सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले ।
अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै भाडा तोकिएको छैन । पैसा हुनेलाई जति मन लाग्छ दिनु भन्छन्, नहुनेलाई सित्तैमा चढाउँछन् । एम्बुलेन्स बनेर उनको अटो सुर्खेतको सडकमा हुँइकिन थालेको महिना दिन कटिसक्याे । हज्जु काेराेना संक्रमितहरुलाई लिन पुर्याउन कहिलेकाहीँ त कोहलपुरसम्म पनि पुग्छन् ।https://fb.watch/9JEJ3VWow-/
‘उनी त धनसिंह माइला पाे हुन् ।’ काँधमा रेडियाे बाेकेर गीत गाउदै हिडिरहेकाे व्यक्तिलाई औंलाउदै कसैले भन्याे । गाउँलेका लागि उनी नाैलाे थिएन । तर त्यस गाउँमा पुग्ने नाैलाे मान्छेका लागि उनी नाैलाे थिए तर नजरमा परिहाल्ने । जाे कसैले उनी बारे चासाे नलिने र साेधीखाेजी नगर्ने त कुरै भएन ।
काेराेना संक्रमन जुम्ला जिल्लाकाे गाउँभरि फैलिएकाे थियाे । तर पनि उनी हिड्न डुल्न छाेडेकाे थिएन । बरु बिरामीका घरघरै पुगेर सन्चो बिसन्चो सोधे । बिरामी परेकालाई हाँसो ख्यालठट्टा गरेर खुसी बनाउने प्रयास गरे । गाउँलेहरूको आँट बढाए । संक्रमित र गाउँलेलाई आफूले जानेका कुरा सिकाए ।
लकडाउनका बेला घरमै बाँधिएका बुढापाका र बिरामी उनलाई भेटेर खूब रमाए ।
अरू बेला पनि गाउँलेका आपसी झैगडा र विवाद मिलाउन धनसिंह माइलालाई नै डाकिन्छ। यसरी गाउँघर डुल्दा माइलाको काँधमा रेडियो झुन्डिएकै हुन्छ । अनि हातमा धागो र सुइरो । उनले बुनेका टोपी गलबन्दी धेरै गाउँलेका शीर र गलामा भेटिन्छन् ।
बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको बाेली नै ओखती । नितु संक्रमितहरुको आत्मबल बढाउन सघाउँछिन् ।
उनले बागलुङ बजार वरपरका बिरामीका घर आँगन नपुगेकाे ठाउँ छैन । दिनदिनै संक्रमितको संख्या बढिरहेकाे छ । अस्पताल भरिभराउ छ । यस्तो बेलामा संक्रमितका घर-घरै पुगेर उपचार गर्न उनलाई कसैले अह्राएकाे हैन । नितु आफ्नै मनले अह्राएकाे गर्छिन्।
लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो ।
“लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ”
लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै भए पनि आफूले उत्पादन गरेका सामान वोकेर बजार चाहारिन् । घरघर पुगिन् ।
विनाले घरेलु उद्योग संचालन गरेको धेरै भएको छैन, ७४ फागुनबाट हो । यिनको साथमा १८ सय रुपैंया थियो । त्यही रकमले एकमन मकै र २० किलो कोदो किनेर ल्याइन् । धोइपखाली गरेर सुकाइन् । मिलमा गएर कुटेर ल्याइन् र घरमै प्याकेजिङ गरेर बजार पुर्याइन् ।
१८ सयबाट सुरु गरेकी यिनले अहिले मासिक ८, १० लाखको कारोवार गर्छिन् । तीन जना महिला ज्यालादारी कामदार समेत राखेकी छन् । ‘खर्च सर्च कटाएर मासिक ४०,५० हजार आम्दानि भइरहेको छ’, उनले सगौरव सुनाइन् ।
एस.के.डी.फुड्स झापा सप्लायर्स नामको कम्पनी दर्ता गरेर लेवलिङसहित उनी उत्पादित सामग्री बजारमा विक्री गर्छिन् । अर्ग्यानिक फापर, कोदो, मकै, सिस्नोको धुलो, टिमुर, तोरीको तेल झापाका धेरैजसो सपिङ कम्प्लेक्समा विक्री हुन्छन् ।
‘झापाको बजारमा मागको २५ प्रतिशत मात्रै उत्पादन दिन सकेकी छु’, उनी भन्छिन्,‘एउटा मात्रै मेसिन छ, कुटानी पिसानीमा समस्या हुन्छ ।’
इलामको दानाबारी, रोङ गाउँपालिका, मोरङको मधुमल्ला, पाँचथर, भोजपुर, झापाकै गरामनी, हल्दिबारी, सालमारा लगायतका ठाउँबाट कच्चा पदार्थ ल्याएर उनी फापर र कोदाको पिठो, तोरीको तेल, सिस्नोको ढुटो, बेसार, तिलको छोप, टिमुर लगायतका सामग्री तयार पार्छिन् ।
जनशक्ति, लगानी र समयको अभावका कारण माग बमोजिमको सामान पुर्याउन नसकेको उनी बताउँछिन् ।
२०६३ सालमा समिर दाससंग विहे गरिन् । एउटा छोरा छ । २०७३ चैतमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि विनालाई जीवन निर्वाह गर्न गाह्रो भयो । अनि घरेलु उद्योग संचालनको योजना वुनिन् ।
छोरालाई अटिजम रोग लागेको छ । २४ सै घन्टा छोराकै साथमा बस्नु पर्ने वाध्यता छ । यसका वावजुद पनि उनले हरेश खाइनन् । निरन्तर मेहनत गरिन् । उद्योगमा दिनरात आफैं खट्छिन् । अन्न सुकाउने, धुने र पिस्ने सम्मको काममा आफैं अगाडि वढ्छिन् । भविष्यमा उद्योगलाई अलि वृहत ढंगले अघि वढाउने विना योजना छ । तर, पूँजि भने छैन । ‘सरकारले ऋण सहयोग गरे पनि उद्योगलाई बढाउन सक्ने थिएँ । सरकारले म जस्ता एकल महिलालाई उद्यम गर्न अनुदान पनि दिन्छ रे भन्नु सुनेकी छु, तर कसरी पाउने थाहा छैन ।’
यो हो जुम्ला सदरमुकाम खलंगा बजार । हिमाली उपत्यकामा रहेको यो बजार भित्रका साँघुरा गल्लीहरु पनि यतिखेर सुनसान छन् ।
बजारको एउटा सानो गल्ली भित्र मरिच हालेको चिया पाइने चर्चित पसल छ । विगतमा भरिभराउ हुने यो चिया पसलमा खड्गध्वज खाँण र उनकी पत्नी उमिडोर खाँणको आजभोलिको दैनिकी चिया पकाउने, ग्राहक प्रर्खने र कोही नआएपछि सेलाएको चिया आफैंले खाने र फाल्ने गर्दै बित्छ ।
बेरोजगार छोरा बुहारीलाई पनि यी वृद्ध दम्पत्तीले यही चुल्होमा पकाएको चिया बेचेरै खर्च जोहो गर्ने गरेका थिए । अव त झन् बोझ थपिएको छ
कर्म खोज्दै ८ वर्षअघि जुम्ला आएका मिराज अलीको मन पनि अशान्त छ यतिखेर । उनको चाट पसलमा ग्राहक आउन छाडेपछि ५ जनाको परिवार पाल्ने पीरले गाँजेको छ ।
एक हप्ता अघि खुलेको यही बजारमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही स्वास्थ्यकर्मी तथा सर्वसाधारणहरुमा कोरोना पोजेटिभ देखिएपछि फेरी बजार अनिश्चितकालका लागि पूर्णरुपमा बन्द भएको हो ।
कोभिड १९ का सबैभन्दा धेरै देखिने लक्षण भनेका जरो, थकान र सुख्खा खोकी हो । कतिपय संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ । कोरोना संक्रमित ८०% मानिसहरु विशेष उपचारविना आफैं निको हुन्छन् ।
अहिलेसम्मको अध्ययन अनुसार कोभिड १९ का ६ जना मध्ये १ जनामा गम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका वायु थैलीहरु सुन्निन्छन् र सास फेर्न गाह्रो हुन्छ ।
तलको 3D रेखा चित्रमा तपाईंले सामान्य अवस्थाको श्वासप्रश्वास र कोभिड १९ को संक्रमणपछि देखिएको लक्षणहरु अन्तरक्रियात्मक रुपमा हेर्न सक्नुहुन्छ ।
उनी अर्थात रुपन्देहीका पहिलो कोरोना संक्रमित कृष्ण पासी । दिल्लीमा एउटा गार्मेन्ट उद्योगमा काम गर्ने कृष्ण दिल्लीमा कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षित हुन आफ्नै देश फर्किएका थिए ।
कोटहीमाई गाउँपालिका वडा नम्बर १ घर भएका कृष्णलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मिले छिर्न नदिए पछि उनि आफ्नै देशका चोर जस्तै लुकेर आउनु परेको थियो ।
नेपाल छिरेका कृष्ण नै रुपन्देहीको पहिलो कोरोना संक्रमित ठहरिए । त्यस पछि उनलाई बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा उपचारको लागी भर्ना भए । अस्पताल भरि नै एक्लो संक्रमित रहेका उनिमा कुनै डर त्रास थिएन । एक्लै भए पनि उनि नाचेरै कोरोना माथी बिजयी पाए । त्यतिबेला आईसोलेसनमा नाचेका कृष्णको नृत्य भाईरल बनेको थियो ।
कोरोना माथी जित हासील गरे फर्किएका कृष्ण भने त्यस यता हाँस्न पाएका छैनन् । कारण उनको आमा तिलेश्वरी पासी हुन । अहिले तिलेश्वरी क्यान्सरसँग लड्दैछिन् ।
सम्पत्तिको नाममा बाटो नै नभएको थोरै करिब ४ धुर घडेरी छ । भएको एक डेढ कठ्ठा खेत पनि आमाको उपचारको लागी बन्धकी राखेका छन् । त्यतिले मात्र नपुगेर २ लाख ६० हजार ऋण पनि बोकेका छन् ।
विपन्न परिवारका कृष्ण र उनका दाइ अहिले काममा पनि जान सकेका छ्रैनन् । यता उता गर्ने बित्तिकै आमालाई केही भई हाल्ने हो कि भन्दै दुवै जना उनकै स्याहार सुसारमा लागेका छन् । उनिहरुको दैनिकी आमाको स्याहार सुसार गर्नेमा बितिरहेको छ ।
यति हुँदा पनि कृष्णको जोश मरेको छैन । उनी पहिलो कोरोना संक्रमित भएकोले आफु जस्तै अन्य कोरोना संक्रमितहरुको लागी अहिले प्रेरणको श्रोत बनेका छन् । उच्च मनोबल राख्ने हो भने कोरोना माथी सहजै जित पाउने उनको भनाई छ ।
आईसोलेसनमा हुँदा आफुले सिकेका कुराहरु अहिले उनी गाउँपालिकामा रहेको आईसोलेसनमा सिकाई रहेका छन् । तत्कालको लागि आमाको स्याहारमा लागेका उनलाई र उनका दाजुलाई रोजगारकै ठूलो चिन्ता छ । दुवै जना अब भारत फर्किन चाहँदैनन् । सरकारले रोजगारको व्यवस्था गरिदिए आफ्नै देशमा काम गर्ने उनीहरुको धोको छ ।
विदेशमा रहेका नेपालीहरुलाई हवाइजहाजमार्फत स्वदेश फर्काउने काम सुरु भइसकेको छ । विदेशमा रहेका धेरैको मनमा यतिखेर थुप्रै जिज्ञासाहरु रहेका छन् । कसरी घर फर्किन पाइन्छ?टिकट कसले काटिदिन्छ?गैरकानुनी रुपमा बसेकाको हकमा के हुन्छ ?
यस्ता थुप्रै जिज्ञासाको सँगालो तयार पारेर हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं ।
तलको च्याट बक्समा प्रश्नोत्तर शैलीमा तपाईंका जिज्ञासाका जवाफहरु थाहा पाउन सक्नुहुन्छ ।
सुरुमा ‘Enter Story’ गर्नुहोस्
अर्को पेजमा ‘Meet your Interviewees’ क्लिक गर्नुहोस्
त्यसपछि सुमन घिमिरेको तस्बिर देखिन्छ । त्यहाँ क्लिक गरेर जिज्ञासा राख्ने पेजमा पुग्न सकिन्छ
यहाँ प्रायको मनमा उठ्ने जिज्ञासाहरुलाई समेट्ने कोशिस गरिएको छ । हामीले छुटाएका केही जिज्ञासा भए कमेन्टमा लेख्नुहोला । अर्कोपटक हामी त्यसको जवाफ खोज्ने प्रयास गर्नेछौं
सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं ।