सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।
बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । अनि हामी उनीहरुको पछिपछि लाग्यौं ।
यो कथा बर्दियाको राजापुरमा कर्णाली नदीको किनारामा रहेको सोनाहा बस्तिको हो । सोनाहा समुदायका मानिसहरुको परम्परागत पेशा नदी किनाराबाट सुन निकाल्नु हो । तर सुन निकाल्न सजिलो चाहिँ छैन । चर्को घाममा दिनभरि मेहेनत गर्नुपर्छ । बगरबाट ढुङ्गा बालुवा बोक्नुपर्छ । त्यसलाई धोइपखाली गर्नुपर्छ ।
सुन निकाल्ने उनीहरुको आफ्नै परम्परागत सीप र प्रविधि छन् । प्राय सुन खोज्ने काम चाहिँ महिलाहरुले गर्छन् । केटाकेटीहरुले पनि सघाउँछन् । हामीले यो कथामा सोनाहा समुदायका महिलाहरुलाई विहानदेखि साँझसम्म पछ्याएका छौं । कसरी ढुङ्गा बालुवाबाट सुन निकाल्ने रहेछ त । थाहा पाउनको लागि यो रोचक कथा हेर्नुहोस् ।
यो हेर्ने कथाको चौथो अंक हो । यसअघि हेर्ने कथाको तेस्रो अंकमा हामीले घरको कथा प्रस्तुत गरेका थियौं । घरको कथा क्यानडाबाट ९ वर्षपछि आएर आफूले लामो समय बिताएको शिविरमा पुगेका भुटानी शरणार्थीहरुको मार्मिक कथा हो । घरको कथा हेर्नको लागि क्लिक गर्नुहोस् ।
हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । हेर्ने कथा युट्युबमा मात्र प्रसारण हुन्छ । हामी हरेक १५ दिनमा नयाँ कथा लिएर आउँछौं । युट्युब च्यानलमा जानको लागि क्लिक गर्नुहोस् ।
तपाईं हेर्ने कथासँग फेसबुक ट्वीटर र इन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ ।


Wow..so sweet stories...jati heryo teti herna man lagne. Gold khojeko oh my God, kasto ramro voice ... keep it up Bidhya Jee. Program ko time ajhai long vaye ma jasta darsak ajhai khusi hune thiyeu.