हेराईमा नौलोपन – हेर्ने कथा प्रिमियर

Gajendra Sir playing football with kids

हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ । 

Read more

Trailer – Zindagiko Katha ।ट्रेलर – जिन्दगीको कथा

Trailer – Zindagiko Katha – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्दैछौं – जिन्दगीको कथा । हेर्ने कथाको अंक १४ मा रहेको जिन्दगीको कथा पुरा कार्यक्रम आउँदो शनिबार, सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) राति ९ बजे प्रसारण हुनेछ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला ।

We are presenting ‘Zindagiko Katha’ (Story of Life) in the next episode of Herne Katha. This is Episode 14 of Herne Katha. Full Episode will be published on Saturday, September 15 on the official YouTube Channel of Herne Katha. Please subscribe now.

यसअघि हेर्ने कथाको अंक १३ मा बबनपुरका गोठालाहरु प्रसारण भएको थियो । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न  थालेका छौ ।

अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये  ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल राख्नेछौ ।

Read more

तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं ।

विभिन्न भाषा र चालचनल भएका नेपाली समुदायहरुमा दुःखसुःखका गाथा लोक गीत मार्फत व्यक्त गर्ने हाम्रो पुरानो, सुन्दर र धनी चलन हो । दुःखमा होस् वा सुःखमा नेपाली समाजले गीत गाउँछ । कहिले माया प्रितीको गीत गाउँछ कहिले विरहको गीत गाउँछ । समाजले आफ्नै कथा गीतबाट भन्न सिकेको धेरै पहिलेबाट होला सायद । बिहेमा गीत, रोपाइँमा गीत, गोठाला जाँदा गीत, घाँस काट्दा गीत । कति लयपूर्ण छ हाम्रो समाज ।

त्यसैले हेर्ने कथाका अंकहरु तयार पार्दा हामी समाजका त्यही लयलाई सकेसम्म छोड्न चाहँदैनौं । तर विडम्बना हाम्रा गाउँघरका पुराना लोक भाकाहरु बिस्तारै हराउँदैछन् ।

Read more

‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा‘को अंग्रेजी सबटाइटल गरेका छौ ।

Read more

हेर्ने कथामा घोडेको कथा

हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुनेछ । तपाईं आफ्नो अनुकुल समयमा हेर्ने कथाको यो नयाँ अंक पनि हेर्नु हुनेछ भन्ने अपेक्षा छ । साथै विगतका अंकहरुमा झैं यसपटक पनि कथा हेरिसकेपछि आफूलाई मनमा लागेका कुरा कमेन्टमा लेख्न नबिर्सनुहोला ।

तपाईंलाई हाम्रा कथाहरु मन पर्छन् भने इन्टरनेट चलाउन नजान्ने आफ्ना आफन्त र साथीसँगीलाई पनि ती हेर्ने कथा देखाउनु होला । अहिलेलाई हेर्ने कथा टेलिभिजनमा प्रसारण नहुने भएकोले हेर्ने कथा हेर्ने एक मात्र माध्यम हाम्रो युट्युब च्यानल नै हो । च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने आजै गर्नुहोला । साथै हाम्रो फेसबुक पेजमा पनि हामीले हेर्ने कथाका नयाँ अंक र ट्रेलरहरु राख्ने गरेका छौं । फेसबुकमा पनि हेर्ने कथासँग जोडिन सक्नुहुन्छ ।

तपाईंको सम्झनाको लागि: हेर्ने कथा महिनामा २ पटक आउँछ । अँग्रेजी महिनाको १ तारिख र १५ तारिख । आज बेलकुी ९ बजे घोडेको कथामा भेटौंला है त । घोडेको कथाको ट्रेलर हेर्नु भएको छैन भने तल हेर्न सक्नुहुन्छ ।

Gharko Katha with English Subtitles

हामीलाई धेरै दर्शकहरुले बारम्बार एउटा आग्रह गर्नुहुन्छ ‘हेर्ने कथाका कथाहरुमा अँग्रेजी सबटाइटल पनि राख्नुपर्यो’ । दर्शकहरुको चाहना हुन्छ कि हामी हाम्रा कथाहरु गैरनेपालीभाषी विश्वलाई पनि देखाउन सकौं । हुन त हामीलाई पनि सुरुदेखि नै अँग्रेजी सबटाइटल राख्न मन नलागेको होइन । तर हामीले हाम्रा बाध्यता बेलाबेला सामाजिक संजालका कमेन्टमार्फत नि व्यक्त गरिसकेका छौं ‘हामी असाध्यै सिमित स्रोत साधनमा हेर्ने कथा लिएर आएका छौं’ । अँग्रेजी सबटाइटल राख्न हामी आफैं भ्याउँदैनौं/सक्दैनौं ।

तर कसो कसो यसको पनि समाधान भेटेका छौं हामीले । यसको सुरुवात हेर्ने कथाको तेस्रो अंक ‘घरको कथा’ बाट गरिएको छ । अब तपाईंले नेपाली भाषा नबुझ्ने आफ्नाहरुलाई घरको कथा अँग्रेजी सबटाइटलसहित देखाउन सक्नुहुन्छ ।

Read more

Chiya Baganka Shikari Haru Trailer

चिया बगानका सिकारीहरु ट्रेलर – हेर्ने कथाको आगामि अंकमा हामी प्रस्तुत गर्दैछौं ‘चिया बगानका सिकारीहरु’ । यो हेर्ने कथाको छैठौं अंक हो । यो कथा मंगलबार मे १५ तारिख (जेठ १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुन्छ । अहिलेको लागि ‘चिया बगानका सिकारीहरु’ को पहिलो झलक हेर्नुहोस् ।

Read more