Posted inलकडाउन डायरी

मेराे सुख दुःखकाे कारण

उकुसमुकुस मनले साँच्चै नै सास फेरे झैँ बगिरहेका नदिहरु रोकिए झैँ अनि हतासिएको जिन्दगीले विश्राम पाए झैँ लकडाउनले कसैलाई खुसी बनाएकाे छ भने कसैलाई याे कष्टकर अनि पीडादायी बनेकाे छ। कामको सिलसिलामा परिवार र आफन्तबाट टाढा पुगेका मानिसलाई लक डाउन परिवारसँग समय बिताउने मौका बनेको छ। तर दैनिक ज्याला मजदुरी गरेर परिवारको छाक टार्दै आएका श्रमिकलाई […]

Posted inलकडाउन डायरी

मेरी हजुरआमाकाे डायरी

“ यस्तो रुढि (रोग) त हाम्रो पालामा कति थिए, कति थिए नानी।  यसरी समाचार सुन्ने हेर्ने टि.भि. रेडियो फोन हुँदैन थियो । आफ्नो नजिक भए थाहा पाइन्थ्यो । नत्र कहाँ के हुन्छ केही थाहा हुँदैन थियो। यस्ता रोगले कति गाउँ नै सखाप भाकाे देख्या छु मैले। अहिले नाम अर्कै दिए- कोरोना कि के जाति। पहिला […]

Posted inलकडाउन डायरी

मन चङ्गा

बाहिरी दुनियाँमा पाे लकडाउन छ त ! मन,ज्यान र ध्यान त झन व्यस्त हुँदाे रैछ। प्रकृतिसँग खेल्न र  फाेटाेहरू कैद गर्न। गाउँको बसाइँ यति रमणीय बन्दै छ कि चैतमा घर आएकी म हिउँदे धान राेप्न भ्याएँ। अहिले त्यो धानका बाला लहलह झुल्न थालेका छन्। समय यति मज्जाले छिट्टै बित्दै छ कि, म शब्दमा व्यक्त गर्नै सक्दिन। आज […]

Posted inकथा कोरोना

हवाई उद्धारको पर्खाइमा ३४ देशका ५६ हजार नेपाली

सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं । https://public.flourish.studio/visualisation/2788240/

Posted inलकडाउन डायरी

भाेलि भोलि

भोलि कसैले देखेको हुदैन । तर देखेका भोलि कस्ता होलान् ?  भोलिलाई पछ्याउने क्रममा हामीले कति आजहरुलाई हिजोमा बिताइसकेका छौँ ।  भोलिको रफ्तारमा बढ्दै गर्दा जिन्दगी एक रेस बनेको छ । कहिले ठेस लाग्छ , कहिले लडिन्छ त कहिले चोटपटक लाग्छ तर दौडन भने छोडेका छैनौँ । दौडने क्रममा कति आफ्ना पराई भए अनि कति […]

Posted inलकडाउन डायरी

जिन्दगीमा खुसी हुन सिकेँ

सानै देखि म अलिक धेरै जिस्कने र अरुलाई कसरी हँसाउने भनेर मात्र सोच्थें। अरुलाई खुसी बनाउँदा नै मलाई खुसी मिल्छ। म जब बोल्थे तब हँसाउने कुरा नै बोलिरहेकाे हुन्थे।यस्ताे हँसाउन कहाँ कताबाट कसरी आइरहेको हुन्छ, त्याे मलाई नै थाहा हुन्थेन। म धेरै चुटकिलाहरु सुनाउँथें। जस्तो मान्छेलाई पनि म हँसाउन सक्छु, यो मेरो खुबी नै हाे। स्कुल […]

Posted inलकडाउन डायरी

जादुको पटुकी

लकडाउनले मलाई मेरो गाउँमा बिताएका दिनको याद गरायो। सुन्दा अचम्म लाग्छ, म त्यही कठै डाँडाको काखमा हुर्केको छोरा हुँ। बनपाखा, खोलानालासँग मैले धेरै ॠण लिएको छु। मिठा यादहरूको ॠण। मलाई अझै ॠणी बन्ने धोको छ। सानै छँदा मेरी हजुरआमाले आफू घाँस काट्न जाँदा मलाई पनि उपल्लो दारे जंगलमा लैजानु हुन्थ्यो। बाटोमा म हजुरआमाको हात समाउँदै […]

Posted inलकडाउन डायरी

आफैले लेख्नुकाे मज्जा

जुन प्रतिष्ठा सेताे काेट लगाउनेले पाइरहेका हुन्छन् त्याे प्रतिष्ठा सबैले पाउन सक्दैनन्। किनकि सेताे काेट भित्र लुकेको उत्तरदायित्व अरुले निभाउन पनि त सक्दैनन् । त्यसैले म पनि सेताे काेट भित्र लुकेको उत्तरदायित्व निभाउन र सेताे काेटलाई दिने प्रतिष्ठा पाउनका लागि आतुर थिएँ । सायद म सानैमा धेरै पटक बिरामी भएर पनि हाेला, मलाई याे सेताेकाेट […]

Posted inलकडाउन डायरी

विश्व घुम्न रहर

यही फागुनमा १५ दिनको छुट्टीमा कतारबाट काठमाडौँ आएको हुँ।  जति बेला चीनमा कोरोनाले माहामारीकाे रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । काठमाडौँको बसाइ चैत महिनाको ७, ८ गते सम्म त राम्रै बितिरहेको थियो  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ […]

Posted inलकडाउन डायरी

परिवारकाे जिम्मेवारी

कोरोना भाईरस कोभिड १९ चीनको वुहानबाट फैलिएको खबर सुनेपछि त्यस्तो केही हैन होला, सामान्य रोग होला भन्दा भन्दै अन्य देशमा पनि फैलियो। नेपालीहरु रहेको चीनबाट सरकारले उद्धार गरेपछि बल्ल कोलाहल मञ्चियो। यस्तो होला, नेपालमा आउला भन्ने अनुमान कसैको थिएन। अन्य देशहरु हायल कायल हुँदा पनि नेपाल ग्रिन जोनमा थियो। पशुपतिले बचाएको भनेर धेरैले भ्रम पनि […]

Posted inलकडाउन डायरी

ढोका ढक्ढक्याउँदै असार

चीनको वुहानबाट शुरु भएको कोभिड १९ को संक्रमण बढ्न थालेपछि मानिसहरु भयभित हुन थाले । नेपाल सरकारले पनि सुरक्षित रहनका लागि चैत्र ६ गतेदेखि शैक्षिक संस्था बन्द गर्यो । म पनि कर्मभूमिबाट आफ्नो घर आइपुगेँ। अझ संक्रमण नबढोस् भनेर चैत्र ११ देखि पूर्ण रुपमा बन्दाबन्दी नै घोषणा भयाे। जुन अहिलेसम्म निरन्तर छ। मेरो गाउँको बसाइँ […]

Posted inलकडाउन डायरी

जीवनका अनुत्तरित प्रश्नहरु

हामी हतारमा थियौं । जीवनको गति र बेग दुवै बढ्दै थियोे । विश्व हिजोलाई पछि छोड्दै भोलि तर्फ एक तमासले अघि बढिरहेको थियोे। तर हाम्रा सपनाले सजिएका अनगिन्ती पाइला पृथ्वीले अब अरू थेग्न सक्दिन भन्ने बोध गरेछ क्यार..टक्क लाएर राेकि दियो। कोलाहल साम्य पारिदियो। अनियन्त्रित मानव गतिविधिको श्रृङखला चुँडाइ दियो।सायद यो जरुरी पनि थियो, उसका […]

Posted inलकडाउन डायरी

वनकी चरी के भन्छे के ?

न्युरोड सहरबाट ९ किमि टाढा ऎतिहसिक सहर टोखामा बस्छु। यता बसेको पनि १० वर्ष  भइसकेको छ। यहाको हावापानी, हरियाली अनि सिस्नुले मलाई मेरो जन्मथलो रामेछापबाट टाढा बसेको महशुस गराएको छैन तर पनि मेरो गाउँलाई मैले पटक्कै विर्सेकी छुइन। बिहानको कलेज, दिनभरि काम अनि खै के के कारणले यो काठमाडौँ सहरले मलाई व्यस्त बनाइ राख्थ्याे। यो […]

Posted inलकडाउन डायरी

अचेल फुर्सदमा छु

अहिलेको समयमा पूरा विश्व नै कोरोनाको महामारीबाट आक्रान्त छ। आज हामी बन्दाबन्दीको ६९ औ दिनमा छौ। चारैतिर खुल्ला भएपनि एकान्तवासमा गुम्सिएको महसुस हुन्छ म आफूलाई नै। विश्व नै कोरोनाको कहरबाट ढलमल भइरहेको बेला कतै म आफ्नो पहिचान बनाउन पो सक्दिन कि भनेर मन पिराेलिरहेको हुन्छ। महिनौ अघि देखि आराममा छु तर मन मनै भाैतारिदैँछु। मलाई […]

Posted inलकडाउन डायरी

१५ वर्ष अघिकाे कुराे

लकडाउनमा घरैमा छु। व्यस्त दैनिकीबाट अलिकति फुर्सद मिलेको छ।परिवारसँग हुन पाउँदा रमाइलो त छ तर घर फर्किन नपाएका मानिस, दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवार, कल कारखाना बन्द हुँदा दुख पएका परदेशी सम्झदा मन खिन्न हुन्छ। खाली समय भएकाले सामाजिक संजाल अघिपछि भन्दा बढी नै चलाउँछु। देशमा हुने घटनामा चासो राख्न समय मिलेकाे छ। बिगत ४-५ दिन […]

Posted inलकडाउन डायरी

हराउँदै गएकाे मानवता

COVID-19 ले गर्दा अहिले अरु कुरा नै कुरा बिर्सियौ कि जस्तो लाग्न थालिसक्याे। नेपाली समाजमा social distance  भन्ने कुरा भन्दा पनि  social unity, social co-operation  बारे मैले बढी बुझेकी र पढेकी थिएँ। तर अहिले यी कुराहरु कतै हराउँदै गए कि जस्ताे भान भएकाे छ। केही दिन अगाडिको कुरो हो, मेरी ९९ वर्ष कि हजुरआमा बिरामी […]

Posted inलकडाउन डायरी

साेलुदेखि हिडेरै घर आएँ

जिन्दगीलाई हरियाली बसन्त पनि भनिन्छ तर मेरो भोगाइमा बसन्तहरु भन्दा  दुख, पीडा, सन्ताप र तड्पनहरु धेरै छन् । त्यसैले त अचेल मलाई नि यस्तै लाग्छ कि जिन्दगी भनेको कसैले रोजेर छानेको बाटोमा हिड्ने साधन होइन रहेछ। यो हजारौ घुम्ती र मोडहरु हुँदै गुडिन्छ । जस्तो सुकै चलाख चालकले पनि सोझ्याउनै नसक्ने गरि बाङ्गो टिङ्गो गुड्ने। जब म १३ […]

Posted inलकडाउन डायरी

..र ट्युसन पढाउन थाले

बिराटनगरकै छेउमा रहेको बुढीगंगा गाउँपालिका(बाँसबारी)को एउटा कुनामा अवस्थित मध्यम वर्गीय परिवारकी जेठी छोरी म। घरमा बिरामी आमा, दिनभरि मजदुरी गर्ने बाबा, १३ बर्षकी बहिनी र ६ बर्षको सानो भाइ। घरको पारिवारिक उतारचढाव सानै देखि देखेकी मैले जसोतसो पढाइलाई निरन्तरता दिदै सानो जागीर गर्दै घरमा भरेथेग गर्दै थिएँ। सबैकुरा राम्रैसँग चलिरहेको थियो। यसैक्रममा ठूलो महामारी (COVID-19) फैलिन […]

Posted inलकडाउन डायरी

खुसी आफै भित्र

कहिले दुई दिन छुट्टि होला र आनन्दसँग घर बसौंला भन्ने म आजभोलि दुई महिनासम्म घर बसेर थाकिसकें। दिन दुई गुणा रात चार गुणाले पट्यारलाग्दो भइरहेको छ। कस्तो दिन आयो सबै भएर पनि केही नहुने, केही भएर पनि नहुने अनि केही नभइ पनि नहुने। सकारात्मक ऊर्जालाई प्रवाह गराउन यो अल्छी केटोबाट नयाँ नयाँ प्रयासहरु हुन थालेका […]