Story of Hope EP126

लडेको मान्छे उठ्न सक्छ कि सक्दैन ? जिन्दगीसँग हारेको मान्छेले त्यही जिन्दगीलाई अङ्कमाल गर्न सक्छ कि सक्दैन?  निराशाले फतक्क गलेको मान्छे फेरि सपना देख्दै मुर्झाउन सक्छ कि सक्दैन ? यो आशाको कथा हो ।  रोमनका शरिरभरि खोपिएका किरिमिरिङ ट्याटुहरु, केवल नमेटिने मसी मात्र होइनन्, ती त नमेटिने सम्झना पनि हुन् ।  आजभन्दा ३०-४० वर्षअगाडिको धरान …

Belayatka Gham-Joon Haru EP125

पार्कहरुमा पुतली जस्तै यता उता गरिरहेका । नेपाली खानपिनका राग भेटिने पसलका जिनिसहरु ओल्टाइ पल्टाइ गरिरहेका । कोही टोलाइरहेका डेरा जाने बसको झ्यालबाहिर हेर्दै । कोही लडिरहेका ओछ्याउनमा सम्झिँदै युद्ध लडेका विगत ।  पल्टने शहर भने चिनिने अल्डरसट आजकल गोर्खाली शहर भनेर चिनिन थालेको छ।  बिजुली र बाटो नपुगेका पहाडी गाउँका तन्नेरीहरु हावा जस्तै उडेर …

Gajendra, Gai ra Sapanaharu – EP124

विराटनगर छेवैमा एउटा आधुनिक गाई फारम छ । फारमभरि रहरलाग्दा उन्नत जातका गाईहरु छन् ।  करोडौं रुपैंया लगानी गरेर यो गोठ सुरु गर्ने गजेन्द्र शर्मा चाहिँ यहाँबाट ३ हजार किलोमिटर टाढा दुबइको हिल्टन होटलमा छन् । गजेन्द्र त्यहाँका तीन वटा हिल्टन होटल सम्हाल्ने महाप्रबन्धक हुन् ।   गाइ फारम छेवैको गाउँमा गजेन्द्र हुर्केका हुन् । बुबा …

प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?

हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं – फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।  प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी …

The Lost Years EP 123

अन्दाजी ३५ वर्षपछि त्यही फुच्चे केटो चुम भ्यालीको एउटा चौंरी गोठमा भेटियो । यतिखेर उसले भुलिसकेको थियो आफ्नो वास्तविक नाम, ठेगाना, बाउ-आमा उमेर र आफू हराएका वर्षहरु । उसँग सम्झिनको लागि समेत कुनै सम्झना बाँकि थिएन ।  एउटा संयोगले डोर्याएर चौंरी गोठमा पुगेका हामीले उसका केही विस्मृतिहरु कोट्याउन खोज्यौं ।  प्राय मानिसहरु उसलाई उमेर सोध्छन् …

Story of Mango EP 122

गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ । फलको राजा – आँप । सिजनको बेला तपाईंले खाइरहेको गुलियो रसिलो स्वादिलो खँदिलो एउटा पुर्ण फल आँप – सम्भवत मधेसमा चुरे फेदिका रापिला बलौटे माटामा फलेको हुन सक्छ ।  त्यो आँप सप्तरीकी हिराकुमारीको  हातले टिपेको हुन सक्छ, पहाडसँग रिसाउँदै रिसाउँदै अनगिन्ती बसाइँका बिसौनीहरु बिसाउँदै बिसाउँदै रामेछाप र …

Samayako Katha EP 121

लाहुरे बुबा देश विदेश गर्थे । प्रतिभा पनि हङकङमै जन्मेकी थिइन् । बुबाको माया मृगतृष्णा थियो । पैसा थियो, प्यार थिएन ।  प्रतिभा धरानमा आमा र दाइहरुसँग बस्थिन् । पुगीसरी जिन्दगी थियो ।  ६ कक्षा पढ्दै गर्दा साथीहरुमाझ कुनै दिन एक खिल्ली चुरोट सल्कियो । बाल जिज्ञासाले एक पफ धुवाँ उडायो ।  त्यसपछि सनै सनै …

Pahadki Rani EP 120

ए मोरङै माथि जेफाले  पुर्यायो हाम्लाई कथाले  बत्तिसै जुरे पहिरोले  देखिन्न गाउँ कुइरोले  ए  सङ्लो पानी मूलको बास्ना चल्छ फूलको परदेशी आए आँगन एक रात बास मागन ए  झुल्कियो घाम आकाश मोहनी लाउँछ बतास उषाको लाली देखाउँदै वन चरी आयो बोलाउँदै ए आँगनै भरि कुखुरा खोरै भरि  बाखरा कर्मको यो आँगनमा नहुने भन्ने के छ …

Sundar Katha EP 119

कोशी छेउका मलिला फाँटहहरुमा आमा-बाले माटोसँग खेलेको सानैदेखि देखेका थिए रघु चन्द्रवंशीले । धान र मकैको गुजारा खेतीले पेट त भरिन्थ्यो तर आवश्यकताहरु पूरा हुँदैन थिए ।  गाउँमा ब्याचलर पास गरेपछि कुनैदिन आफ्ना बालसखा अमिर निरौलासँग कोरिया हानिएका थिए रघु । कोरियामा यी दुईले पसिना र पैसा दुबै देखे । अनि देखे कोरियाबाट कयौं माइल …

Joge Loharka Chhora EP 118

तपाईं जोगे लोहारलाई चिन्नु हुन्न । हो जोगेलाई कसैले पनि चिन्दैन । यो देशले पनि ।  दुई छाक खानको लागि मात्रै पुरै जवानी भारतका चौकीदारीमा बिताउन बाध्य सुदूर पश्चिमका लाखौं मान्छेमध्ये एक हुन् जोगे लोहार । धनगढी र नेपालगंजका नाइटबसबाट झरेर मैलो सुरुवालको भित्री गोजीमा केही सय भारु जतन साथ लुकाएर – सीमामा आउने जाने …

Kharideko Katha EP 117

माथि भोजपुरका सिरानदेखि बटुल्दै अनि खेदाउँदै ल्याइएका वस्तुहरुको बथान आज हतुवागढीको हसनपुर आइपुगेको छ ।  जंगबहादुर मगरको कथुरी नाम गरेकी कोरली बाच्छी सँधै झैं आँगनको पारिलो घाम ताप्दैछे । घर खर्चको जोहो गर्न जंगबहादुरले आज कथुरीलाई खरिदेको जिम्मा लाउँदैछन् ।  १२ हजारबाट सुरु भएको मोलमोलाई ९ हजारमा पुगेर कुरो मिल्यो । खरिदेले दाम्लो फुकाए ।  …

Dhunga ra Mayako Katha EP116

यो ढुङ्गा हो । अनि उनी चाहिँ माया । माया कुशबन्दिया । माया ढुङ्गालाई माया गर्छिन् । ढुङ्गाले उनको परिवार पाल्छ ।  मायाले बुबाको माया पाउन छाडेको ४ वर्ष भयो । आफ्नी आमा अनि भाइलाई माया गर्ने माया ।  मायाको गाउँ । नेपालगंजको धम्बोजी चोकबाट लगभग ४ किलोमिटर मात्र टाढा छ । जानकी गाउँपालिकाको इन्द्रपुर …

Chhangru to Tinkar Pass EP 115

अघिल्लो अंकमा हामीले दार्चुला सदरमुकामदेखि छाङ्ग्रुसम्म यात्रा गरेका थियौं । कालापानी छेउको छाङ्ग्रुका मान्छेहरुले देश चलाउनेहरुसँग गोरेटो बाटो मागेका थिए । आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना …

Tadhako Gaun ko Katha EP114

काठमाडौंबाट मोटर गाडीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलङ्गा पुगेका थियौं ।  हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिङ्कर पुग्नु थियो । चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन ।  दार्चुलामा भेटिएकाहरुले शंकालु प्रश्न गर्थे, तपाईंहरुलाई जान देलान् त ?  व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान …

Phunjoko Katha EP113

गणेश हिमालले छेकिदिएको फुन्जोको छेकोङ गाउँ । सम्झनाहरुलाई त के ले नै पो छेक्न सक्छन् र ।  आजकल गाउँ आएको बेला फुन्जोका वाल्यकालका सम्झनाहरु यसरी बर्सिन्छन्, जसरी बर्सिन्छ हिउँ यो हिमाली गाउँमा ।  फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका छापहरुबाहेक …

The Last Village of Tsum Valley EP112

चुम भ्यालीको अन्तिम गाउँ निलेमा रातभरि हिउँ पर्यो । पारिलो  विहानीमा सेताम्य डाँडाकाँडा चम्केका छन् । गहुँका मन्जरीले  ढाकेका हरिया खेतबाट हिम वाष्फहरु बिस्तारै हावासँगै उकालो लाग्दैछन् ।  निले चुम भ्यालीको अन्तिम मानववस्ती हो । यो भन्दा अलि माथि एउटा गुम्बा मात्र छ । त्यसपछि चौंरी चर्ने खर्कहरु । यार्सा गुम्बा टिप्ने पाखाहरु । अनि …

Tsum Valleyka Kathaharu EP111

नेपालको नक्सा हेर्दाखेरि मनास्लु र गणेश हिमाललाई दायाँबाया पारेर एउटा भुगोल तिब्बततिर चुच्चो परेर धकेलिएको देखिन्छ । यही हो लुकेर बसेको चुम उपत्यका ।  १५ वर्षअघि मात्र विदेशी पर्यटकको लागि खुल्ला गरिएको चुम भ्याली पुग्न भने सजिलो छैन ।  धादिङबेसी छेउबाट सल्यानटार हुँदै आरुघाट पुगेपछि बुढी गण्डकीको तिरैतिर उत्तर लाग्नुपर्छ । पहिले पहिले आरुघाटबाटै १०-१२ …

Aago Aaran ra Aatmako Katha EP110

बैतडीको सिगास गाउँपालिका गोलेधारका काशिराम लोहार धार लगाइरहेका हुन्छन् । आँसी, बन्चरा र खुकुरीहरुमा ।  भाइ दीपक र उनको घर गाउँभन्दा माथि जंगलको छेउमा अलग्गै छ । जिन्दगीका भोगाइहरु पनि अलग्गै छन् । मानौं उनीहरु अलग्गै मान्छै हुन् ।  काशिराम आज कोइला बनाउँदैछन् । घर छेउको सल्लाको रुख दनदन बल्दैछ कोइलाको खातिर । काशिरामका दाजुभाइको …

 Asafaltako Katha EP109

कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । दन्त्यकथाका मायावीहरुले जादूका छडी घुमाएरै अमृत वर्षा गराउँदा हुन् ।  कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त; कहिले फूल, कहिले  काँडा ।  आँखा चिम्लिँदा पो शितल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका …

Bandarle Lakheteka Gauharu EP108

आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।  उनी हुन् लिला गुरु – दशरथचन्द नगरपालिकाको ८ नम्बर वडाकी वडा सदस्य । आज हामी उनीसँग गोठालापानी बजार छेउछाउका गाउँहरु डुल्दैछौं । रित्तिँदै गरेका …

Rara ka Ghodchadhi EP107

रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी साथी हुन् । दुबै जनाकाे एक एकवटा घाेडा छ । लक्ष्मीकाे घाेडाकाे नाम हिमाल कृष्णमायाकाे लक्की । आज हामी यी साथीका कथा देखाउँछौं ।  लक्ष्मीकाे ‍घाेडाले विहानकाे पारिलो घाम ताप्दैछ । लक्ष्मीलाई आज पनि रारा …

Naya Katha Poster

Naya Katha EP105

केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु | Naya Katha केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी …

Durgamki Doctor ko Katha EP104

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो । Durgamki Doctor ko Katha बितिसकेको उमेरले दिएका केही सम्झनाहरु र खोसिसकेका केही सपनाहरुलाई …

Ausadhiko Yatra Poster

Ausadhiko Yatra EP106

Ausadhiko Aspatal Yatra मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् । छायलामा मान्छेभन्दा धेरै खच्चड देखिन्छन् । कोही सुस्ताइरहेका । कोही चरिरहेका । कोही …