Herne Katha – Episode 82

तरेली परेका पहाडहरु – परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने  उत्ति सजिलो छैन । 

नुन तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् । 

भिमकाय पहाडका फेदीमा बग्ने नदीसँग कहिले भेटिँदै कहिले छुट्टिँदै कर्णाली राजमार्ग जसोतसो जुम्ला पुगेको छ । 

पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बग्छ । पहाडका दुःख छल्न मुग्लान झर्ने मान्छेहरु बाटोसँगै बग्छन् । बाटोले पहाडका मान्छे बगाएको छ । 

कालीकोटका डरलाग्दा भीरहरु छिचोलिसकेपछि जुम्लाका फाँटहरु चम्किन थाल्छन् । पहराहरुमा हाम्फाल्दै हिँड्ने तिला नदी मैदानमा फाँट जस्तै बनिदिन्छिन् । 

जुम्ला पुगेपछि हाम्रो कथा बल्ल सुरु हुन्छ । यो जुम्लाबाट डोल्पा जाने बाटोको कथा हो  । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply