भाेलि भोलि

भोलि कसैले देखेको हुदैन । तर देखेका भोलि कस्ता होलान् ?  भोलिलाई पछ्याउने क्रममा हामीले कति आजहरुलाई हिजोमा बिताइसकेका छौँ ।  भोलिको रफ्तारमा बढ्दै गर्दा जिन्दगी एक रेस बनेको छ । कहिले ठेस लाग्छ , कहिले लडिन्छ त कहिले चोटपटक लाग्छ तर दौडन भने छोडेका छैनौँ । दौडने क्रममा कति आफ्ना पराई भए अनि कति …

जिन्दगीमा खुसी हुन सिकेँ

सानै देखि म अलिक धेरै जिस्कने र अरुलाई कसरी हँसाउने भनेर मात्र सोच्थें। अरुलाई खुसी बनाउँदा नै मलाई खुसी मिल्छ। म जब बोल्थे तब हँसाउने कुरा नै बोलिरहेकाे हुन्थे।यस्ताे हँसाउन कहाँ कताबाट कसरी आइरहेको हुन्छ, त्याे मलाई नै थाहा हुन्थेन। म धेरै चुटकिलाहरु सुनाउँथें। जस्तो मान्छेलाई पनि म हँसाउन सक्छु, यो मेरो खुबी नै हाे। स्कुल …

जादुको पटुकी

लकडाउनले मलाई मेरो गाउँमा बिताएका दिनको याद गरायो। सुन्दा अचम्म लाग्छ, म त्यही कठै डाँडाको काखमा हुर्केको छोरा हुँ। बनपाखा, खोलानालासँग मैले धेरै ॠण लिएको छु। मिठा यादहरूको ॠण। मलाई अझै ॠणी बन्ने धोको छ। सानै छँदा मेरी हजुरआमाले आफू घाँस काट्न जाँदा मलाई पनि उपल्लो दारे जंगलमा लैजानु हुन्थ्यो। बाटोमा म हजुरआमाको हात समाउँदै …

आफैले लेख्नुकाे मज्जा

जुन प्रतिष्ठा सेताे काेट लगाउनेले पाइरहेका हुन्छन् त्याे प्रतिष्ठा सबैले पाउन सक्दैनन्। किनकि सेताे काेट भित्र लुकेको उत्तरदायित्व अरुले निभाउन पनि त सक्दैनन् । त्यसैले म पनि सेताे काेट भित्र लुकेको उत्तरदायित्व निभाउन र सेताे काेटलाई दिने प्रतिष्ठा पाउनका लागि आतुर थिएँ । सायद म सानैमा धेरै पटक बिरामी भएर पनि हाेला, मलाई याे सेताेकाेट …

विश्व घुम्न रहर

यही फागुनमा १५ दिनको छुट्टीमा कतारबाट काठमाडौँ आएको हुँ।  जति बेला चीनमा कोरोनाले माहामारीकाे रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । काठमाडौँको बसाइ चैत महिनाको ७, ८ गते सम्म त राम्रै बितिरहेको थियो  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ …

परिवारकाे जिम्मेवारी

कोरोना भाईरस कोभिड १९ चीनको वुहानबाट फैलिएको खबर सुनेपछि त्यस्तो केही हैन होला, सामान्य रोग होला भन्दा भन्दै अन्य देशमा पनि फैलियो। नेपालीहरु रहेको चीनबाट सरकारले उद्धार गरेपछि बल्ल कोलाहल मञ्चियो। यस्तो होला, नेपालमा आउला भन्ने अनुमान कसैको थिएन। अन्य देशहरु हायल कायल हुँदा पनि नेपाल ग्रिन जोनमा थियो। पशुपतिले बचाएको भनेर धेरैले भ्रम पनि …

ढोका ढक्ढक्याउँदै असार

चीनको वुहानबाट शुरु भएको कोभिड १९ को संक्रमण बढ्न थालेपछि मानिसहरु भयभित हुन थाले । नेपाल सरकारले पनि सुरक्षित रहनका लागि चैत्र ६ गतेदेखि शैक्षिक संस्था बन्द गर्यो । म पनि कर्मभूमिबाट आफ्नो घर आइपुगेँ। अझ संक्रमण नबढोस् भनेर चैत्र ११ देखि पूर्ण रुपमा बन्दाबन्दी नै घोषणा भयाे। जुन अहिलेसम्म निरन्तर छ। मेरो गाउँको बसाइँ …

जीवनका अनुत्तरित प्रश्नहरु

हामी हतारमा थियौं । जीवनको गति र बेग दुवै बढ्दै थियोे । विश्व हिजोलाई पछि छोड्दै भोलि तर्फ एक तमासले अघि बढिरहेको थियोे। तर हाम्रा सपनाले सजिएका अनगिन्ती पाइला पृथ्वीले अब अरू थेग्न सक्दिन भन्ने बोध गरेछ क्यार..टक्क लाएर राेकि दियो। कोलाहल साम्य पारिदियो। अनियन्त्रित मानव गतिविधिको श्रृङखला चुँडाइ दियो।सायद यो जरुरी पनि थियो, उसका …

वनकी चरी के भन्छे के ?

न्युरोड सहरबाट ९ किमि टाढा ऎतिहसिक सहर टोखामा बस्छु। यता बसेको पनि १० वर्ष  भइसकेको छ। यहाको हावापानी, हरियाली अनि सिस्नुले मलाई मेरो जन्मथलो रामेछापबाट टाढा बसेको महशुस गराएको छैन तर पनि मेरो गाउँलाई मैले पटक्कै विर्सेकी छुइन। बिहानको कलेज, दिनभरि काम अनि खै के के कारणले यो काठमाडौँ सहरले मलाई व्यस्त बनाइ राख्थ्याे। यो …

अचेल फुर्सदमा छु

अहिलेको समयमा पूरा विश्व नै कोरोनाको महामारीबाट आक्रान्त छ। आज हामी बन्दाबन्दीको ६९ औ दिनमा छौ। चारैतिर खुल्ला भएपनि एकान्तवासमा गुम्सिएको महसुस हुन्छ म आफूलाई नै। विश्व नै कोरोनाको कहरबाट ढलमल भइरहेको बेला कतै म आफ्नो पहिचान बनाउन पो सक्दिन कि भनेर मन पिराेलिरहेको हुन्छ। महिनौ अघि देखि आराममा छु तर मन मनै भाैतारिदैँछु। मलाई …

१५ वर्ष अघिकाे कुराे

लकडाउनमा घरैमा छु। व्यस्त दैनिकीबाट अलिकति फुर्सद मिलेको छ।परिवारसँग हुन पाउँदा रमाइलो त छ तर घर फर्किन नपाएका मानिस, दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवार, कल कारखाना बन्द हुँदा दुख पएका परदेशी सम्झदा मन खिन्न हुन्छ। खाली समय भएकाले सामाजिक संजाल अघिपछि भन्दा बढी नै चलाउँछु। देशमा हुने घटनामा चासो राख्न समय मिलेकाे छ। बिगत ४-५ दिन …

हराउँदै गएकाे मानवता

COVID-19 ले गर्दा अहिले अरु कुरा नै कुरा बिर्सियौ कि जस्तो लाग्न थालिसक्याे। नेपाली समाजमा social distance  भन्ने कुरा भन्दा पनि  social unity, social co-operation  बारे मैले बढी बुझेकी र पढेकी थिएँ। तर अहिले यी कुराहरु कतै हराउँदै गए कि जस्ताे भान भएकाे छ। केही दिन अगाडिको कुरो हो, मेरी ९९ वर्ष कि हजुरआमा बिरामी …

साेलुदेखि हिडेरै घर आएँ

जिन्दगीलाई हरियाली बसन्त पनि भनिन्छ तर मेरो भोगाइमा बसन्तहरु भन्दा  दुख, पीडा, सन्ताप र तड्पनहरु धेरै छन् । त्यसैले त अचेल मलाई नि यस्तै लाग्छ कि जिन्दगी भनेको कसैले रोजेर छानेको बाटोमा हिड्ने साधन होइन रहेछ। यो हजारौ घुम्ती र मोडहरु हुँदै गुडिन्छ । जस्तो सुकै चलाख चालकले पनि सोझ्याउनै नसक्ने गरि बाङ्गो टिङ्गो गुड्ने। जब म १३ …

..र ट्युसन पढाउन थाले

बिराटनगरकै छेउमा रहेको बुढीगंगा गाउँपालिका(बाँसबारी)को एउटा कुनामा अवस्थित मध्यम वर्गीय परिवारकी जेठी छोरी म। घरमा बिरामी आमा, दिनभरि मजदुरी गर्ने बाबा, १३ बर्षकी बहिनी र ६ बर्षको सानो भाइ। घरको पारिवारिक उतारचढाव सानै देखि देखेकी मैले जसोतसो पढाइलाई निरन्तरता दिदै सानो जागीर गर्दै घरमा भरेथेग गर्दै थिएँ। सबैकुरा राम्रैसँग चलिरहेको थियो। यसैक्रममा ठूलो महामारी (COVID-19) फैलिन …

खुसी आफै भित्र

कहिले दुई दिन छुट्टि होला र आनन्दसँग घर बसौंला भन्ने म आजभोलि दुई महिनासम्म घर बसेर थाकिसकें। दिन दुई गुणा रात चार गुणाले पट्यारलाग्दो भइरहेको छ। कस्तो दिन आयो सबै भएर पनि केही नहुने, केही भएर पनि नहुने अनि केही नभइ पनि नहुने। सकारात्मक ऊर्जालाई प्रवाह गराउन यो अल्छी केटोबाट नयाँ नयाँ प्रयासहरु हुन थालेका …

सेलाएको चिया र सपना

मन बेचैन छ एकनासले। “फुच्चु चिया सेलाइसक्यो“ भन्ने आमाको मधुर स्वरले झसङ्ग हुन्छु। मोबाईलको अलार्म बज्नु अघि आँखा खुल्ला भैसकेका छन्। यी आँखाहरु पनि अचेल त सपना देख्नकालागि बन्द भएका छन्। चियासँगै सपना पनि सेलाएका छन्। कोरोना माहामारीले विश्व आक्रान्त भइरहेको बेला नेपालमा बन्दाबन्दी जारी रहेको (सायद)६६औं दिनमा यो डायरी लेख्दैछु । “सायद” यस मानेमा …

‘म’ वर्तमान मात्रै

हिजो कहीँ कतै नसुनिएकाे यो लकडाउन भन्ने शब्द आज सम्पूर्ण जनमानसमा पुगिसकेकाे छ। यसले निस्फिक्रि हिड्ने हामीजस्ता मान्छेकाे मन मस्तिष्क बेचैन बनाइदिएकाे छ। रात अनिदाेँ बनाइदिएकाे छ। अनायासै हुन्डरी बनेर आयो COVID-19 नामक महाब्याधि। बेतोडले आयाे,बेजोडले आयाे। जब म स्वतन्त्र थिएँ, मैले सोच्दा नि सोचिन बन्दाबन्दिको बारेमा। यस्ताे हुन्छ भन्ने थाहा पाएकाे भए पाे पूर्वाभ्यास …

दाेस्राे डायरी वीथ दाेस्राे सन्तान

दोस्रो सन्तान, २२३ दिने छोरा काखमा निदाइरहेको बेलामा याे डायरी लेख्न मन लाग्यो। खास डायरी भनेर लेखेको पनि याे दोश्रो पटक नै हो। पहिलो पटक,आज भन्दा ठ्याक्कै १० बर्ष अगाडि, सायद म कक्षा ७ तिर पढ्दाकाे कुरा हो। हाम्रो बुवालाई बाथ रोगले सताएको थियो। त्यस बखत म उहाँको कुरुवा बस्थे अस्पतालमा र घरमा पनि। अस्पतालकाे …

जे हुन्छ राम्रोको लागि हुन्छ !

म काठमाडौF आएको पनि पाँच बर्ष पुगेछ। कोरोना भाइरस फैलनु दुई महिना अघि मेरो जर्मनी जाने सपना भिजा नलागेको कारण सपनामै सिमित भयो। कक्षा १२ को परीक्षा सकिने बित्तिकै एकाएक बिदेश जाने सुरु चढ्याे। एक बर्ष लगाएर जर्मन भाषा सिकेको थिएँ।भिजा नलागेको दिन खुब रोएँ। देश छोडेर जान नपाउँदा रुने मूर्ख रहेछु म जस्तो लाग्छ …

बहालमा बस्ने विद्यार्थीकाे दुःख

लकडाउनले हामी सबैको दैनिकी फेरिएको छ र पहिला भन्दा निकै फरक बनेको छ।सबैभन्दा धेरै मानिसकाे बसोबास भएकाे निकै व्यस्त मानिने राजधानी सहर काठमाडौं यतिबेला सुनसान छ। मान्छेको भिड, घुईंचो र सवारी साधनको एकोहोरो चाप हुने अनि हिड्ने गल्ली बाटोहरुसम्म खाली नहुने सहरको स्वरुप बदलिएको छ। निजी अस्पतालहरु, विश्वविद्यालय मठ, मस्जिद, मन्दिर, पाटी, पौवा, पार्क, ठूला …

विभेद कहिले सम्म?

मैले सोचेकी थिएँ, जातीय भेदभाव धेरै हदसम्म निर्मूल भइसकेको छ। तर रुकुमको घटनाले फेरि पनि पहिला सुनेका सबै घटना ताजा गराइदियो।अझै पनि यो कुरिति हटेको रहेनछ। याे घटनाले मनमा आगो बलिरहेको छ। कस्ता ह्र्दय नभएका मान्छे?यतिसम्म मानवता हराएका मान्छे पनि हाम्रो समाजमा रहेछन् झैँ लाग्याे। विश्व कहाँबाट कहाँ पुगि सक्यो। पहिलेकाे परिवेसलाई हेर्ने हो भने पनि समाजमा …

ऋण कसरी तिर्नु!

गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामा एकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलम जस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन र हिसाबकिताब त्यसै अलपत्र परे। एकहप्ता  सम्म खासै केही सोच्नै  सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले घेरेको आफ्नो व्यवसायलाई फेरि …

समयसँगको मित्रता

भनेको जस्तो के नै हुन्छ र ! म त समयको सिमा भित्र जे पनि अनिश्चिता मात्र देख्छु। यो अनिश्चित बन्दाबन्दीले मलाई मेरो घरको चार पर्खालमा घेरेर राखेको आज दु‌ई महिना भन्दा नि बढी भएछ।  महामारीले सिर्जेको बन्दाबन्दी मेरो लागि कल्पनीय थिएन। दुई-तीन हप्ता त इन्डोर भ्याकेसन नै जस्तो भयो। तर जब दिन गन्ती लम्बिदै गए, …

सानी नानीकाे अनाैठाे बानी

भनिन्छ, संसारमा सबैभन्दा ठूलो कुरा भनेको स्वास्थ्य हो, स्वास्थ्य शरीर हो। र यही शरीरलाई कोरोना (कोभिड—१९) भाइरसबाट टाढा राख्न आज हामी आफूलाई घरभित्र बन्द गरेर बाध्य छौं। म पनि बन्द छु यो चार पर्खाल भित्र, तर पनि बारम्बार आइरहने अनेकौं समाचारहरुले मनभित्र त्रासलाई बास बसाउनबाट भने रोक्न सकिरहेको छैन। यही लकडाउनको समयका केही भोगाइहरू । …