कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् ।

नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ ।

तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको धमिलो पानी खानु पर्ने बाध्यता छ । अनि त्यही फोहोर पानी खेप्न पनि साँझ विहान उकाली ओराली गर्नुको पीडा भोग्नेलाई मात्र थाहा छ । 

धारा र खानेपानीको सपना धेरै बाँडियो बाइराँकामा । अब त गाउँलेलाई आश पनि लाग्न छाडिसक्यो ।

भिडियो – कलकल नदी, तलतल गाउँ

चाउमिन खाँदा देखेको सपना

बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न । 

पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा बजारको समस्या होला कि भन्ने चिन्ता परेको छ । 

वैतडीबाट दैनिक ६ जना कमाईका लागि विदेश जान्छन् । तर तरकारी खेती सुरु गरेपछि पदमले अरु विकल्प सोच्नु परेको छैन  । एकै सिजनमा ९ लाख सम्म कमाइ हुन्छ । 

तरकारी खेतीकै कमाईले ३ बहिनीलाई शहरमा राखेर पढाएका छन् ।  अनि 

धनगढीमा जग्गा पनि किनेका छन् ।

भिडियो: चाउमिन खाँदा देखेको सपना

परिश्रम गर्नेको पिठो पनि बिक्छ

लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो ।

“लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ”

लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै भए पनि आफूले उत्पादन गरेका सामान वोकेर बजार चाहारिन् । घरघर पुगिन् ।

विनाले घरेलु उद्योग संचालन गरेको धेरै भएको छैन, ७४ फागुनबाट हो । यिनको साथमा  १८ सय रुपैंया थियो । त्यही रकमले एकमन मकै र २० किलो कोदो किनेर ल्याइन् । धोइपखाली गरेर सुकाइन् । मिलमा गएर कुटेर ल्याइन् र घरमै प्याकेजिङ गरेर बजार पुर्याइन् ।

१८ सयबाट सुरु गरेकी यिनले अहिले मासिक ८, १० लाखको कारोवार गर्छिन् । तीन जना महिला ज्यालादारी कामदार समेत राखेकी छन् । ‘खर्च सर्च कटाएर मासिक ४०,५० हजार आम्दानि भइरहेको छ’, उनले सगौरव सुनाइन् ।

एस.के.डी.फुड्स झापा सप्लायर्स नामको कम्पनी दर्ता गरेर लेवलिङसहित उनी उत्पादित सामग्री बजारमा विक्री गर्छिन् । अर्ग्यानिक फापर, कोदो, मकै, सिस्नोको धुलो, टिमुर, तोरीको तेल झापाका धेरैजसो सपिङ कम्प्लेक्समा विक्री हुन्छन् ।

‘झापाको बजारमा मागको २५ प्रतिशत मात्रै उत्पादन दिन सकेकी छु’, उनी भन्छिन्,‘एउटा मात्रै मेसिन छ, कुटानी पिसानीमा समस्या हुन्छ ।’ 

इलामको दानाबारी, रोङ गाउँपालिका, मोरङको मधुमल्ला, पाँचथर, भोजपुर, झापाकै गरामनी, हल्दिबारी, सालमारा लगायतका ठाउँबाट कच्चा पदार्थ ल्याएर उनी फापर र कोदाको पिठो, तोरीको तेल, सिस्नोको ढुटो, बेसार, तिलको छोप, टिमुर लगायतका सामग्री तयार पार्छिन् ।

जनशक्ति, लगानी र समयको अभावका कारण माग  बमोजिमको सामान  पुर्याउन नसकेको उनी बताउँछिन् ।

२०६३ सालमा समिर दाससंग विहे गरिन् । एउटा छोरा छ । २०७३ चैतमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि विनालाई जीवन निर्वाह गर्न गाह्रो भयो । अनि घरेलु उद्योग संचालनको योजना वुनिन् । 

छोरालाई अटिजम रोग लागेको छ । २४ सै घन्टा छोराकै साथमा बस्नु पर्ने वाध्यता छ । यसका वावजुद पनि उनले हरेश खाइनन् । निरन्तर मेहनत गरिन् । उद्योगमा दिनरात आफैं खट्छिन् । अन्न सुकाउने, धुने र पिस्ने सम्मको काममा आफैं अगाडि वढ्छिन् । भविष्यमा उद्योगलाई अलि वृहत ढंगले अघि वढाउने विना योजना छ । तर, पूँजि भने छैन । ‘सरकारले ऋण सहयोग गरे पनि उद्योगलाई बढाउन सक्ने थिएँ । सरकारले म जस्ता एकल महिलालाई उद्यम गर्न अनुदान पनि दिन्छ रे भन्नु सुनेकी छु, तर कसरी पाउने थाहा छैन ।’

भिडियो – विना दाहालको कर्मको कथा

शान्त जुम्लाका मनहरु

यो हो जुम्ला सदरमुकाम खलंगा बजार । हिमाली उपत्यकामा रहेको यो बजार भित्रका साँघुरा गल्लीहरु पनि यतिखेर सुनसान छन् ।

बजारको एउटा सानो गल्ली भित्र मरिच हालेको चिया पाइने चर्चित पसल छ । विगतमा भरिभराउ हुने यो चिया पसलमा खड्गध्वज खाँण र उनकी पत्नी उमिडोर खाँणको आजभोलिको दैनिकी चिया पकाउने, ग्राहक प्रर्खने र कोही नआएपछि सेलाएको चिया आफैंले खाने र फाल्ने गर्दै बित्छ ।

बेरोजगार छोरा बुहारीलाई पनि यी वृद्ध दम्पत्तीले यही चुल्होमा पकाएको चिया बेचेरै खर्च जोहो गर्ने गरेका थिए । अव त झन् बोझ थपिएको छ

कर्म खोज्दै ८ वर्षअघि जुम्ला आएका मिराज अलीको मन पनि अशान्त छ यतिखेर । उनको चाट पसलमा ग्राहक आउन छाडेपछि ५ जनाको परिवार पाल्ने पीरले गाँजेको छ ।

एक हप्ता अघि खुलेको यही बजारमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही स्वास्थ्यकर्मी तथा सर्वसाधारणहरुमा कोरोना पोजेटिभ देखिएपछि फेरी बजार अनिश्चितकालका लागि पूर्णरुपमा बन्द भएको हो ।

भिडियो – शान्त जुम्ला, अशान्त मन

कोभिड १९ का लक्षणहरु 3D मोडलमा

कोभिड १९ का सबैभन्दा धेरै देखिने लक्षण भनेका जरो, थकान र सुख्खा खोकी हो । कतिपय संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ । कोरोना संक्रमित ८०% मानिसहरु विशेष उपचारविना आफैं निको हुन्छन् ।

अहिलेसम्मको अध्ययन अनुसार कोभिड १९ का ६ जना मध्ये १ जनामा गम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका वायु थैलीहरु सुन्निन्छन् र सास फेर्न गाह्रो हुन्छ ।

तलको 3D रेखा चित्रमा तपाईंले सामान्य अवस्थाको श्वासप्रश्वास र कोभिड १९ को संक्रमणपछि देखिएको लक्षणहरु अन्तरक्रियात्मक रुपमा हेर्न सक्नुहुन्छ ।

कोरोनालाई जितियो यसरी, गरिबीलाई जित्ने कसरी?


कोरोनालाई जितेका उनि अहिले गरिबीसँग हार्दै छन् । 

उनी अर्थात रुपन्देहीका पहिलो कोरोना संक्रमित कृष्ण पासी । दिल्लीमा एउटा गार्मेन्ट उद्योगमा काम गर्ने कृष्ण दिल्लीमा कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षित हुन आफ्नै देश फर्किएका थिए ।

कोटहीमाई गाउँपालिका वडा नम्बर १ घर भएका कृष्णलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मिले छिर्न नदिए पछि उनि आफ्नै देशका चोर जस्तै लुकेर आउनु परेको थियो ।

नेपाल छिरेका कृष्ण नै रुपन्देहीको पहिलो कोरोना संक्रमित ठहरिए । त्यस पछि उनलाई बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा उपचारको लागी भर्ना भए । अस्पताल भरि नै एक्लो संक्रमित रहेका उनिमा कुनै डर त्रास थिएन । एक्लै भए पनि उनि नाचेरै कोरोना माथी बिजयी पाए । त्यतिबेला आईसोलेसनमा नाचेका कृष्णको नृत्य भाईरल बनेको थियो ।  

कोरोना माथी जित हासील गरे फर्किएका कृष्ण भने त्यस यता हाँस्न पाएका छैनन् । कारण उनको आमा तिलेश्वरी पासी हुन । अहिले तिलेश्वरी क्यान्सरसँग लड्दैछिन् ।

सम्पत्तिको नाममा बाटो नै नभएको थोरै करिब ४ धुर घडेरी छ । भएको एक डेढ कठ्ठा खेत पनि आमाको उपचारको लागी बन्धकी राखेका छन् । त्यतिले मात्र नपुगेर २ लाख ६० हजार ऋण पनि बोकेका छन् ।

विपन्न परिवारका कृष्ण र उनका दाइ अहिले काममा पनि जान सकेका छ्रैनन् । यता उता गर्ने बित्तिकै आमालाई केही भई हाल्ने हो कि भन्दै दुवै जना उनकै स्याहार सुसारमा लागेका छन् । उनिहरुको दैनिकी आमाको स्याहार सुसार गर्नेमा बितिरहेको छ ।

यति हुँदा पनि कृष्णको जोश मरेको छैन । उनी पहिलो कोरोना संक्रमित भएकोले आफु जस्तै अन्य कोरोना संक्रमितहरुको लागी अहिले प्रेरणको श्रोत बनेका छन् । उच्च मनोबल राख्ने हो भने कोरोना माथी सहजै जित पाउने उनको भनाई छ ।

आईसोलेसनमा हुँदा आफुले सिकेका कुराहरु अहिले उनी गाउँपालिकामा रहेको आईसोलेसनमा सिकाई रहेका छन् । 
तत्कालको लागि आमाको स्याहारमा लागेका उनलाई र उनका दाजुलाई रोजगारकै ठूलो चिन्ता छ । दुवै जना अब भारत फर्किन चाहँदैनन् । सरकारले रोजगारको व्यवस्था गरिदिए आफ्नै देशमा काम गर्ने उनीहरुको धोको छ ।

भिडियो – कृष्ण पासीको कथा

कौसी खेती गर्न मन छ?

अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ ।

कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका छन् ।

भिडियो – कौसी खेतीमा ध्यान दिनुपर्ने कुराहरु

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । 
कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ । 

कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको छ । 

यहाँ नेपाली सेनाका दुई जना स्वास्थ्यकर्मी दिनरात खटेका छन् । लकडाउनको अवधिमा जेठ मसान्तसम्म मात्र सर्पले टोकेका १ सय ५६ जना  यहाँबाट उपचार पाएर फर्केका छन् ।  गत वर्ष ६ सय ६५ जनाले यहाँ उपचार गरेका थिए ।

भिडियो कथा

असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए ।

विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो ।

असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो ।

space

असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि शेरचनको कविता छानेका छौं । कविताको अडियो विद्या चापागाईको आवाजमा तल सुन्न सकिन्छ ।

असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।

भूपी शेरचन
https://hernekatha.com/wp-content/uploads/2020/06/Asar-Kavita-by-Bhupi-Sherchan.mp3
अडियो – असार कविता – भूपी शेरचन । वाचन: विद्या चापागाई

भिडियो – असार कविता । वाचन: विद्या चापागाई

असार कविता

मलाई नेपाल फर्किन मन छ

विदेशमा रहेका नेपालीहरुलाई हवाइजहाजमार्फत स्वदेश फर्काउने काम सुरु भइसकेको छ । विदेशमा रहेका धेरैको मनमा यतिखेर थुप्रै जिज्ञासाहरु रहेका छन् । कसरी घर फर्किन पाइन्छ? टिकट कसले काटिदिन्छ? गैरकानुनी रुपमा बसेकाको हकमा के हुन्छ ?

यस्ता थुप्रै जिज्ञासाको सँगालो तयार पारेर हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं ।

तलको च्याट बक्समा प्रश्नोत्तर शैलीमा तपाईंका जिज्ञासाका जवाफहरु थाहा पाउन सक्नुहुन्छ ।

  • सुरुमा ‘Enter Story’ गर्नुहोस्
  • अर्को पेजमा ‘Meet your Interviewees’ क्लिक गर्नुहोस्
  • त्यसपछि सुमन घिमिरेको तस्बिर देखिन्छ । त्यहाँ क्लिक गरेर जिज्ञासा राख्ने पेजमा पुग्न सकिन्छ

यहाँ प्रायको मनमा उठ्ने जिज्ञासाहरुलाई समेट्ने कोशिस गरिएको छ । हामीले छुटाएका केही जिज्ञासा भए कमेन्टमा लेख्नुहोला । अर्कोपटक हामी त्यसको जवाफ खोज्ने प्रयास गर्नेछौं

प्लेन चढेर नेपाल आउँदै हुनुहुन्छ?

हवाईजहाजबाट नेपाल फर्किँदै गरेकाहरुले काठमाडौं विमानस्थलमा झरेपछि पालना गर्नुपर्ने नियम र प्रक्रियाहरु नक्साचित्रमा

हवाई उद्धारको पर्खाइमा ३४ देशका ५६ हजार नेपाली

सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं ।

बीरबहादुर बाहुनडाँगी आइपुगे

लकडाउनका बेला झापाका बीरबहादुर आले मगरको कोलकातादेखि बाहुनडाँगीसम्मको यात्रा । घर पुग्न जसले घस्रिँदै मेची तरे । कथा कोरोनामा बीरबहादुरको कथा ।