Duita Katha EP27

आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा ।

एक – गीत मेरो साथी

Bidhya Chapagain Talks to Jhupri Bhandari

पहिलो कथा झुप्री कुमारी भण्डारीको ।

Jhupri Bhandari sitting at her house in Thulasen, Achham


गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी ।

Jhupri Bhandari Singing Deuda

झुप्रीलाई आफ्नो जीवन अध्यारो लाग्थ्यो । आफू वरपरको संसार पनि अँध्यारै लाग्थ्यो । तर पनि झुप्री मलाई विशेष र प्रिय लाग्यो ।

Jhupri Bhandari Smiling

दुई – हात्ती मेरो साथी

हिमानी थारुको कथा कम्प्युटरमै बसेको १ वर्ष भइसकेछ । उनलाई हामीले बर्दिया निकुन्जको बबई भ्यालीमा भेटेका थियौं ।

Bidhya Chapagain Talks to Mahout Himani Tharu in Bardiya National Park

उनी काम गर्ने गोठी चेकपोष्ट एकलास जंगलमाझ थियो । त्यहाँ काम गर्ने ११ जनामध्ये उनी एकजना मात्रै केटी । अनि उनको काम चाहिँ अजंगको हात्ती सम्हाल्नु । मलाई त्यतिबेलै लागेको थियो घना जंगलभित्र मान्छेको चहलपहलबाट निकै टाढा यसरी काम गर्न ठूलै आँट चाहिन्छ ।

Himani Tharu with her elephant

बाटोमा जंगली हात्तीले लछारेका रुखहरु थिए । हामी साथै गएका निकुञ्जका गाइडहरु बाघ र गैडासँगका जम्काभेटका किस्साहरु सुनाउँथे । पूर्व पश्चिम राजमार्ग छोडेर गाडीमै तीन घन्टाको बाटो जंगलै जंगल छिचोलेर गोठी चेकपोष्ट पुग्दा हामी आफै आत्तिएका थियौ ।

Mahout Himani Tharu putting load onto elephant

त्यहाँबाट अझै टाढाको चेकपोष्टमा रासनपानी पुर्याउन हात्ती मात्रै विकल्प रहेछ। हिमानी त्यही यात्राको तयारी गर्दैथिइन् ।

हिमानी माउते भएको अहिले ७ वर्ष भयो । दिपेन्द्र कली उनले सम्हाल्ने हात्तीको नाम । रहँदा बस्दा उनी हात्तीको भाषा बुझ्ने भैसकिन् । यो पोष्टमा पनि उनीहरु सँगै आएका । दुई दिनको बाटो लगाएर हिडेरै ।

Bidhya Chapgain Herne Katha

हेर्ने कथाको अंक २६ मा यसअघि जोगीको कथा देखाएका थियौं । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

तपाईं हेर्ने कथा कार्यक्रम उत्पादन गर्नको लागि आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ ।

2 Comments

  1. अनिल घर्ति

    राम्रो छ यो कार्यक्रम लाई निरन्तरता दिनुहोला अनि सरकार को पनि ध्यान आकर्षक जाओस्

  2. पवन खड्गी

    राम्रो लाग्यो, दुर्इटै अा–अाफ्नो ठाउँमा छ ..... तर झुप्रीको कथाले मन छुय

Leave a Comment

Your email address will not be published. Required fields are marked *