विरानो शहरमा कोरोना कहर

सेक्युरिटीमा काम गर्नेहरूको अवस्था झनै नाजुक छ । हप्तामा चार दिन अनिवार्य ड्युटी गर्नु पर्छ ।कम्पनीले आवश्यक सुरक्षा सामग्रीहरू पनि दिएको छैन । मास्क बजारमा पाईंदैन ।

मेरो लकडाउन उल्लङ्घन

सरकारले तोकेको लकडाउनको पहिलो सात दिनको आज सातौं दिन । भोलिदेखी फेरि अरु आठ दिनको क्वारेन्टाइनमा बस्नु पर्नेछ । तर यो आफ्नै लागि हो । आफ्नाे स्वास्थ्य र सुरक्षाको ख्याल त गर्नै पर्यो ।  यतिबेला कोही कता, काेही कता छाैं । परिवार एकै ठाउँमा भएको भए मनमा ढुक्क हुन्थ्यो । तर समय र परिस्थिति त्यस्तै …

१६ दिनदेखि काम गर्ने ठाउँमै

यहाँ म अरु नेपाली, बङ्गलादेशी ,भारतीय,पाकिस्तानी र युगान्डाका साथीहरुसँगै छु । हामी यसरी कार्यालयमै बसेको आज १६ दिन भयो ।

मलेसियाबाट लकडाउन डायरी

हाम्रो दैनिकी फेरियाे । बिहान उठ्ने, खाना बनाउने खाने अनि फेरी बेडमा पल्टिने । रातभरको सुताइ अनि दिनभरको पनि सुताइले शरिर कामले थकित भए भन्दा बढी गल्दो रहेछ ।

मान्छे हुन सकौं

मनमा प्रश्न उठ्छ, के का लागि राज्य ? के का लागि सत्ता ? के का लागि ठूला ठूला महल ? के का लागि चौडा चौडा बाटा ? के का लागि हजारौं फिटको उडान ?

जय संगीत

लि अस्तितिर स्व. मदनमणि दीक्षित सरको ‘माधवी’ उपन्यास हेरेर नकिनि फर्केकोमा अहिले पछुतो लागिरहेको छ। ‘लकडाउन’ खुलेपछि किन्ने सोचमा छु।

भाँडो जिन्दगी

अहिलेको यो समयमा मैले मेरो एउटा पुरानाे बानीलाई निरन्तरता दिन थालेको छु । नयाँ बानी त नभनौँ, पुरानै हो ! तर शैली नयाँ ! हा.. हा… कत्ति न के के गरे जस्तो के !!

जापानबाट एउटा कलमी जँड्याहाको डायरी

यस्तै छ परदेश । यहाँ मेरो रहर र खुशी चल्दैन ।हप्तामा पाँच दिन , त्राहिमाम् हुँदै अफिस जा ! कोरोना कहरमा काम गर ! डरलाग्दै घर फर्कि । हैट् यतिबेला सम्झन्छु यमराजकै पन्जामा पो छु कि म कतै।

प्रहरीको ड्युटी

भोक लाग्थ्यो । चियाको तलतल लाग्थ्यो । पसल कतै खुलेका थिएनन् । भोको पेटमै प्रहरीका अनगिन्ती चेकिङहरु पार गर्दै म काठमाण्डौ छिरे । सिधै कार्यालयमा हाजिर भए । युनिफर्म लगाए । र ड्युटीमा खटिए ।

तिमी वारि म पारि बिचैमा पापी कोरोना

आज पनि बिहान पाँच बजे नै अलार्म बज्यो, निन्द्रा खुल्यो। यता उति हेरें सबै साथीहरु मस्त निन्द्रामै थिए। कम्पनिले काम बन्द गरेको हप्ता दिन भो। बेतलबी छुट्टिमा सबै बसेका छौँ। बाहिर गएर चिया खाने मन भयो गेट सम्म गएँ। बाफ्रे ! आज भोलि त lockdown पो छ त?  गेटको ढोका खोलेर हेरें मान्छे र सवारी …

शान्त शहर, अशान्त मन

सुरूमा त लाग्याे, हर दिन व्यस्त रहने यो शहर र यहाँका मान्छेहरू कसरी शान्त होलान र घर भित्रै बस्न सक्लान ! तर यथार्थ फरक हुँदो रहेछ । यदि यो संसारमा कसैले कसैलाई प्रेम गर्दछ भने त्यो आफूलाई नै हो । मान्छे आफूलाई जति प्रेम कसैलाई गर्दैन । सबैलाई बाँच्ने रहर हुन्छ नै । शहर सुनसान …

हिजो,आज,म र भोलि

२०२० जनवरीको पहिलो साता देखी नै मैले फाट्ट-फुट्ट सुन्न थलेको थिए कोरोनाको बारेमा । जब पहिलो चोटी सुनेको थिए खासै त्रसित थिईंन । तर आज भने USA र Italy जस्ता देशहरुले पनि यो दुखद घडीमा घुडाँ टेक्नु परेको देख्दा, अलिकति मन खल्बलिएको छ ।  लकडाउनको एक दिन अगाडिसम्म पनि म कलेज जाँदै थिए, पब्लिक बसको …

आहा! मेराे गाउँ

घरको झ्यालबाट पारी डाँडा हेर्छु । बिहान घाम झुल्किने बेला र साँझ घाम अस्ताउने बेलामा त्यो फालेलुङ डाँडा साँच्चै सुन्दर देखिन्छ । झन् यो हिउँ परेको समय त आहा ! कति राम्रो रमाइलो देखिने । अहिले नै जाउँ जाउँ लाग्ने । भारतको सिक्किम सिमाना र वेस्ट बङ्गालसंग नेपालको सिमाना जोडिएकोले ‘तीन सिमाना’ पनि भन्ने गरिन्छ …

गाउँको कथा

इन्जिनियरिङको पाचौं सेमेस्टरको परीक्षा अर्को हप्ताबाट हुने भनिएको थियो। नसकिएका कोर्सहरु दिनभर पढाइ हुन्थे, जति कोरोनाका समाचार हेरेपनि पोखराको भिडभाड रोकिने छाँटकाँट थिएन। कोरोनालाई सामान्य रुपमा लिएका हामीहरुलाइ एक्कासी लकडाउनको खबरले शसन्कित बनाइदियो। एकदुई दिन त कोठामै बसेर पढियो पनि ।  तर घरको दबाब अनि घर फर्कनेको लर्को देख्दा बस्न मनै लागेन। नेटको असुबिधा र …

मास्क

एकाबिहानै हजुरआमाको नियमित खाने औषधि सकिएका कारण औषधि पसल जाने आदेश आयो । सरकारको लकडाउनको पालना गर्नु पर्ने पनि छ । सरकारले सर्वसाधरणका लागि भनेर बिहान ७ बजे देखि ९ बजे सम्म पसल खोल्ने निर्णय गरेको कुरा छिमेकबाट आए पछि करिब ७:४० तिर औषधि किन्न बजार लागे । करिब ४० मिनेटको हिडेर  बजार पुगे । …

एउटा स्वास्थ्यकर्मीको डायरी

हामी एउटा मास्क र पन्जाको भरमा बिरामी हेर्दैछौ । त्यै पनि पुग्दो छैन । प्रयोग गरिसकेकाे मास्क र पन्जा नै धोइ पखाली गरेर फेरि प्रयोग गर्दैछाै ।

हराएका सम्झनाहरुको सम्झनामा

यो सब सकिएपछि, म मेरो दशौ पुस्तालाई पाल्ने जल पिउन, क ख रा सिकाउने स्कुल हेर्न, तलको फाँट,माथिको लेक, घना जंगल , मेरो जन्म आँगन टेक्न र मेरो घरको भित्तो सुम्सुम्याउन पुग्नेछु ।

रित्ताे रित्ताे मन

म फेब्रुवरी महिनाको २८ तारिख बेलुकी १० बजे हिमालय एयरलाइन्स मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो ।  बैदेशिक रोजगारीका विषयमा तपाईको हेर्ने कथाका कुनै अंक कथा बनेनन् । हुन त म पनि नेपालमै थिए उसबेला । जतिबेला मेरा प्यारा प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ यही मरुभूमीमा कयौँ फुस्रो …

एउटा झ्यालबाट देखिने संसार

सधैं झैं उमंग र उर्जा छैन बिहानीमा, दिन उस्तै, समय उही । बदलिँदो मौसम जस्तै बदलिँदा भोगाई सँगैका भावनाहरु ।  एउटा सानो संसार भन्नु नै आफू बस्दै आएको कोठा, क्षितिजलाई नियाल्ने झ्याल र साँघुरो घेरामा अटाएका दृश्यहरु ।कोठाको आकार उस्तै, भित्ता उस्तै,सँगै जोडिएको झ्यालको उचाई र चौडाइ उस्तै, कोठामा आ–आफनो स्थानको स्वामित्व जमाएर बसेका सामान …

गृहिणीलाई बोझ !

भोगाइका थुप्रै दुख सुखका थुङगाहरु छन् तर शब्दमा उनेर पेज भर्न गाह्रो भयो । पहिलो पटक यो डायरी लेख्ने प्रयास गरेको छु । स्कूल पढ्दा दैनिकी लेखेको बाहेक कहिल्यै लेखेको थिएन । लकडाउनको बेला पनि हामी महिलालाई भने अरुकै चिन्ता । कोरोना भाइसरको सङक्रमण बढेका कारण लकडाउन भएको पनि एकहप्ता बितिसक्यो । हामी सबैले लकडाउनको …

त्रासभित्रको आश

आज त २ हप्ता नै भएछ घर भित्र एउटै कोठामा बसेको पनि । एक हप्ता ज्वरो र रुघा लागेर ।अर्को हप्ता कोरोनाको त्रासले।                                                   बाधा अबरोध अनि आरोह अवरोहका बीच माैसम झै बदली बदली आगाडि बढ्ने जिन्दगीका यात्राहरूमा दुःखकष्ट नसही सरल तरिकाले जीवन जीउन गाह्राे हुँदाेरहेछ । सोचे जस्तो कहाँ हुँदाे रहेछ र जीवन । उकाली …

‘लकडाउन’ मा मनडाउन नहोस् !

सधैँ झै बिहानी भयो । बर्खामा झरीले, शरदमा चाडबाडले, हिउँदमा चिसोले ब्युँझाउने प्रातकालीन निन्द्रा वसन्ती पवनका बेला चराहरुको चिरविरले ब्युझाईदिन्छ । बिबिध ऋतुहरुमध्ये मलाई असाध्यै मनपर्ने ऋतु हो, वसन्त ऋतु । यो बेला डाँडापाखा र बनजंगल घुम्न खुबै रमाईलो हुन्छ । तर वर्तमान भनेजस्तो छैन, यो विहानीमा सबै रहरहरु बन्द कोठामा सिमित भएका छन् । …