Aago Aaran ra Aatmako Katha EP110

बैतडीको सिगास गाउँपालिका गोलेधारका काशिराम लोहार धार लगाइरहेका हुन्छन् । आँसी, बन्चरा र खुकुरीहरुमा ।  भाइ दीपक र उनको घर गाउँभन्दा माथि जंगलको छेउमा अलग्गै छ । जिन्दगीका भोगाइहरु पनि अलग्गै छन् । मानौं उनीहरु अलग्गै मान्छै हुन् ।  काशिराम आज कोइला बनाउँदैछन् । घर छेउको सल्लाको रुख दनदन बल्दैछ कोइलाको खातिर । काशिरामका दाजुभाइको …

 Asafaltako Katha EP109

कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । दन्त्यकथाका मायावीहरुले जादूका छडी घुमाएरै अमृत वर्षा गराउँदा हुन् ।  कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त; कहिले फूल, कहिले  काँडा ।  आँखा चिम्लिँदा पो शितल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका …

Bandarle Lakheteka Gauharu EP108

आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।  उनी हुन् लिला गुरु – दशरथचन्द नगरपालिकाको ८ नम्बर वडाकी वडा सदस्य । आज हामी उनीसँग गोठालापानी बजार छेउछाउका गाउँहरु डुल्दैछौं । रित्तिँदै गरेका …

Rara ka Ghodchadhi EP107

रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी साथी हुन् । दुबै जनाकाे एक एकवटा घाेडा छ । लक्ष्मीकाे घाेडाकाे नाम हिमाल कृष्णमायाकाे लक्की । आज हामी यी साथीका कथा देखाउँछौं ।  लक्ष्मीकाे ‍घाेडाले विहानकाे पारिलो घाम ताप्दैछ । लक्ष्मीलाई आज पनि रारा …

Naya Katha EP105

केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु | Naya Katha केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी …

Durgamki Doctor ko Katha EP104

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो । Durgamki Doctor ko Katha बितिसकेको उमेरले दिएका केही सम्झनाहरु र खोसिसकेका केही सपनाहरुलाई …

Ausadhiko Yatra EP106

Ausadhiko Aspatal Yatra मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् । छायलामा मान्छेभन्दा धेरै खच्चड देखिन्छन् । कोही सुस्ताइरहेका । कोही चरिरहेका । कोही …

Lauroko Katha EP103

वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ । Lauroko Katha वरपरका बजारमा कृष्णलाई लौरोवाला भनेर चिन्छन् । गाउँका चाहिँ उनी नामी धामी हुन् ।  धामी बसेर …

Bagh ko Bangara – The Tiger’s Jaw EP102

जाजरकोटको अक्करे भीरहरुमा भीर मौरीको मह खोज्न गरिएको डरलाग्दा यात्राको कथा – बाघको बङ्गारा । Bagh ko Bangara उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए ।  साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे । बारेकोट, जाजरकोट लाग्ना, △ २८७७ मिटर  उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए ।  साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले …

Kumaon ko Katha – EP101

Kumaon ko Katha | बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?  यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।  नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले …

Ghanaghasyako Ukalo Feri Katda EP100

Our journey, which began with “Eauta Schoolko Katha” has now reached its 100th milestone with “Ghanaghasyako Ukalo Feri Katda”. We are extremely grateful towards all of you for walking this beautiful journey of life. एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो फेरि काटेका छौं। मान्छेका जीवनका सुन्दर …

Jungle ko Katha EP99

Jungle ko Katha यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता । जंगलको कथा झुल्के घामसँगै एक हुल प्राविधिकहरु बर्दिया राष्ट्रिय निकुन्जको जंगल छिर्ने तयारीमा छन् । उनीहरुको काम बाघ खोज्ने ।  राष्ट्रिय प्रकृति संरक्षण …

Postmortem ko Katha EP98

Postmortem ko Katha Trigger Warning: Death This episode contains graphic and auditory depictions of death and dead bodies. Viewer discretion is advised. पोस्टमार्टमको कथा सावधान !यस कथामा मरेका मान्छेका चिरफार, रगत र अन्य विचलित बनाउन सक्ने संवाद र दृश्यहरु छन् । “ बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगीबिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी ” विश्वनाथका …

Barekotko Katha EP97

हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं ।  जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।  बारेकोटको कथा ठाउँ ठाउँका पहिरो पन्छाउँदै हामी खारा भन्ने ठाउँ पुग्यौं ।  यहाँबाट हाम्रो पैदल यात्रा सुरू हुन्छ ।  …

Bahundangi ko Katha EP96

बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो । मेची किनारको बाहुनडाँगीमा खबर नगरी जंगली हात्तीका बथान आउन थालेको …

यादहरु … नि ?

प्रिय तपाईं, चिठ्ठी कताबाट सुरू गरौं ?  चाडबाड कस्तो भयो भनेर सोधौं कि, हाम्रो पछिल्लो यात्राबारे सुनाउँ ? आउने हप्ताको कथा भनौं कि अघिल्लो कथाको कुरा गरौं ? नयाँ खबर, पुरानो खबर ! के सुनाउँ ? महिना दिनमा भन्ने कुरा धेरै भइसकेछन् ।  पहिला त सन्चो बिसन्चो नै सोधुँ होला नि ! मेरो मन सञ्चै …

Safar ko Katha EP95

वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि । बागबानाको बसमा चढेर हामीले असिया र साधनाका विगत सफर गर्यौं ।  बिहान ८ बजे …

Didi Bhai ko Katha EP94

मध्य जेठको गर्मीमा अनिशा लिम्बुले लाबर बगानमा आजको हाजिरा पुरा गरिन् । डेढ घन्टा टाढाको घर उनलाई पर्खिरहेको छ ।  उकालो बाटो काटिरहँदा रातोमाटोका पाखाहरु पसिनाले भिजाउँदैछन् अनिशाका भाइ अनिस । अलि बढि कमाइन्छ कि भनेर अनिस आज दोब्बर काम गर्दैछन् ।  हामी पनि अनिसासँग उनको घरसम्म जाने भएपछि अनिसालाई एउटै कुराको चिन्ता थियो । …

चिठ्ठी ३ – मनका कुरा

प्रिय तपाईं, मनमा भएका सप्पै कुरा भन्न सकिन्छ त  ? खै ! मनको कुरा गर्ने प्रसंग खासै केही थिएन । तर के के न लेख्छु भनेर सुरु गरेको पत्र ‘मन’ मै अल्झियो । ‘मनको कुरा मनमै रह्यो’ भने झैं!  शायद कत्ति कुराहरु मनमै मात्र सुहाउँछन् ।  सधैंको वर्ष जस्तै यसपाला पनि दशैं आयो, गयो।  खै किन …

Sikaribas ko Katha EP93

हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास । शिकारीबासको कथा  जंगल सकिने बित्तिकै गोठालाहरु भेटिए । जंगलको छेउमा बाख्रा चराइरहेका । हामीलाई भेट्ने बित्तिकै उनीहरुले …

Baganko Katha EP92

बगानको कथा छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो । उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् ।  चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए ।  विहान साँढे ६ बजे साइरन बज्छ । मानिसहरु हतारहतार बगान …

Pani Magne Katha EP91

पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे ।  पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन । एक हप्तासम्म मागेको माग्यै गर्ने । …

चिठ्ठी २  

प्रिय तपाईं, सुन्दर क्षणहरु छिटो बित्दारहेछन् कि क्या हो ! पहिलो चिठ्ठीमा आएका तपाईंका जवाफहरुमा रमाउँदै गर्दा अर्को चिठ्ठी लेख्ने बेला भइसकेछ । वाचा गरेकी थिएँ नि महिना दिनमा फेरि लेख्छु भनेर ।  खुशी बाँड्न मन लाग्छ । यसपालिको खुशीको कारण चाहिँ तपाईं । मेरो चिठी पाउन रुचि देखाएर इमेल ठेगाना टिपाउनेहरु झन्डै ४ हजार …