यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ ।

कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला ।

सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा पनि गाउँ गाउँमा मोबाइलबाट इन्टरनेट चलाउनको संख्या धेरै भइसक्यो । हामी आज बालबालिकाको लागि उपयोगी हुन सक्ने शैक्षिक सिकाईका एपहरुबारे बताउँदैछौं ।

बालबालिकाले मोबाइलमा घन्टौं समय बिताएर गेम खेल्ने र युट्युबका गैरशिक्षामुलक भिडियो हेर्नुभन्दा यी एपहरुबाट ज्ञानगुनका कुरा सिक्न सकिन्छ ।

हामीले छानेका एपहरु सबै नि:शुल्क हुन् र ती एप चलाउँदा त्यसमा घरिघरि दिक्कलाग्दा विज्ञापनहरु पनि आउँदैनन् । हामीलाई थाहा नभएका तर तपाईंलाई थाहा भएका अरु उपयोगी सिकाई एपहरु छन् भने कमेन्टमा लेखिदिनुहोला है ।

बालबालिकाको लागि उपयोगी एपहरु

खान एकेडेमी किड्स

१. हाम्रो पहिलो रोजाई खान एकेडेमी किड्स हो । खान एकेडेमी अमेरिकास्थित ‘नाफा नकमाउने’ शैक्षिक संस्था हो । यसले ठूला मान्छेका लागि मात्र नभई बालबालिकाका लागि पनि निशुल्क डिजिटल शैक्षिक सामाग्रि तयार पार्छ ।

खान एकेडेमि किड्सले वच्चाहरुलाई रमाइलो तरिकाले विभिन्न विषयहरु सिकाउँछ । आफ्नो बच्चाको अकाउन्ट बनाइदिनुभयो भने तपाईंले बच्चाले कति सिक्यो के सिक्यो भनेर हेर्न पनि मिल्छ ।

अहिले लकडाउनका बेला त खान एकेडेमिले शिशु कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीहरुको लागि सिकाईको रुटिन नै बनाइदिएर पढाउन थालेको छ ।

खान एकेडेमि किड्स एप, एन्ड्रोइड, आइओएस र एमेजनका डिभाइसहरुको लागि उपलब्ध छ । कम्प्युटरमै पनि चलाउन सकिन्छ ।

लिङक: खान एकेडेमी किड्सको एप एन्ड्रोइडको लागिआइओएसको लागि

सलमान खान – भिडियो

उनी बलिउडका कलाकार सलमान खान होइनन् है! खान एकेडेमीका संस्थापक हुन् । सलमान खानले केही वर्षअघि सिकाईको बारेमा टेड टकमा बोलेका कुराहरु यहाँ हेर्न सकिन्छ ।

२. ई-पुस्तकालय

साझा शिक्षा इ-पाटी नाामको मुनाफारहित संस्थाले चलाएको ई पुस्तकालयमा ठूला साना सबैका लागि शिक्षामुलक सामग्रिहरु छन् । यसमा नेपाली भाषाका थुप्रै पुस्तक र पत्रपत्रिका पनि नि:शुल्क पढ्न र डाउनलोड गर्न सकिन्छ ।

इ-पुस्तकालयमा राखिएको एउटा रमाइलो वाल पुस्तक ‘ङनमती र ञकञके’

इ-पुस्तकालयमा थुप्रै सुन्ने किताबहरु (अडियो बुक) पनि छन् ।

बालबालिकाका लागि यहाँ अझै धेरै शिक्षामुलक सामग्री छन् । कक्षा १ देखि ८ सम्म नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार यहाँ अँग्रेजी, गणित, विज्ञान जस्ता विषय अन्तर्क्रियात्मक तरिकाले पढ्न पाइन्छ ।

ई पुस्तकालयमा बालबालिकाका लागि थुप्रै कथा कविताका किताबहरु पनि रहेका छन् । इ पुस्तकालय मोबाइल एप र कम्प्युटर ब्राउजर दुबैमा उपलब्ध छ । अनि नेपाली र अँग्रेजी दुबै भाषामा पनि ।

ई-पुस्तकालयमा हामीलाई पन परेको किताब चाहिँ ‘ङनमति र ञकञके’ हो । तपाईंको नानीलाई चाहिँ कुन किताब मन पर्यो कमेन्टमा लेख्नुस् है ।

लिङ्क: ई-पुस्तकालय एन्ड्रोइडई-पुस्तकालय होमपेजइ-पुस्तकालय ई-पाठ

३. सिकाई चौतारी

सिकाई चौतारी नेपाल सरकारको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले संचालन गरेको उपयोगी अनलाई पोर्टल हो । यहाँ कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको लागि उपयोगी शैक्षिक सामग्रि छन् ।

साना कक्षाका बालबालिकालाई रमाइलो तरिकाले अन्तरक्रियात्मक कक्षा पढाइन्छ भने ठूला कक्षाका विद्यार्थीलाई स्कुलमा गुरु-गुरु आमाले पढाएको जस्तै अँग्रेजी, गणित र विज्ञान कक्षाका विषयगत भिडियोहरु हेर्न सकिन्छ ।

सिकाई चौतारी चाहिँ मोबाइलमा डाउनलोड गर्ने एप नभई ब्राउजरमै गएर चलाउने एप हो । कम्प्युटर अथवा मोबाइल दुबैबाट सिकाई चौतारीको लिङ्क (https://learning.cehrd.edu.np/) क्लिक गरी सिक्ने थलोमा पुगिन्छ ।

बरु मोबाइलमा चाहिँ पटक पटक लिङ्क खोल्नु भन्दा एक पटक खोलिसकेपछि त्यसको ShortCut लाई Home Screen मा राख्नुभयो भने अर्को पटक होम स्क्रिनबाट सिधै सिकाई चौतारीमा पुग्न सकिन्छ ।

४. रिभेट

खासै नाम नसुनिएको यो एप गुगलले तयार पारेको हो । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको यो एपले अँग्रेजीका किताबहरु सही उच्चारण सहित पढ्न सिकाउँछ । रिभेटमा ३ हजार ५ सय भन्दा धेरै किताबहरु छन् ।

रिभेट एपपमा उमेर अनुसारका कथाका पुस्तकहरु छन् । कुनै अँग्रेजी शब्दको सहि उच्चारण सोही शब्दमा छोएपछि सुन्न सकिन्छ । अनि तपाईंको नानीबाबुले बोलेको अँग्रेजी उच्चारण मिल्यो कि मिलेन भनेर एपले प्रतिक्रिया पनि दिन्छ ।

लिङ्क: एन्ड्रोइडको लागि रिभेट

हामीले तयार पारेको यो सामग्रि तपाईंहरुलाई कस्तो लाग्यो? आफ्ना नानी बाबुका लागि अरु कस्ता सामाग्रि पढ्न/हेर्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोला ।

अनि सुन्नुस् त : तपाईंले गजेन्द्र सरको कथा हेर्नु भएको छ?

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply