Posted inलकडाउन डायरी

यत्ति नलेखी मन शान्त भएन

कलम समाए डायरी लेख्न भनि मोबाईल नोटिफिकेशनको घण्टी बज्यो । हेरे नेपालमा थप १ संक्रमण भेटियो । मनै गरूङ्गो भयो । कलम र डायरी त्यही टेबुलमाथि राखेर एक गिलास चिसो पानी पिउन खोजे । फेरि त्यही बेला टेलिभिजनमा भनिरहेकाे थियो कोरोना भाईरसको संक्रमणबाट बच्न शरिरको तापक्रम बढाइ राख्नुहोस् । तातोपानी, तातो सुप ज्यादा पिउनुहोस् । […]

Posted inलकडाउन डायरी

पुतलीको खेल

चैतमासको उराठलाग्दो दिनमाथी कोरोनाको सन्त्रास । उसैमाथी बिश्वब्यापी लकाडाउनमा म अनि म जस्ता थुप्रै गृहिणीहरुले भोगेको- भोगिरहेको / देखिएको-नदेखिएको / बताईएको-गुपचुप राखिएको अनुभवलाई शब्दरुपमा कहिँ कतै बिसाउन पाउँदा मात्रपनि मन हलुङ्गो हुदो रहेछ ।    सधैँको बिहानी झै आजकालको बिहानी पनि दैलो-कसेर ,पुजापाठ ! तर फरक यति मात्र हो , आजभोलि गृहिणीलाई बाहेक अरुलाई न […]

Posted inलकडाउन डायरी

गाउँ फर्किएकाे बेला

महिना दिन नबित्दै भारतमा कामको सिलसिलामा गएका पल्लाघरे माहिला दाइ पनि घर फर्किसक्नु भयो । नेपालमा धेरै खर्च लाग्छ भनेर छोराको सहायतामा गोडाको अप्रेसन गर्न भारत जानुभएका दुई दम्पती लकडाउनले गर्दा उतै अल्झिनुभएछ । गाउँ छाडेर काठमाडौंमा सुन्दर भविष्य कोर्न पसेका विद्यार्थी र दुइपैसा कमाइ हुने आशले गएका मजदुर सबै गाउँ फर्किसकेका छन् । मेरो […]

Posted inलकडाउन डायरी

आखिर ठूलो के?

सानो छँदा पढेको थिए “धनभन्दा विद्या ठूलो “यो कुरामा हाम्रो वादविवाद पनि नभएको होइन । कक्षा कोठामा मात्र सिमित यो वादविवाद आज एकान्तबास बाट सोच्न बाध्य बनायो । सायद त्यतिबेला मन मस्तिष्कमा यी सबै कुरा अटाउने पो थिएनन कि ? तर, आज यस बिश्वव्यापी फैलिएको महामारी covid-19 (कोरोना भाइरस ) ले सोच्न बाध्य बनायो । […]

Posted inलकडाउन डायरी

कतारबाट डेलिभरी बाेई

म अहिले कतारको एक प्रतिष्ठित कम्पनिमा काम गर्छु । कतारको street 1 देखि street 32 Right side मा लकडाउन गरेको २ हप्ता भन्दा बढी भयो । लकडाउन हुनु भन्दा अघि night duty गएकाहरु जहाँकाे त्यही छन् । सरकारी कार्यालय र केही कम्पनीहरु बाहेक अरु कम्पनीहरुमा काम चलि नै रहेको छ।  खाना पकाउने सुविधा भएका कम्पनीका […]

Posted inलकडाउन डायरी

परदेशमा गार्डको ड्युटी

म यतिबेला मलेसियामा छु ।  अहिले प्राय सबैतिर कोरोना भाइरसका कारण lock down छ  । तर म चाहिँ सेक्युरिटी गार्ड भएकाले यो महामारीको बेला पनि सधैँ काम गरिरहनु पर्छ । डराइ डराइ काम गर्छु । यो संकटको घडीमा सबैभन्दा पहिला त घर परिवार इष्टमित्र सबैको याद आउँदो रहेछ । घरपरिवार एकातिर आफू पर देशको मरूभूमीमा […]

Posted inलकडाउन डायरी

आमाले पठाएकाे गुन्द्रुक

लेख्न भन्दा पढ्न सजिलो मान्ने मान्छे म । लेखक बन्न शब्दसँग खेल्ने क्षमता हुनुपर्छ । हुन त विद्या दिदिले लेखक नै हुनु नपर्ने ढाडस दिनुभएको छ । म चाहिँ खेलाडी बन्न मैदानमा प्रवेश गर्न लागेको सिकारू परेँ । नयाँमा खेलका धेरै नियमहरु मिचिन सक्छन्, नजानी नजानी नियम तोडिन पनि सक्छन् । यसको लागि अहिले नै माफी […]

Posted inलकडाउन डायरी

“आज दिल्ली होइ ऊ फलानो आयो”

मौसम झै बदलिरहने रैछ जिन्दगी पनि । अबको जिन्दगीको बाटो यस्तो होला भन्ने अड्कल गर्दा गर्दै पनि कहिलेकाँही  नसोचेकै भइदिने समय । विश्वमा महामारीको रुप लिएको कोरोना का कारण चैत ७ गते  हुने भनिएको एस. इ. इ.  स्थगित भयाे ।  त्यही बेलामा  संचालन हुने अरू सबै परिक्षा स्थगित भनिएको  सूचना आएसंगै मेराे एम. ए चौथो […]

Posted inलकडाउन डायरी

यस्तै छ गाउँको तस्बिर

मार्क्सवादी लेखक अशोक सुवेदीको सामाजिक सञ्जाल हिजोआज गाउँका तस्बिरले भरिएका छन् । रामेछापको मन्थली नजिकै रहेको सिर्जनानगरतिरका तस्बिर देख्दा गाउँको तिर्सना मेटिन्छ । उनले खिचेर पोस्ट गरेका सुकुमार र ‘भर्जिन’ प्राकृतिक दृश्य, ग्रामीण श्रमशील जनजीवन, रहनसहन र ग्रामीण जीवनशैलीले आफ्नै बाल्यकाल सम्झाउँछन् । अझ उनका शारीरिक र मानसिक श्रमसँग गाँसिएका तस्बिरहरूले असाध्यै लोभ्याउँछन् । म […]

Posted inलकडाउन डायरी

विपदमा गाउँघर

कोरोना भाइरस संक्रमणले विश्वलाई थला पारिरहेछ । दैनिक हजार भन्दा बढीको मृत्यु भयो भन्दा मन अत्तालिन्छ । त्यही माथि विश्वका शक्तिशाली राष्ट्रहरुले परास्त गर्न नसकेको कोरोना भाइरस संक्रमण हाम्रो सानो मुलुकमा फैलिए के होला ? निरन्तर यही प्रश्नले झक्झकाइ रहन्छ । पेशाले पत्रकार हुँ । चाहेर वा नचाहेर पनि देश भित्र र बाहिर के भइरहेकाे […]

Posted inलकडाउन डायरी

एलिनाको डायरी

मलाई लेख्ने मान्छेहरु औधी मन पर्छन् । मैले पनि लेख्न सकुँ भन्ने सधैं लाग्छ । तर मेरा लेखाइहरु मेरो दिमागमै मात्र घर बनाउँछन् र बाहिर निस्किन मान्दैनन् ! यस्तो हुनुमा दुइटा कारण छन् । मुख्य कारण, म अल्छी छु । अर्को चाहिँ मैले थुपारेका डायरीका चाङहरुमा राम्रै कुरा मात्र भर्ने चाहना !  यही दुई कारणले […]

Posted inलकडाउन डायरी

उडिरहने मन

 म पनि घरभित्रै कहिले छत, कहिले भित्र गरिरहन्छु । भित्रै बसेका बेला “हेर्ने कथा ” का छुटेका अंकहरु हेर्छु । हिजोआज सबैले विभिन्न ठाउँबाट आफ्ना मनका भावनाहरुलाई लकडाउन डायरीमा प्रस्तुत गरेको देख्दा मलाई पनि रहर लाग्यो । तर डायरी लेख्ने बानी नभएर कसरी  सुरु र अन्त्य गर्ने अन्योलमा परे । तरपनि मेरो सानो कोसिस “मन”। […]

Posted inलकडाउन डायरी

समयको ब्यालेन्स

चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम […]

Posted inलकडाउन डायरी

समयले छुटायो परदेशले सिकायो

सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्षौ छुटे यहाँ….अझै छुट्दैछन । न रोक्ने अधिकार छ मलाई न आदेश दिन र तगारो हाल्न नै सक्छु …..बर्षौपछि आफैलाई आज कोल्टे फर्कि हेर्न मन लाग्यो। छुटे त्यो बालापन, छुटे ती कबड्डी, अनि काठका खेलौना, छुटे ती क ख ग घ सिक्ने कालो पाटी, छुटे मेरा चकचके उत्ताउलो पन […]

Posted inलकडाउन डायरी

कोरोनालाई बहिस्कार गरौं

मेरो नाम मनिस खत्री हो । म रैनादेवी छहरा ४ दागिलबाट ।  हरेक दिन फरक फरक तरिकाले लगभग एक्लै समय बिताउनु पर्थ्यो । तर लकडाउनको बेला भने सबै परिवारसंग घरायसी काम गर्दै रमाउँदै बिताउँदैछु ! गाउँमा भएकोले गर्दा घरमा अघिपछि हुने भन्दा धेरै कामहरु गरिरहेका छौ! साँच्चिकै यो लकडाउनले परिवारको माया र ममता धेरै बढाएको छ […]

Posted inलकडाउन डायरी

खोइ सुरुवात पो कसरी गरुँ

म जस्तै लाखौं परदेशीहरुको व्यथा एउटै छ। झन् यो अवस्थामा मलाई जस्तै अरुलाई पनि त भयो होला। युएई को दुबईमा आएर निर्माण कम्पनिमा लागेको पनि छ बर्ष हुन लाग्यो। थुप्रै सपना बोकेर अरु लाखौं युवाजस्तै खाडी छिरेको पनि डेढ दशक हुनै लाग्यो। कहिले कतार, अहिले युएई।  यहाँको अवस्था लगभग सामान्य जस्तै छ। सबै सतर्क छन्। […]

Posted inलकडाउन डायरी

भोकले मर्नु नपरोस्

 म रातको खाना खाएर आराम गर्ने कोठाको झ्याल छेउमा बसेर बाहिर हेरिरहेको छु। चिसो हावा चलिरहेको छ। वरीपरी सुनसान छ। किराहरू कराएको र पर पर कुकुर भुकेको आवाज सुनिदै छ । जून लागिरहेकै छ। मेरो मनमा अनेक कुराहरू  खेल्दै छन् । गाउँबाट आमाले बारम्बार बाबु लकडाउन छ कोठा बाहिर नजानु । सब्जि किन्न जाँदा माक्स […]

Posted inलकडाउन डायरी

लकडाउन सदुपयोग गर्न सकिँन कि !

पेशाले म सरकारी जागिरे हुँ । जिन्दगीमा यति फुर्सद कहिल्यै भएन । केटाकेटीमा खेल्न पढ्नका र घरको कामधन्दाले फुर्सद भएन । अहिले जागिरे छु । धेरै सेवाग्राहीको चाप हुने कार्यालय भएकाले यहाँ पनि सधै व्यस्त हुन्छु ।  अहिले यी सबै कुरादेखि टाढा भए पछि जिन्दगीमा नयाँ अनुभव भइ रहेको छ । आफूलाई एक्लो महसुस गरेको […]

Posted inलकडाउन डायरी

हाम्रो परिवारले भोगेको अपमान

विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिनु मानवीय स्वभाव हो । कोरोना भाइरसको विश्वव्यापी जोखिम भए पछि मेरो सानीमा चैत्र ५ गते नेपाल आउनु भयो । एयरपोर्टमा मेडिकल चेक तथा परामर्शपछि काठमाण्डौमा ४ दिन बस्नु भयो । सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुँदा, उहाँ आफ्नै डेरामा सुरक्षित बस्नु भयो । काठमाण्डौमा आफ्नै घर नभएपछि, सिन्धुपाल्चोक माइती […]

Posted inलकडाउन डायरी

द्वन्दकालको झैं अनुभूति

म जति बेला कक्षा ३/४ मा पढ्थे, त्यो समय माओवादी जनयुद्द उत्कर्षमा पुगेको थियो । हाम्रो क्षेत्र जनयुद्धबाट धेरै प्रभावित त थिएन ।  तर पनि हरेक बिहान, माओवादी आन्दोलन र त्यससंग सम्बन्धित भिडन्तका घटनाहरूको समाचारबाट सुरु हुन्थ्याे ।  एक दिन हामी कक्षा कोठाभित्रै पढिरहेका थियाै । त्यही समयमा ठूलो आवाज़ कानमा पर्याे । हाम्रो विद्यालयदेखि […]

Posted inलकडाउन डायरी

डियर वैनी!

यो शून्य समयमा, अलग्गै मीठो सम्झना र माया ! धेरै दिनहरू बितेछन्, तिमीसँग कुराकानी नगरी । तिमीलाई भेट्ने मनसाय बुन्दाबुन्दै, एक हप्ते लक डाउन घोषणा गर्यो सरकारले । अनि तिमी तिम्रै स्थानमा लक भयाै । म मेरै स्थानमा लक भएँ । डियर वैनी! म यात्राबाट केही दिनअघि मात्र फर्किएकी थिएँ । यसर्थ म यात्राको धङ्धङीमै […]

Posted inलकडाउन डायरी

प्रिय जिन्दगी

प्रिय जिन्दगी संघर्षको मैदानमा कहिलेकाँही थाक्नु स्वभाविक हो, तर पनि जिन्दगी त सबैलाई प्रिय नै लाग्छ । खासगरी जब जिवन वा मृत्यु आफ्नो सम्मुख उभिएको हुन्छ । जस्तै दुःख पनि सामान्य लाग्न थाल्छ त्यो वेला, जव संसारभर जना, सय, हजार हुँदै मृत्यु संख्या दोब्बर बनाउदै भयावह स्थिती अहिले झै हुन्छ ।   विश्वका कतिपय मुलुकमा भएका […]

Posted inलकडाउन डायरी

लकडाउनको उमङ्ग , एक पृथक प्रसङ्ग

मेरो नाम सुमन थापा हो । म हाल सैनिक आवसीय महाविद्यालय भक्तपुरमा ११ कक्षामा पढ्दैछु ।   त्यो दिन होस्टेलको माहोल निकै बेग्लै लागिरहेको थियो । कोही नाचिरहेका त कोही गाउँदै गरेका …. १, २  १, २ म पनि जान्छु सररर बस चढी काठमाडौं….. । होस्टेलका ती बिल्कुल फरक दृश्यले मलाई अचम्ममा पारिदिएको थियो । मेरो […]

Posted inलकडाउन डायरी

छुटेको जहाज

म बसेको कम्पनी होस्टल नजिकै एउटा सानो पार्क छ। पार्कमा केही थान बडेमानका रुखहरु, शारीरिक अभ्यास गर्ने उपकरणहरु र आराम गरेर बस्ने बेञ्च आदि छन।  बेलुकीको केही समय म त्यही पार्कमा सुस्ताउँछु। अलि परको हाईवेमा ल्याम्प्पोष्टहरुको दुधिलो किरण पच्छ्याउँदै बत्तिएका सवारी साधनहरु, हाईवेलाई टेकेर उभिएका मझौला पहाडहरु, पहाडहरुको बिचबाट अझ पर देखिने चम्किलो शहर, शहरको […]