लक डाउनको समयमा अरुबेला समय नै भएन भन्नेहरुको लागि फिल्म,सिरिज हेर्न र पुस्तक पढ्न उत्तम साइत जुरेको छ। मैले भर्खर ‘मनी हाइस्ट’ हेरि सकेर जर्ज अर्वेलको १९८४ पढ्दै छु । पढ्दा र हेर्दा बाेर लागेपछि खुल्ला ठाउँमा गएर बस्न मन लाग्छ। यो समय बजारमा खुल्ला ठाउँ भनेको छत मात्रै हो।हाम्रो घरको ठिक पछाडि केही बारी […]
लकडाउन डायरी
दु:खमा हाँस्न सिकेँ !
आज लकडाउनको पन्ध्रौं दिन पुगिसकेको छ र सरकारले अझ लकडाउन बढाउने निर्णय गरेको छ।कलेज बिदा भएको एक महिना भइसक्याे ।मेरा केही साथी र छिमेकीहरु पनि गाउँ गइसकेका छन। तर हामी भने यही(पोखरा) शहरमा नै छौ। बुबाआमा पनि लकडाउनको कारणले यही घरमै हुनुहुन्छ। दिनभर आमाबुबा अनि अंकल आन्टीहरु मिलेर घरकै काम गर्छाैं। अनि हामी सानो छँदाको […]
म पछि हट्दिन..
म पनि परिवारसंग अहिले घर भित्रै बसेको छु । बिहानदेखि बेलुका सम्मको समयलाई कसरी मिलाउने भनेर सुरुसुरुमा त अन्यौल नै रह्योे । एक दुई दिन पछि एउटा सामान्य खाका बन्यो । बिहानको समयमा करेसा बारीमा काम गर्ने । विहानको समयमा काम गर्दा घामले असर नगर्ने र काम सकेर नुहाएर माम खान पाइने । हाम्रो साथमा […]
म पनि अरू जस्तै…
मोफसलको पत्रकारिता भन्ने वित्तिकै कहिलेकाँही त दु:खको एक हिस्सा हो जस्तो लाग्छ । केन्द्रमा बसेर पत्रकारिता गरेको भए एउटा बिट हुन्थ्यो, त्यसमै अध्ययन हुन्थ्यो, त्यसमै खोज अनुसन्धान । तर, मोफसलमा सबैतिर भ्याइनभ्याइ हुन्छ । त्यही माथि अहिलेको ‘लक डाउन’ को कुरै बेग्लै । म लमजुङ जिल्लामा बसेर पत्रकारिता गर्छु। ४ गाउँपालिका र ४ नागरपालिका रहेको […]
प्रिय देश
प्रिय देश, अथाह प्रेम सागर तिमीलाई ! ठिक यतिखेर म अरवको दुबईमा छु । यो लेख्दै गर्दा मध्यरातको बार्ह बजेको छ। खुला आकाशबाट बथानका बथान ताराहरु कोरोनाले भयभित पारेको यो संसारलाई दयालु दृष्टिले हेरिरहेका छन् र चकमन्न र विरक्तलाग्दो रातमा खजुरको फेद मुनि बसेर एक चित्तले तिमीलाई सम्झिरहेको छु। प्रिय देश, परदेशमा यो अरब अति […]
अब बसिन्न याे परदेशमा !
…….र उसले भन्याे , “अब बसिन्न याे परदेशमा !” Covid19 ले विश्वव्यापी महामारीकाे रुप लिइरहेको छ। यस बिचमा जाे आफ्नाे घर-देश देखि टाढा छन् उनीहरुकाे मनमा सायद एउटै कुरा खेलिरहेको हुनुपर्छ! त्यो हाे “म यस्तो विपतकाे बेलामा पनि घर देखि टाढा छु।” हिजोआज प्राय विश्वका धेरै देश lockdown मा छन! हिजोआज विदेश भएका आफन्त र […]
आफ्नै गाउँ फर्की आएँ !
विगत फर्कन्छु । सर्लक्कै कुनै पनि अतितलाई भुल्न सजिलो छैन । कारण त्यसले दिएको चोट, पीडा र त्रास । हो, वि.सं. २०७२ बैशाखको प्रलयकारी भूकम्प । त्यतिबेला ज्यान बचाउन म जस्ता थुप्रैले काठमाण्डौं खाल्डोमा अब फर्कनै नपरोस् भनी छाड्यौं । विपत्तिको आयु नहुने रैछ । केही महिनापछि म उही काठमाण्डौंलाई स्पर्श गर्न पुगें। कसैले कुनै […]
छुट्टी डायरी
एक हप्ता बिहानको सिफ्ट अर्को हप्ता बेलुकाको सिफ्ट।बेलुकाको सिफ्ट ड्युटी जाॅंदै गर्दा,गल्फबाट साथीहरूको मेसेज आउँछ,’हाम्रो त अप्रिल २० सम्म छुट्टी छ। बसीबसी तलब आउँछ यसपालि!’ मनको डर र पिडा लुकाउँदै म मुस्कुराएर भन्छु,’मोज गर् तिमारु! म हाल काम गरिरहेको देशमा आजको अपडेट अनुसार ३,३८३ संक्रमित भइसकेका छन्। यहाॅं पनि लकडाउन नभएको त होइन। लकडाऊन छ। […]
न्युयोर्कमा १८ दिन
‘कोरोना’ शब्दले नै अहिले मन जिरिङ्ग हुन्छ । एकदिन साथीले चीनमा त नयाँ रोग आएछ भन्दा खासै वास्ता भएन । कोरियामा लाग्यो । फेरि पनि सुनेको नसुनै गरे। अनि इटाली हुँदै अमेरिका छिरेपछि बल्ल झस्किए । तैपनि संसारको शक्तिशाली मध्यको एक देश, कोरोनासंग त लडिहाल्छ नि भन्ने ठानेर सँधैझैँ काममा गइयाे । तर के थाहा […]
अष्ट्रेलियाबाट
प्रिय हेर्ने कथा, यो डायरी केबल तिम्रै लागी। लेखक त म होइन आजकल। लेख्ने त म त्यतिबेला गर्थें, जतिबेला जिन्दगी सिधा बाटोमा थियो। जिन्दगीको व्याकरणमा ह्रस्व दिर्घ बिग्रिएरै जिन्दगीले यो बाटो तय गर्यो। हुनत अस्ट्रेलिया सपनाको देश हो। नेपालमा कतिका बा-आमा छोराछोरीलाइ यता पठाएरै ठूलो नाक बनाइरहेका हुन्छन्। कोभिड-१९ ले बिश्व तर्सिरहँदा अष्ट्रेलियालाई नि आच्छुआच्छु बनाइरहेको […]
केही सम्झना, केही सपना
खै ! कस्ले पो हो, कोराेनाको आतंकबारे गाउँमा मेरी आमालाई पनि खबर सुनाइदिएछन्। खबर सुन्ने बित्तिक्कै आमाले मोबाईल निकालेर मलाई फोन गरिन् : संवाद म: आमा ढोँग गरे । आमा: भाग्यमानी छोरा । तँ जतिसक्दो चाँडो घर आइपुग् । त्यहाँ त कुन्नि के कोराेना भाइरसको माहामारी छ रे। मान्छेहरु मर्दैछन् रे। मलाई साह्रै चिन्ता पर्याे। […]
कोठाभित्रै बिहानी र साँझ
जिन्दगी एकदम व्यस्त थियो । आफन्त अनि साथीभाइहरुको सधै एकै गुनासो थियाे – ‘तँ बिजी का बिजी नै हुन्छेस् । न तँलाई हाम्रो फोन उठाउने फुर्सद हुन्छ न त कल व्याक गर्ने नै । हुन त पैसा कमाउन लागेको मान्छे न परिस्, त्यस्तै हो ।’ मेराे समय र व्यस्तताका कारण मेरा आफन्त र साथीभाइबाट मैले […]
शान्त रियाद एयरपोर्ट
धेरै साथीहरूले लेख्नु भएको दैनिकी देख्दा मलाई पनि नलेखी रहन मनले दिएन । त्यसैले लेख्दैछु । मध्यपूर्वका खाडी देशमा समय बिताएका लगभग डेढ दशक हुन लाग्यो। कुनै दिन हातको छेको लगाउदै ,आकाशबाट आएको आवाज पच्छाउदै हवाईजहाज हेर्ने म, यिनै हवाईजहाजहरु को सामिप्यतामा काम गर्न लागेको यत्रो समय सम्म मेरो मनको कुनै पनि कुनामा यी कुरा […]
अत्यास लगाउने झुटा खबर
हुन त म नेपालको लकडाउनमा छुइनँ । तर यो कतारमा पनि बस्न साह्रै गाह्राे भइसक्यो । दिनका दिन ५० जना भन्दा धेरैलाई पोजेटिभ देखिन्छ । दिनभरि ८ घण्टा काम गरेर आयो अनि मोबाईलमा खवर हेर्दा मनै दुख्छ । महिनाभरि दुःख गरेर कमाएको पैसा पठायो, नेपालमा रिसिभ गर्ने वातावरण छैन । अनि अहिले त कत्ति झुटा […]
बिथोलिएको प्रवासी मन
कतार , मध्यपूर्वी खाडी मुलुक समृद्धी र बिकासमा धेरै अघि बढिसकेको, अनि लाखाैं नेपालीहरुको रोजगारीको गन्तव्य पनि कोरोनाबाट प्रताडित छ । यहाँ म जस्ता लाखाै युवाहरु घरपरिवार, आफन्त र आफ्नै चिन्ताले ग्रसित छाैं । नेपालमा कस्तो होला? यहाँ कस्तो हुनेहोला भन्ने दोहोरो चिन्तामा छाैं । धेरै प्रवासीहरु सावधानी र चिन्तामै आफ्नो नियमित काममा जान बाध्य […]
बेफुर्सदी मान्छेहरु
विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् । प्राय यी दिनहरु सामाजिक संजालमा विभिन्न सकारात्मक सन्देशहरु लेख्दै, प्रेरणादायी कुराहरु सुन्दै र केही हेर्ने कथाका भागहरु दोहोर्याउँदै बिताइरहेको छु । सामाजिक कार्यमा रुची राख्ने भएकाले बितेका दुई तीन दिन म जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष सावधानी अपनाएर […]
ईन्डियाबाट खबर
आँसुले भरिएका ती कोमल नयनहरु मेरो बाटो हेरि रहेका होलान् । धेरै कमाउने अनि ती तिम्रा सपनाहरु पुरा गर्न एउटा सोच लिएर धेरै टाढा आएको छु । जाने मन त कस्को पो हुन्छर आमा बाबाको साथ अनि आफूलाईभन्दा बढी माया गर्ने मायालु लाई छाेडेर । तर बाध्यतामा बाँधिदा आज सबै बाट टाढा छु । परदेशी भएसि […]
सेताम्य बोटहरु र माहुरीका झुण्ड
चैत महिनाको रापिलो घाम। गाउँ सुनसान छ। उसै त गाउँका पाताला बस्ती । चैते घामलाई चुनौती दिएर रुखविरुवाहरु अंकुराउँदै छन्। झरेका पातहरु बिस्तारै पलाउँदै छन्, हुर्कने बढ्ने सपना बोकेर । घर वरिपरिका सुन्तला र जुनारका बोटहरु अहिले सेताम्य बनेका छन् । सरर…. हावा चल्दा निस्कने मिठासपूर्ण वासनाले मन थामिनसक्नु पार्छ । अनि ती बोटहरुमा झुम्मिरहने […]
जिन्दगीको माया
लकडाउनमा बसेर डिजिटल डिभाईसहरुमा चर्चित व्यक्ति, साहित्यकारहरुको लकडाउन डायरी पढिरहँदा मलाई पनि यो बसाईको डायरी लेख्न मन लाग्यो तर मैले कहिल्यै डायरी लेखेको छैन। हुन त यो डायरीमा मैले पनि हाल म बाँचिरहेको समय नै लेख्ने हो। अहिले म बाँचेको समय र अरुले बाँचेको समयमा त्यति ठूलो फरक छैन। उही त हो कोरोना संक्रमण,लकडाउन उही दिनचर्या। […]
बाँच्नु ठूलो कुरा रहेछ
नेपाल सरकारको नेपालका सबै नाका सहित देश नै लकडाउन गर्ने निर्णयसँगै मैले पनि मेरो दैनिक कार्यक्रममा लकडाउन गरे । लकडाउनसंगै मेरो दैनिकी चार भित्ताको एउटा कोठा भित्र खुम्चियाे। कोठा भित्रकाे मेरा दैनिकी अरु दिनभन्दा फरक थिए। सुरुको एक दिन त मैले अब के गर्ने, के नगर्ने भनेर छुट्टाउनै सकिन। त्यो दिन बिताउन साह्रै गाह्राे पनि […]
लकडाउन बुझाउँदै
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको आज पहिलो दिन हो । म म्याग्दीको स्वयंसेवक समूहमा पनि आवद्ध छु । यसमा प्रहरी र स्थानीय युवा संलग्न छाै । सवेरै नै स्वयंसेवक परिचालन तथा लक डाउनको पालनाबारे सचेतनाकोे लागि हाम्रो टोली बेनी नगरपालिका तथा जिल्लाको सिमानामा गयाै ।आजको मुख्य काम लकडाउन […]
भाग्यमानी म
मलाई लकडाउनको शाब्दिक अर्थ थाहा भए पनि मैले महसुस चाहिँ गरेको छैन किनभने म बिद्यार्थी हुँ । घरमै बसेर अध्ययन गर्नै पर्ने स्थिति छ मेरो। मैले लकडाउन महसुस गर्नु परेको छैन, यस अर्थमा म आफैलाई भाग्यमानी ठान्दछु। म ज्यानको प्रवाह नगरी आफ्नो देश छिर्नका लागि नदिमा हाम फाल्ने नेपाली भन्दा भाग्यमानी रहेछु । अझ दैनिक […]
सोचलाई तङ्ग्राउने हो कि?
बिहानै उठ्छु । घरको छतमा रहेको गुलाफसंगै गमलामा अरु फूलहरु पनि ढकमक्क फुलेका छन् । घरसंगै जोडिएको अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्रका आँपका फूलहरुको बास्ना हावाको झोक्कासंगै म छेउ आइपुग्छ । अनि माथि छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु । त्यो पनि गज्जबसंग पलाउँदै छ । नयाँ पालुवा लाग्दैछ । घर अगाडि हेर्छु छतबाट नराम्रा […]
१० कोठे काेरावास
मलाई प्लेनको यात्रा खुब मन पर्ने हो । प्लेनमा कुन समयमा उड्दैछु भन्ने कुराले मलाई कहिल्यै फरक परेन । प्लेनमा दिनको समयमा उड्दा पनि रमाइलो हुन्छ । रातमा उड्दा पनि उत्तिकै रमाइलो हुन्छ । दिनमा उड्दा बादलमाथिबाट बादल हेर्दा लाग्छ, प्लेनको त्यो सानो झ्यालबाट फुत्त फाल हान्दा पनि बादलमा तैरिन सकिन्छ । त्यो कपासको रुवा […]