Posted inलकडाउन डायरी

श्रीमानकाे न्यास्राे

नुवाकोट जिल्लाको ठूलोडाँडा भन्ने गाउँमा जन्मिएकी मलाई डायरी लेख्नेभन्दा पनि दैनिकी लेख्ने बानी थियो । डायरी र दैनिकी लेखाइमा के कति फरकपन हुन्छ छुट्टाउन नसक्ने हुँदादेखि नै दैनिकी लेखिन्थ्यो । मेरो दिदिहरुले दैनिकी लेख्ने गर्नुहुन्थ्यो मैलै त्यहीबाट दैनिकी लेख्न सिके । बिहान उठेदेखि बेलुका नसुतेसम्म के–के काम गरियो, के खाइयो, कोही नयाँ मानिससँग भेट भयो […]

Posted inलकडाउन डायरी

‘कसैको नजर नलागोस् मेरो पुड्केलाई’

‘लौ है गनि सर, म हिडेँ।’ अर्जुन दाइले बोलाएपछि झसङ्ग भए। यसो आँखा खोले बिहान ८ बजिसकेछ। ‘पुलिसले नसमात्ने कागत बोक्नु भको छ नि?’ ‘अँ छु।’ अर्जुन दाइले हातको मास्क लगाउँदै बोल्नु भो। मैले ढोका लगाए। कोल्टो फेरेर निदाउने प्रयास गरेँ । तर सकिँन। २४ घन्टामा १५ घन्टा सुतेसी लागोस् पनि कसरी? ग्रीसको राजधानी एन्थिनाको […]

Posted inलकडाउन डायरी

दिवाकर दादा !

प्रिय डायरी, हेर न अस्तिसम्म कलेजको परीक्षा सरह सबै विषयको आवधिक पत्र विभिन्‍न खोज, शिर्षक बुझाउनु पर्ने थियो । त्यसैले गर्दा यता तिमीलाई भेट्न पाएको थिइँन । अब त फुर्सद पाएको छु । तर डायरी तिमीलाई थाहा छ मलाई यसरी फुर्सद छ भनेर बस्नै मन छैन । लकडाउन हुन्छ भन्‍ने बित्तिक्कै कर्म घर छोडेर जन्म […]

Posted inलकडाउन डायरी

काफल र पैयुँकाे स्वाद

इन्जिनियर बन्ने अभिलाषा सहित पहिलो वर्षमा भर्ना भएकी म पहिलो सेमेस्टरको इन्टरनल परिक्षा चलिरहेको थियो | परिक्षा सुरु हुने बेलादेखि नै चीनको वुहानबाट देिखएको कोरोना भाइरसको निकै चर्चा सुनियाे | चीनमा मात्रै होला, त्यतै वरिपरि मात्रै होला भनेर अरूले झै मैले पनि सामान्य रुपमा नै सुन्दै र बुझ्दै आए ।एक्कासि भोलीबाट हुने भनिएको एस.इ.इ परिक्षा […]

Posted inलकडाउन डायरी

हात धोएर नमस्कार

पेशाले खबरकर्मी, दैनिक कम्तिमा पाँचवटा रिर्पोटिङका कार्यक्रम सकेर कार्यालयमा आएर समाचार तयार पार्ने, रातिको  समाचार पढ्नु पर्ने मेरो दैनिकी आजभोलि अलिक फेरिएको छ ।  झण्डै आधा पोखरा एक फन्को मारेर संकलन गरिएका खबरहरु मार्फत स्रोतालाई सु–सूचित गर्ने मेरो दैनिकीमा दुई सातादेखि परिवर्तन आएको छ । ‘लकडाउन’ को पूर्ण पालना गर्दै मेरा अधिकांश साथीहरु यति बेला […]

Posted inलकडाउन डायरी

गाउँको दैनिकी

म सपनाको शहर काठमाडौंमा आफ्नो र आमाबाबुको सपना सकार पार्ने उद्देश्यले अध्ययनको सिलसिलामा देशको राजधानीमा थिए ।विश्वका शक्तिशाली भनिएका मुलुकमा समेत कोरोना संक्रमण बढी र मृत्युको समाचारले घरमा आफ्नो आमाबुबालाई सधैं चिन्ता भइरह्याे। त्यसैले आमाबुबाको सल्लाह र आग्रह अनुसार मैले केही समयको लागि राजधानी छोड्ने निधो गरे। कठिन यात्राका बाबजुद म घर आइपुगे। घरमा आमाबुबा […]

Posted inलकडाउन डायरी

मेरो सानो कोठाको संसार

सुनेको थिए “राम्रो समय आउँछ आउँदैन थाहा छैन तर यो समय अवश्य बितेर जानेछ”।आजको यो समयमा यो कुरा समय सान्दर्भिक भएको छ। समय सधै उस्तै रहँदैन, आजको यो समय बितेर त  अवश्य जानेछ । तर भोलिको समय कस्तो हुनेछ यो हामी कसैलाई थाहा छैन। मानिसहरु आफ्नै घरमा आफैलाई बन्द गरेर बसेका छन् जबकि सबैलाई थाहा […]

Posted inलकडाउन डायरी

रोकिएका पाइलाहरु

२०६५ सालमा काठमाडौं छिरे । त्यसपछि जीवनलाई सफल अनि खुसी बनाउने चाहना बोकेर  निरन्तर यात्रा गरिरहेछु। अझैपनि आशा मरेको छैन । उस्तै छन् दुवै, यात्रा र आशा।  जीवनमा जतिसुकै प्राप्त गरेपनि त्यो भन्दा अझ बढी पाउने अभिलाषा जाग्ने रैछ। जति छ त्यतिमा खुसी हुन साँच्चै नै गाह्राे हुने रहेछ । तर २० दिन यता एक्कासि […]

Posted inलकडाउन डायरी

मनभित्रको लकडाउन

सुरुमा परिचयबाटै सुरु गरौँ है त। म चाहिँ मेडिकल स्टूडेन्ट। एम. बि. बि. एस चौथो बर्षमा अध्ययनरत छात्रा। लकडाउन भएको नि दुईसाता बितिसक्यो।  यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। सबै दिनहरु कोठाको एउटा कुनामा, एउटा किताब च्याप्दै बित्ने न हुन्। […]

Posted inलकडाउन डायरी

फिक्का

गाउँबाट पढाइको सिलसिलामा काठमाडौं आउनु प्रायः उपत्यका नजिकको जिल्लाका बिद्यार्थीको  बाध्यता हो । एस.एल.सी पास भएपछि बुबा–आमाले मलाई पनि सानोममीसँगै काठमाडौं बसेर पढ्ने वातावरण मिलाकदिनु भयो । सामान्य परिवारमा जन्मिएको हुनाले कलेज लाइफसँगै केही न केही काम गर्नुपर्ने बाध्यता थियो । सुरुका दिनमा घरपरिवारको यादले साह्रै सताउँथ्यो । आमाले पकाएको मिठो खाना । आँगनमा बाँधिएका […]

Posted inलकडाउन डायरी

बुढाले पकाएको मिठ्ठो !

चैत १० । नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस पुष्टी भएको समाचार सार्वजनिक भयो ।  खाजाका लागि कोठा पुग्दा साङ्केनले पनि सचेत गराइन् । अलि आत्तियो मन । अर्को दिनदेखि घरैबाट काम गर्ने निधो गरेँ ।  बेलुकी सरकारले आकस्मिक एक हप्ते ‘लकडाउन’ को घोषणा गर्यो । अन्योल र त्रासद वातावरण बन्यो । ‘लकडाउन’ को अर्थसम्म थाहा […]

Posted inलकडाउन डायरी

उस्तै, उस्तै केही फरक

आमाको ‘ए कति अबेरसम्म सुतेको हँ’ भन्ने आवाजसंगै, हतपत्त एकछिनमा उठिहाले भनेर कोठाबाट आँखा मिच्दै बाहिर निस्किन्छु । सबेरै  एक हुल भँगेराहरुले भर्खरै पालुवा पलाएर हरिया भएका, बतिला लागेका बोटमा खै के के कुरा गरे। योजना बनाए कि के गरे।पछि को कहाँ गए पत्तो भएन। तर उनीहरुले मलाई जगाएर, हर्षित बनाएर गए।  प्रकृति कति गतिशिल। […]

Posted inलकडाउन डायरी

के हो लकडाउन?

“आज देखि लकडाउन गर्ने रे सरकारले” हामी खाना खाइरहेको बेला मेरो दाइले भन्नुभयो। कोरोना भाइरसको बारेमा त अलिअलि रेडियो, टिभिमा सुने हेरेकै थियौ।तर लकडाउन शव्द भने मैले पहिलो चोटी सुनेको थिए। मनमा कौतूहलता भैरह्यो। लकडाउन भन्या के रैछ? देशमा लकडाउन गर्यो भने के हुन्छ ? यसबारे मलाई कुनै आइडिया थिएन। खाना खाइसकेर म झट्ट कर्णफुस्फुस […]

Posted inलकडाउन डायरी

तिनको के दोष !

हरेक दिन मोबाईल फोनको अलार्मले ब्युँझाउने मेरा परेलीहरु अचेल घर नजिकैको मन्दिरमा घन्किरहने भजनहरुले खुल्छन्। खुसी छु यस अर्थ कि अलार्मको आवश्यकता छैन आजभोलि मलाई। मैले धेरै पटक धोका खाएको छु । ए.एममा बझ्नु पर्ने अलार्म पि.एममा सेट भएर । ४ पटक त एम.एस्सीको क्लास नै छुट्याे। बिहानै झुल्कने घाममा आशा देख्दै हुन्छु म र […]

Posted inलकडाउन डायरी

एउटा सत्य कथा

उसै गरि दिन बित्छ। घाम क्षितिजमा अस्ताउँछ अनि फेरि विहानको मिर्मिरेमा घामसंगै केही आशाहरु पनि उदाउँछन्। अनि फेरि पनि शुन्यतामा दिन बित्छ । म कहाँ २७ जना कामदार थिए। सबैजना खानेपानी र भवन निर्माणका लागि खटिएका। रोजगारीका लागि टाढाबाट आएका मध्ये १६ जना घर गए। बाँकी ११ जनाको अनुहार हेर्छु, मलिन छ। के गर्नु! काम […]

Posted inलकडाउन डायरी

बाँचिएछ भने टुडिखेल मै गएर नाचौला!

परदेशमा छु। म पनि पूर्ण रूपमा लकडाउनको पालना गर्दै एउटा सानो फ्ल्याटमा ज्यानलाई साँघुर्याउन नसके पनि मनलाई साँघुर्याएर अनुशासित भएरै बसेको छु । ता कि आफू पनि बाँचु र अरूलाई पनि बचाउन सकुँ । घरभित्र बस्दैमा बाँचिन्छ भने किन बाहिर जाने हैन र ? लाग्छ पूरै संसार आगो बिना नै जलिरहेको छ । सम्बन्धित क्षेत्र […]

Posted inलकडाउन डायरी

स्वस्थ,व्यस्त मस्त !

हरेक दिन फरक नयाँ जोस र जाँगरको साथ मेरो दैनिकी सुरु हुन्छ। म एउटा ठूलो परिवारमा बसिरहेको छु। यहाँ जीवनमुखी र उत्पादनमुखी शिक्षा घोकाएर हैन गराएर सिकाइन्छ। म खोटाङ जिल्ला रुपाकोट मझुवागढीको शुभद्रा मदन फाउन्डेसनबाट यो डायरी लेखिरहेको छु। डायरी लेख्नु यहाँ हाम्राे दैनिकीभित्रै पर्छ। जीवन सिकाइ रहेछ। सिक्ने र सिकाउने काम कहिले नटुङ्गिने रहेछ।हामी […]

Posted inलकडाउन डायरी

जिन्दगी चल्दो रहेछ

चारैतिर हरियाली । जति हेरेपनि धित नमर्ने पाखा पखेराहरुले अहिले गाउँलाई सजिएको होला । त्यसैमाथि कोइलीले को-हो, हो-को, कूहू,कूहू गर्दै प्रकृतिलाई गर्ने प्रश्नले झनै मग्न हुनुपर्छ । प्रकृतिले यो समयमा आफैलाई सजाएको हुन्छ । मलाई असाध्यै मन पर्ने समय बसन्त ऋतु। अरु समयमा त एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें […]

Posted inलकडाउन डायरी

मलेसियाको बन्द कोठाबाट मनको आक्राेश

प्रिय नेपाल आमा, परदेशी छोराको तर्फबाट शिर निहुराएर ढोग छ ! कहाँ बाट सुरु गरौं मेरा मनका यी भावनाहरु। म र म जस्ता हजारौं नेपाली आज बन्द कोठामा सिमित रहेको २५ औं दिन भयो । एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभूमिलाई सम्झेर रुनु सिवाय पददेशीको के नै हुन्छ र […]

Posted inलकडाउन डायरी

स्पेनबाट आफन्तको सम्झना

घडीको चालसँगै अघि बढेका देशहरु अहिले ब्याट्री  सकिएका घडी जस्तै भएका छन् । बाहिर सिमसिम पानी परेकै कारण होला मौसम चिसो थियो । विहानी पखको चिसोले बिउँझिएकी म हतपत उठेर आफू छेउ भएको फोन हेर्न पुग्छु। मैले गएको १ महिना यता फोनमा हेर्ने भनेकै कोरोना update हो । तर आज update हेर्न नपाउँदै मोबाइलमा message […]

Posted inलकडाउन डायरी

आफैलाई बिर्सिँदा !

प्यारो डायरी, आज मैले तिमीलाई चारबर्ष पछि भेट्टाए। खै के भेट्टाए भनौ ,बेला बेलामा तिम्रो याद नआएको त  हैन, तर खोज्ने प्रयास कहिल्यै गरिन। मसंग फुर्सद पनि कहाँ थियो र! जिन्दगीको लामो यात्रामा दौडिरहेकी थिए । कोरोनाले महामारीको रुप लिए संगै कलेज बिदा भयो ।म पनि दराज भित्र थन्क्याएर राखेको पुरानो डायरीलाई झोलामा राखी गाउँ […]

Posted inलकडाउन डायरी

Social Distancing र ऊ

आज बिहानै उपस्थित भयो । सधैँ रातमा देखिने आज बिहानै टाङ्खटिङ्ख खोला पार गरेर बस्ति नजिकै आइपुग्दा मान्छेहरुको कोलाहलले प्यारो निन्द्राबाट ब्युझाँयो मलाई । Covid19 को त्रासबाट बँच्न घरको न्यानो निन्द्रा काफी भएको बेला फेरि उसको त्रास थपियो । “ए! हात्ती आएछ हात्ती !” आमाले दुध भर्दै कराउनुभयो । म हतार हतार उठेर घर अगाडीको […]

Posted inलकडाउन डायरी

मेराे डायरीको पानाबाट

लेख्न त म डायरी लेखिरहने मान्छे हुँ । तर प्रकाशित नै गर्ने गरि डायरी कसरी लेख्ने होला ? म एकछिन घोत्लिएँ । फेरी सोचेँ “आ ! जे होला । पहिला लेख्नु त पर्यो नी!” पहिला लेखिसकौँला अनि पठाउने की नपठाउने भनेर टुङ्गो गरुँला भनेर लेख्न थालेँ । मिती २०७६ /१२ /२३ गते, डियर डायरी,आज ३५ […]

Posted inलकडाउन डायरी

अफ्रिका र माया

लकडाउनको पन्ध्रौं दिन । अफ्रिकाको दक्षिणी भूगोलको जाम्बिया भन्ने देशमा हामी १५ जना नेपाली काम गर्दैछौं । देश लिखिर लिखिर चल्दै छ । एयर्पोर्ट बन्द छ । चर्च, स्कुल र युनिभर्सिटीहरु बन्दा बन्दीमै छन । होटल रेस्टुँरा क्यासिनोहरु बन्द छन् । सपिङ मलहरुमा पुलिसको निगरानी छ । कडा नियममा अत्यवश्यक वस्तुको मात्र बिक्री वितरण भएको […]