कोराना भाइरस फैलिन नदिनका लागि लकडाउन गरिएकाे छ । स्कुल, कलेज, अफिस, सरकारी तथा निजी कार्यालय प्रायः सबै बन्द छन् । अहिले पनि मानिसहरू आफ्नो समय घरपरिवारसँगै बिताउँदै छन् । यो समयमा मानिसहरु आफ्नो घरको विभिन्‍न काम सिक्दै गर्दैछन् । म पनि आफ्नो समय परिवारकाे साथ बिताउँदै छु । घरका विभिन्‍न कामहरु पनि सिक्दै छु । 

तर यो समयमा पनि किसानहरु भने खेतमै व्यस्त देख्छु । आफ्नो परिवारसँग बिताउने समय पनि छैन उनीहरुलाई । कहिले गहुँबाली काट्न, मकै रोप्न र कहिले रोपाईंमा व्यस्त छन् उनीहरु । घाम, पानी, हावाहुरी नभनेरै उनीहरु आफ्नो खेतबारीमै व्यस्त छन् ।

घाम, पानी  थाहा छैन उनलाई 

 भोक, तिर्खा थाहा छैन उनलाई

 किसानको बिहानी,

किसानकाे बेलुकी

बित्दछ खेतमा 

माटो नै उनको जीवन। किसानलाई केको लकडाउन । आफ्नो सबै समय खेतीमा बिताउँछन् । जहाँ हामी घरबाट निस्कनु अघि माक्स र सेनिटाइजर लगाउँछौ त्यही किसान भने हातमा कोदालो र हसियाँ लिएर खेत जान्छन् । किसानलाई भाइरस लाग्ला भन्दा पनि आफ्नो खेतमा कसरी बढी भन्दा बढी अन्न उब्जाउने भन्ने चिन्तामै हुन्छन् ।

साँच्चै किसानलाई केको लकडाउन !!

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply