हामी अहिले आफ्नो – आफ्नो  सुरक्षार्थ  लकडाउनमा  छौं। यो माहामारीको लहरले जीवजन्तु, पशुपंक्षी लगायत वातावरणकाे लागि राम्राे गरेकाे छ । तर बाहिर सडकपेटीमा रहेका प्राणीको भोक कसले मेटाउँछ भनेर मनमा दुख लाग्छ। हरेक दिन फालिएका बासी भात, कुहिएको, सडेगलेका खानेकुराले भाेक मेटाउनेका लागि याे एकदम गाह्राे बेला हाे। उनीहरुलाई यस्ताे बेलामा खानेकुराकाे व्यवस्था गरेर माया गराैं भन्ने मेराे सन्देश छ। आजभोलि म पनि तिनै सडकपेटीका जनावरलाई बिहानै बिस्कुट दिएर दिनको सुरुवात गर्छु ।

एकाएक सरकारले लकडाउन गर्दा अलिक असहज महसुस गरेको थिएँ। के हुने हो! कस्तो हुने हो ! मनमा जिज्ञासा उस्तै,  सरकारले लगातार लकडाउन थप्दै गयो । परिस्थिति झनै जटिल बन्दै गयो । तर मेरो दैनिकी भने सहज हुँदै ।

दिनभर टिभि हेर्यो। युट्युबमा नयाँ नयाँ परिकार बनाउन सिक्यो,बनायो परिवारलाई दियो, आफू पनि खायो। यस्तैमा दिन बित्छ। जागिरको व्यस्तताले परिवारलाई समय दिन मुस्किल पर्थ्याे। लामो समयपछि परिवारसँग एकसाथ हुन पाउँदा एकदम खुसी छु । साँझपख इभिनिङ वाकको लागी श्रीमानसँग कहिले शिवपुरीको डाँडो त कहिले चक्रपथ देखि नारनथानसम्म हिडेको छु। यो समयलाई जति सक्दो सदुपयोग गर्न योजनाबद्द तरिकाले समयको तालिका पनि बनाएको छु।

हरेक समस्याले उपाय पनि साथ लिएर आउँदछ, त्यो दिनको पर्खाइमा छु। साधारण हाम्रो जीवनबाट अहिलेको असाधारण  जीवन जिउनु परेको परिस्थितिले भोलि पक्कै राम्रो होला भन्ने लाग्छ। हिजो के  थियो भन्दा पनि आज के छ र भोलि के  हुनेछ भन्ने कुराले भविस्यको अर्थ राख्दछ। यस्तो बिषम परिस्थितिलाई आत्मबलका साथ परास्त गरुम्। रात पछि सुन्दर बिहानीको सुरुवात हुन्छ । त्यो शुभ दिनको प्रतिक्षा गरुम्।

पूजा भण्डारी

काठमाडाैँ

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply