नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ ।
घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार लाग्छ ।
घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् । साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो ।
मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् ।
‘घाँस काटेर बेचे त गाँस हुन्छ नभए त हामी भाेकै हुन्छ ।’ उनले घाँस बेचेकाे २० रुपैयाँ पाेल्टामा हालिन् ।
घाँस बेच्ने चाहिँ धेरैजसाे महिलाहरू हुन्छन् । पुरुषहरू भने ज्याला मजदुरी गर्छन् ।
यहाँ बाख्रा, घाेडा, गाइवस्तुकाे लागि मान्छेहरु घाँस किन्न आउँछन् ।
एउटी महिला एउटा बाख्रालाई भनेर ३० रुपैयाँकाे घाँस किन्न आइन् । एउटा सानाे बाबु पनि साइकल चढेर १० रुपैयाँकाे घाँस किन्न आए । उनकाे घरमा पनि एउटा बाख्रा रहेछ । एउटा घाँसकाे मुठालाई १० देखि ३० रुपैयाँसम्म पर्छ ।
त्रिभुवन चाेक अगाडी जहा मीठाई र दूध किनमेलकाे बजार लाग्छ । चाेक पछाडी जहाँ घाँस माेलताैलकाे बजार लाग्छ ।
झमक्क साँझ परिसकेको थियो । तर घाँस बेच्ने र किन्नेको भीड सकिएको थिएन । भोलि फेरि घाँस काट्नु, बेच्नु र किन्नु त छदैछ ।
No responses yet