।

भिडियो – कौसी खेतीमा ध्यान दिनुपर्ने कुराहरु

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । 
कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ । 

कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको छ । 

यहाँ नेपाली सेनाका दुई जना स्वास्थ्यकर्मी दिनरात खटेका छन् । लकडाउनको अवधिमा जेठ मसान्तसम्म मात्र सर्पले टोकेका १ सय ५६ जना  यहाँबाट उपचार पाएर फर्केका छन् ।  गत वर्ष ६ सय ६५ जनाले यहाँ उपचार गरेका थिए ।

भिडियो कथा

असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए ।

विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो ।

असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो ।

space

असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि शेरचनको कविता छानेका छौं । कविताको अडियो विद्या चापागाईको आवाजमा तल सुन्न सकिन्छ ।

असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।

भूपी शेरचन
https://hernekatha.com/wp-content/uploads/2020/06/Asar-Kavita-by-Bhupi-Sherchan.mp3
अडियो – असार कविता – भूपी शेरचन । वाचन: विद्या चापागाई

भिडियो – असार कविता । वाचन: विद्या चापागाई

असार कविता

टाढा हुनुको पीडा

केही सपना, खुशी  र सुन्दर भबिस्यको अभिलाषा बोकेर  पोर्तुगल आएको तीन बर्ष बितेछ। जीवन बगेको खोला जस्तै लाग्छ।समय पनि कयौँ पीडा, छटपटाहट, चित्कार रोदन सहदै  संघर्ष गर्दै अबरोध पन्छाउदै एकनास अबिरल बगिरहेको हुन्छ। जीवन नदी जस्तै नबग्ला। तर नदी र जीवनकाे संघर्ष उस्तै लाग्छ्न्। बर्खा र हिउँदमा नदीको तागत पनि फरक हुन्छ। हाम्रो जिन्दगीमा पनि सुख दुखमा फरक अनुभूति हुनेरहेछ। 

लकडाउन ४६ दिन पछि खुलेको छ। तर मन भित्रको त्रास उस्तै छ। हिडडुल गर्न अझै सहज छैन। सामान्य जनजीवनको आशामा दिन कुर्दै बसिरहेछु। काम खोज्ने जोस नै जागेको छैन। बाहिर निस्कियो कि मानौं ठूलो पहिरो छ, कि त पुरिन्छ कि भासिन्छ भन्ने किसिमको डर देखाइएकाे छ। 

दैनिक ममी बाबासँग भिडियो कल हुन्छ। भिडियोबाटै न्यास्रो मेटिरहेछु। घरको आमाबुवा नेट भन्दा टाढा हुनुहुन्छ। उहाँहरु गाउँमा हुनुहुन्छ। सेट फोनमा गफ गर्ने गर्दछु। हजवेन्ड सँगै हुनुहुन्छ। घरबाट बाध्यता, परिस्थितिले टाढा  छु। टाढा हुनुको पीडा, परदेशी हुनुको ब्यथा भोग्नेलाई मात्रै थाहा हुन्छ होला।

लकडाउनमा इन्टरनेशनल फ्लाइट सबै बन्द छ। बन्द नहुँदो हो त नेपाल गएर आनन्दले बस्न हुन्थ्यो। सँगै हुँदा चिन्ता पनि कम हुने। खुशी पनि मिल्ने। कुनै दिन नेपाल फर्कनेछु। नजिकबाट मम्मी बाबाको न्यानो काखको माया धित मरुन्जेल साट्नेछु। 

अनि ममीले बनाउनु भएको मिठो मिठो खाना, परिकार खानेछु। साथीसंगी भेट्नेछु। म सानो हुँदा लरबराउदै कलिला  पाइलाले टेकेका बाटाहरु गाउँमा धित मरुन्जेल घुम्नेछु। आफ्नै देश फर्कनेछु। 

मोनिका भुसाल

लिज्बोन, पोर्तुगल

  

ट्रेलर – बाउ छोरीको कथा

ट्रेलर – बाउ छोरीको कथा – हेर्ने कथामा नयाँ अंक आउने बेला हुनै लाग्यो । आगामि अंकमा हामी देखाउने छौं “बाउ छोरीको कथा” । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् । 

बाउ छोरीको कथा पुरा कार्यक्रम आउने सोमबार अर्थात् अक्टोबर १ तारिख (असोज १५ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण गर्नेछौं । हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस् । 

आगामि अंकमा प्रसारण हुने बाउ छोरीको कथा हेर्ने कथाको पन्ध्रौं अंक हो । यसअघि हेर्ने कथा अंक १४ मा हामीले जिन्दगीको कथा देखाएका थियौं । 

हामीलाई धेरै दर्शकहरुले हेर्ने कथा किन ढिलो अपलोड गरेको? नयाँ कथा आउने बेला भएन? भनेर सोध्नुहुन्छ । हामीलाई थाहा छ यो दर्शकले हामीलाई गरेको माया हो । तपाईंहरुको सम्झनाको लागि हेर्ने कथा महिनामा दुई पटक मात्र प्रसारण हुन्छ । हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख । यसै अनुरुप हामीले आजसम्म हेर्ने कथाका अंकहरु समयमै प्रसारण गर्दै आएका छौं । 

हेर्ने कथालाई साप्ताहिक बनाउने हाम्रो पनि ठूलो रहर छ । तर हाल सानो टोली र सानै स्रोत साधनका कारण हामी हरेक १५ दिनमा नयाँ कथा देखाउँदैछौं । यसबारे हेर्ने कथा सहकर्मी विद्या चापागाईले तपाईंलाई लेखेको पत्र पढ्नु भएको छैन भने यहाँ पढ्न सकिन्छ

बाउ छोरीको कथाको ट्रेलर हेर्दं गर्नुहोस् । पुरा कथा सोमबार देखाउनेछौं । 

तपाईंलाई हेर्ने कथा मन पर्छ भने आफ्ना साथी र आफन्तलाई थाहा दिनुहोस् र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न लगाउनुहोस् । 

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् । 

हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी झापाका दक्षिणी भेग केचना कवलमा रहेको गन्धर्व गाउँ पुगेका थियौं । 

संगीत चोक नामले चिनिने यो गाउँमा ४० भन्दा धेरै गन्धर्व परिवार बस्छन् । गाउँका गन्धर्व दाजुभाइहरु कहिलेकाहिँ सँगै बसेर सारङ्गी बजाएर आफ्ना पीर व्यथा भुल्ने गर्छन् । 

पूर्वका शहरहरुमा भेटिने गन्धर्वहरुले यो गीत गाएको हामीले बेलाबेलामा सुन्ने गरेका थियौं । तर गाउँमै पुगेर यति मिठो मौलिक भाका नजिकैबाट सारङ्गी र मादलूको तालमा सुन्नुको मजा भने बेग्लै थियो । 

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

यो गाउँलाई छोडेर भन कहाँ जाउँ

म त हजुर नुन बोकेर तराई पहाड डुल्ने

यो दुःखीको मनको फूल कहिले होला फुल्ने

ढाकर बोकेर अफ्ट्यारा बाटाहरु छिचोल्दै धरान धनकुटा गर्ने भरियाहरुको दुःख बोलेको छ यो गीतले । शायद धेरै पहिलेदेखि गन्धर्वहरुले यो गीत गाउँदै आएको हुनुपर्छ । हामीले यो गीत रेकर्ड पनि भएको छ कि भनेर खोज्ने प्रयास गर्यौं । तर फेला परेन । 

सारङ्गीको र्याइँ र्याइँ र मादलूको तालमा गहिरो अर्थ बोकेको यो गीत गन्धर्वहरुको मिठो गलाबाट निस्केको आफैं सुन्नुहोस् । 

ट्रेलर बबनपुरका गोठालाहरु – Babanpurka Gothala Haru –

ट्रेलर बबनपुरका गोठालाहरु – हेर्ने कथाको अर्को अंकमा  प्रस्तुत गर्नेछौं ‘बबनपुरका गोठालाहरु’ । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् । 

Read more

ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha

ट्रेलर – सिमानाको कथा – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं ‘सिमानाको कथा’ । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको ‘सिमानाको कथा’ प्रसारण हुने दिन – बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे ।

Read more

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन ।

Read more

Trailer – Story of Zubaida Khatoon । जुबेदा खातुन

Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

Read more

Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर

Trailer Ghodeko Katha – हेर्ने कथामा नयाँ कथा आउने बेला हुनै लाग्यो । हेर्ने कथाको अंक ०७ मा हामी लिएर आउनेछौं ‘घोडेको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १ तारिख (जेठ १८ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

Read more

आमा

जय राई (लोहोरूङ)

कसैको जीवनप्रति न कुनै रिस, इर्ष्या, डाहा, लोप, संका, सन्देह, आग्रह, पुर्वाग्रह र बिना स्वार्थ एकहोरो माया अनवरत रूपमा कसैले गरिरहेको छ भने त्यो अरू कोही नभएर आफ्नै आमा हुन्। ‘आमा’ सामान्यतय नेपाली वर्णमाला भित्र पर्ने स्वर वर्णको ‘आ’ र ब्यञ्जन वर्णको ‘मा’ दुई वटा अक्षरहरू मिलेर बनेको एउटा एकदमै सरल शब्द हो। तर यसरी दुई वटा मात्र अक्षर मिलेर बनेको यस शब्दको अर्थ र महत्व भने अथाह छ। संसारका सामान्य देखि महान व्यक्ति व्यक्तित्व, साहित्यकार, इतिहासकार, दार्शनिक, वैज्ञानिक आदि सम्पुर्णले ‘आमा’ प्रति समर्पित गरेर बोलेका र लेखेका कुराहरू अनगिन्ती छन्, यद्यपी पुर्ण छैनन्। साँच्चै भन्नु पर्दा शब्दकोशका सबै शब्दहरू खर्च गर्दा पनि ‘आमा’ शब्दको न्यायिक अर्थ र परिभाषा दिन प्राय असम्भव नै हुन्छ। त्यसैले दुई-चार शब्दहरू जोडेर वा संयोजन गरेर ‘आमा’ शब्दको अर्थ खोज्ने र परिभाषा दिएर संकिर्णता बनाउने साहस म गर्दिन।

Read more