Episode 90 – Mitho Katha


झापा रङ्गे डाँडामा अकस्मात भेटिएका थिए अर्जुन मुखिया । रबर बगानमा राखिएका घार वरपर बढेका घाँस उखेल्दा पसिनाले निथ्रुक्क भिजेका अर्जुनसँग हामी हतारमै छुटियौं । उनको कथा सुन्ने धित मरेकै थिएन । अर्जुनलाई खोज्दै हामी दुधेमा रहेको उनको घर पुग्यौं । एकाविहानै आमा छोरा घरधन्दामा व्यस्त थिए । 

शन्तकुमारीले सानैमा आमा गुमाईन् । टुहुरी छोरीलाई लाहुरे बुबाले पढाउने मन गरेनन । उनी कहिले ठूलाबा त कहिले मामाघर गरेर हु्र्किइन् ।  

एक दिन शन्त कुमारी कान्छी छ्यामाकोमा पाहुना बस्न गएकी  थिइन । पाहुना गएकी शन्त थाहै नपाई बेहुली भईन रे । १५ वर्षकी शन्त कुमारीका श्रीमान भने उनका बुबाको उमेरका थिए रे। 

शन्त कुमारीका श्रीमानलाई केही वर्षमै रोगले परलोक पुर्‍यायो । 

नयाँ ठाउँ , नयाँ जिवनसङ्गी अनि जिवनसङ्गीका ३ टुहुरा छोराछोरी । अब उनी एक बाट चार सन्तानकी आमा भईन ।  

सानै देखिको पढ्ने रहर पूरा गर्न शन्त कुमारीले जिल्ला धाएर आफ्नै घरमा प्रौढ कक्षा सन्चालन गरिन् । र उनी जस्ता धेरैले अक्षर चिन्ने अवसर पाए  । 

गाउँमा कोहि अन्यायमा परे, चौकी, अड्डा अदालत धाउने पनि शन्त कुमारी नै हुन् । 

जिवनमा तितो अनुभव बटुलेकी शन्त कुमारी मिठो रसको व्यवसायमा लागिन । मौरिपालनको व्यवसाय । सघाउने चाहिँ छोरा अर्जुन । 

अहिले मौरी जस्तै उनीहरु पनि समुहमा मिलेर काम गर्छ्न । कोही मौरी चराउँछ्न, कोही मह काड्छ्न । 

अहिले घरघरै मौरिका घार छन् । मौरी पाल्न थालेपछि सकिन लागेको वन जोगिएको छ । र गाउँ पनि सुगन्धित बसाउँछ ।

महले शन्त कुमारीको जीवन बदलिदियो । र उनले धेरैको जीवन बद्लिन । मह जस्तै मीठो बनेको छ  जीवन पनि । 

अर्जुन ४ वर्ष मलेसिया बसेर फर्किए । ईपिएस गरेर फेरी कोरिया जान ठिक्क परेका अर्जुनलाई आमाको कामले लोभ्यायो ।

अहिले आमा-छोरा साथी बनेका छन् । आमा समुहको बैठकमा जान्छिन । अर्जुन घरधन्दा समाल्छ्न । 

अर्जुनको पनि मौरीसँग मोहनी बसेको छ ।  अहिले १५० घार मौरी छ्न । 

अब विदेश घुम्न जाने तर काम गर्न नजाने भन्छ्न अर्जुन ।।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply