Trailer Ghodeko Katha – हेर्ने कथामा नयाँ कथा आउने बेला हुनै लाग्यो । हेर्ने कथाको अंक ०७ मा हामी लिएर आउनेछौं ‘घोडेको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १ तारिख (जेठ १८ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।
‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित
धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा‘को अंग्रेजी सबटाइटल गरेका छौ ।
