कमीलाको चुरा

वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् …

वनकरियाकी गुरु आमा

कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे । उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ । उनले हेटाैडामा जेटिए पढिन् …

हिउँका पाइलाहरु

हिउँका पाइलाहरु

के हिउँद,के बर्खा ?कहिले शहर, कहिले खर्क,समय दौडिरहेछ, तिमी नपर्ख ! उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ ।जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् । सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् ।घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे …

कल्पनाको सपना

रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन । १५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् । आफैंले कमाएर पढ्ने किशोर सपना …

Taal pariko Gaun

‘सास पनि डुङ्गामा लास पनि डुङ्गामा’

पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ ।घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ।कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने।सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान …

हरेक बर्खामा डुब्छ बखरी

‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु,  पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’ विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।  पहिले पहिले उनीहरु  आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु …

बहुला कुकुरले टोकिदिएको एउटा सपना

रौतहटको चन्द्रनिगाहपुरबाट उत्तरमा पर्ने असनवा गाउँकी प्रल्हादिया देवी चौधरीको सानो संसारमा पुरा हुनै लागेको एउटा सानो सपना कसरी तुहियो?

कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् । नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ । तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको …

चाउमिन खाँदा देखेको सपना

बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न ।  पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा …

बालबालिकाको लागि उपयोगी एपहरु

यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ । कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला । सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा …

कौसी खेती गर्न मन छ?

अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ । कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका …

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन! गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ ।  कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको …

असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए । विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो । असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो । space असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि …

टाढा हुनुको पीडा

केही सपना, खुशी  र सुन्दर भबिस्यको अभिलाषा बोकेर  पोर्तुगल आएको तीन बर्ष बितेछ। जीवन बगेको खोला जस्तै लाग्छ।समय पनि कयौँ पीडा, छटपटाहट, चित्कार रोदन सहदै  संघर्ष गर्दै अबरोध पन्छाउदै एकनास अबिरल बगिरहेको हुन्छ। जीवन नदी जस्तै नबग्ला। तर नदी र जीवनकाे संघर्ष उस्तै लाग्छ्न्। बर्खा र हिउँदमा नदीको तागत पनि फरक हुन्छ। हाम्रो जिन्दगीमा पनि …

Shiva and Rejina Gandharba- evening in Kurseong

ट्रेलर – बाउ छोरीको कथा

ट्रेलर – बाउ छोरीको कथा – हेर्ने कथामा नयाँ अंक आउने बेला हुनै लाग्यो । आगामि अंकमा हामी देखाउने छौं “बाउ छोरीको कथा” । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् ।  बाउ छोरीको कथा पुरा कार्यक्रम आउने सोमबार अर्थात् अक्टोबर १ तारिख (असोज १५ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण गर्नेछौं । हाम्रो …

gandharbas singing kaha bajyo madalu mane bhanjyang gaun

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् ।  हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी झापाका …

ट्रेलर बबनपुरका गोठालाहरु

ट्रेलर बबनपुरका गोठालाहरु – Babanpurka Gothala Haru –

ट्रेलर बबनपुरका गोठालाहरु – हेर्ने कथाको अर्को अंकमा  प्रस्तुत गर्नेछौं ‘बबनपुरका गोठालाहरु’ । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् । 

ट्रेलर - सिमानाको कथा

ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha

ट्रेलर – सिमानाको कथा – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं ‘सिमानाको कथा’ । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको ‘सिमानाको कथा’ प्रसारण हुने दिन – बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे । Read more “ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha”

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन ।

Trailer – Story of Zubaida Khatoon । जुबेदा खातुन

Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा …

Ghodeko Katha

Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर

Trailer Ghodeko Katha – हेर्ने कथामा नयाँ कथा आउने बेला हुनै लाग्यो । हेर्ने कथाको अंक ०७ मा हामी लिएर आउनेछौं ‘घोडेको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १ तारिख (जेठ १८ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

Read more “Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर”

आमा

मलाई पनि मेरी आमाले सुर्ती पिएको त्यति मन पर्दैन। तर सानो छदाँ भने आमाले सुर्ती सुकेको कटुसको पातमा बेरेर आगोमा सल्काएर ल्याउन अर्याउनु हुदाँ, त्यो मौकामा एक दुई सर्को तान्न भने खुब मज्जा आउथ्यो। यसरी आमाको सुर्ती पिउने आदतले होला हामीलाई पनि सुर्तीको गन्ध मिठो लाग्न थालिसकेको थियो।