Senmikhako Katha EP52
जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई । घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत …
