‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु, पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’
विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।
पहिले पहिले उनीहरु आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु डुवानको मर्कामा परिसकेका छन् तर विद्यालयमा आश्रय लिन भने गएनन । कोभिड–१९ को कारण उनीहरु यसपालि विद्यालयमा आश्रय लिन नगएका हुन ।
धेरै जना एकै ठाउँमा बस्न नमिल्ने भएकोले विद्यालयमा नजाने संजिव ऋषिदेवले बताए । उनले भने “मरे पनि यहिँ मर्ने”
प्रत्येक वर्खामा भगवानको भरोसामा बाँच्दै आएको संजिव ऋषिदेवले बताए । ‘राति पानी बढ्यो भने भगवानको भरमा बस्छौं, दिनमा बढ्यो घर छोडेर भाग्छौं ।’
उनीहरुका माटो र फुसको घर पानीको कारण ओसिने गरेको छ । डुवानको समयमा घरअगाडिको खोल्सीमा घाँटि भन्दा बढी पानी हुने गरेको संजिवले बताए । ‘डुवानको बेलामा पनि खानु त पर्छ ।’ उनले भने ‘घाँटी घाँटी पानीमा डुबेर बजार गएर दाल चामल ल्याउने गरेको छुु ।’
२०-२५ घर ऋषिदेव रहेको उक्त बस्तिमा चुनावको समयमा मात्र नेताहरु पुग्ने गरेको उनीहरुले गुनासो गरे । चुनावको बेला ताकेता गर्छ । गोडा ढोक्छ । सोझा मान्छेले भोट दिइ हाल्छन् । नेता चुनाव जितेर गैइहाल्छ । हाम्रो यो अवस्था हुँदा पनि फर्केर आउँदैन ।’ पवन ऋषिदेवले बताए ।
No responses yet