Kharideko Katha EP 117
माथि भोजपुरका सिरानदेखि बटुल्दै अनि खेदाउँदै ल्याइएका वस्तुहरुको बथान आज हतुवागढीको हसनपुर आइपुगेको छ । जंगबहादुर मगरको कथुरी नाम गरेकी कोरली बाच्छी सँधै झैं आँगनको पारिलो घाम ताप्दैछे । घर खर्चको जोहो गर्न जंगबहादुरले आज कथुरीलाई खरिदेको जिम्मा लाउँदैछन् । १२ हजारबाट सुरु भएको मोलमोलाई ९ हजारमा पुगेर कुरो मिल्यो । खरिदेले दाम्लो फुकाए । …
