प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?

हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं – फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।  प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी …

खरिदे खोज्दै जाँदा …

पूर्वका पहाडहरूमा खरिदे परिचित शब्द हो। गाउँघरका पशु चौपाया खरिद गरेर बेच्ने मान्छे नै खरिदे हुन्। कसैले राँगा, बाख्रा खरिद गरेर बेच्छन् त कसैले गाई, गोरु। यो पुरानो पेशा हो। खरिदेले पशु चौपाया बटुल्छन्। गन्तव्यसम्म पुर्‍याउनेलाई चाहिँ खेदुवा अथवा पिटुवा भनिन्छ। हेर्ने कथाको ११७ औं अङ्कमा खरिदेसँगै खेदुवा वा पिटुवाको कथा समेटेका छौं। थुप्रै कथाहरूको …

खच्चडसँगै हुम्ला जुम्ला

हुम्लाको चखेली लेकबाट सयौँ खच्चर भारी बोकेर आइरहेका थिए ।  कुनै खच्चडले  ग्यास, कुनैले पानी, कुनैले अन्नपात तथा दालचामल बोकेका थिए।  खच्चडको बथानसँगै  अघिपछि दाैडिरहेका थिए सिहं रावल । जुम्लाका सिहं रावलले आफ्नो खच्चड हुम्लातिर ल्याएका छन् । अप्ठ्यारा बाटा अनि भिरपाखा छिचोल्दै उनी हुम्ला जुम्ला गरिरहन्छन् ।   २२ बर्षे रावललाई न बिदेश जाने बाध्यता …

भैलो

हिउँदको महिना । माथि पहाडलाई हिउँले ढाकेको छ । भरखरै घामको न्यानो ताप्दै गरेको गाउँमा जुम्लीका भाकाहरू गुन्जिन्छन् । जुम्ला चन्दननाथ गाउँमा आज भैलो खेल्दैछन् । गाउँलेहरू जम्मा भएर प्रत्येक घरमा ५ दिनसम्म भैलो खेल्ने गर्दछन् । मौलिक शैलीमा भैलेराभैलेरी(भैलाे खेल्ने पुरुष महिला)हरूले हरेक घरमा सुख शान्ति र समृद्धिको कामना गर्छन् । अनि भैलो खेलिएका …

हज्जुकाे अटो एम्बुलेन्स

सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले । अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै …

चिडिमार

बाँके हवल्दारपुरको भित्री गाउँ । गाउँमा चिडिमार समुदाय बस्छन् ।चरा शिकार गर्ने उनीहरुलाई चिडिमार जाती भनेरै चिन्दछन् । चरा शिकार गर्नु उनीहरुकाे पुर्खाैली पेशा हो । त्यही समुदायमा मनवा चिडिमार बस्छन् । मनवा चिडिमारले १२ बर्षको उमेरदेखि जङ्गलमा शिकार गर्थे ।टाढा-टाढा जङ्गलमा गएर चरा शिकार गर्ने अनि नेपालगञ्ज लगेर बेचेकाे सम्झना ताजै छ ।पहिले त …

साइकलको भर

झिसमिसे बिहानमा काठमाडाैँबाट गाडी तरहरा चाेक आइपुग्छ ।चाेकमा फ्याट्टफुट्ट मान्छेहरुकाे आवत जावत हुन थाल्छ । मनाेज पाैदार पनि साइकल चढेर त्यहीँ पुग्छन्, गाडीले ल्याएकाे पत्रिका लिन । सधैँ यसरी नै उनकाे दैनिकी सुरु हुन्छ । सानाे छँदा मनाेज फुटबल खेल्थे । उनले सानैमा फुटबल खेलाडी बन्ने सपना बाेकेका थिए । तर एकदिन अचानक मनाेजकाे खुट्टामा …

नवाज मिर्जा

नवाज मिर्जा र्‌याप हान्न मात्र होइन, क्रिकेटको कमेन्ट्री गर्न पनि पोख्त छन् । कपिलवस्तको बहादुरगंजमा क्रिकेटको मेहफिल जमेको थियाे । मानिसहरु क्रिकेट हेर्न मात्र होइन उनको कमेन्ट्री सुन्न पनि आएका थिए । गाउँठाउँका स्थानीय क्लबका म्याचहरुमा समेत दर्शकहरुको भिड देखेर हामी छक्क पर्यौं । तर यो भिडमा महिलाहरु भने देखिएनन् । पुरुषकाे मात्र उपस्थिती थियाे …

झरिलाल

गाईघाट बजारदेखि परको कुनै एउटा गाउँ । झमझम बर्खे झरी परिरहेको थियो । त्यसैबेला झरिलाल यादव झोला बोकेर पहाडतिर लागे । झरिलाल काम गर्न हिडेका थिए तर के काम गर्ने उनलाई नै थाहा थिएन । हिड्दै, खोज्दै जादा पहाडका खोलानालामा सिँचाइको काम गरे । अप्ठ्यारा र भिराला पाखाहरुमा बाटो बनाउने काम गरे। यसरी काम गर्दै …

शितल छहारी पीपल चाैतारी

सिरहाको हुलाकी मार्ग हुँदै‍ सन्हैठा ‍‍‍‍चोक पुगिन्छ ।चोकदेखि दाँयातिर लाग्दा एउटा ठूलो पीपल चौतारी भेटिन्छ । हामी अटाे चढेर सन्हैठा चाेकमा ओर्लियाैँ । चाैतारीमा मान्छेहरुकाे भीड देखेपछि हाम्राे पाइला त्यतैतिर लम्कियाे। गर्मी महिना । गाउँका मान्छेहरु आराम गर्न, खाना खान, नानीहरु खेल्न, सुत्न पीपल चाैतारीमा आउदा रहेछन् ।मान्छेलाई मात्र हैन गाइँवस्तुको लागि पनि शितल छहारी …

भीमबहादुरका भेडा

बागलुङ सोलेडाँडा नजिकैको तमान गाउँ वरपर आजकल भीमबहादुरका भेडा भेटिन्छन् । भीमबहादुर दुई तीन सय भेडाको बथान लिएर जाडो छल्न गाउँ झरेका हुन् । तर ती भेडा अब बिस्तारै उकालो लाग्नेछन् ।गर्मी बढ्न थालिसक्यो । भीमबहादुर भेडाहरु लिएर हिमालतिरको लामो यात्रामा निस्कने तयारीमा छन् ।भेडाको पछि लागेर यसरी उकाली ओराली गरेको चार दशक नाघिसक्यो । …

गाँसकाे लागि घाँस

नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ ।  घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार  लाग्छ । घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् ।  साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो ।  मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् । …

घर-घरमै उपचार

बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको …

बुबाले स्कुल जाँ भन्दा दाउरा बोक्छु भनें : कान्छा तामाङ

दोलखा चरिकोटबाट २ वर्षको उमेरमा आमाबुबासँग काठमाडौं आएका उनको जिन्दगीको ७६औँ वसन्त काठमाडौंमै बितिसके ।काठमाडौंमा पहिले घर थिएन, तर आमाबुबा साथमा थिए ।अहिले घर छ, तर आमाबुबा साथमा छैनन् । अहिले त उनी आफैं बुबा बनिसके । उनी अर्थात कान्छा तामाङ ।“मेरो अर्कै नाम छ तर भन्नू हुदैन । सबैले कान्छा भन्छन् । आमाबुबाले पनि …

बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् । उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ । पारीलो घाम लागेको थियो । बगानका …

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् । अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् । ‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । …

तराइको घर

जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, …

मनेहराकी फगनी

धनगढी बजारदेखि अलि परकाे मनेहरा गाउँ । गाउँ छेउकाे ठूलाे रुखकाे छहारीमा सितल ताप्दै गरेकी फगनी चाैधरी रसरी (प्लाष्टिककाे डाेरी) बाट्दै थिइन् । हामी पनि त्यहीँ रुखमुनि टुसुक्क बस्याैँ । डाेरी किन बाटेकाे रहेछ भनेर हामीलाई जान्न मन लाग्याे । उनले हामीतिर हेरिन् ‘खटिया बनाउन रसरी बाटेकाे’ डाेरी बाट्दै गरेकाे हत्केलामा थुक हालिन् । कामकै …

हवल्दार्नी आमा

पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ । त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ । तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’ यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् । धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे ।  सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन। ‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई …

चिमारा पाटनका गाेठालाहरु

पहाडकाे अग्लाे डाँडाहरुमा गुन्जिन्छन् बैराग भरिएका भाकाहरु ।अनि त्यही डाँडामा भेटिन्छन् गाई बाख्रा चराउने गाेठालाहरु । जुम्लाकाे याे बुकि फुल्ने चिमारा पाटनमा गाेठालाहरु आएकाे केही महिना भयाे । उनीहरु धेरै जसाे महिलाहरु छन् । यतै बस्ने खाने उनीहरुले बस्ने आँटी(अस्थाई घर) बनाएका छन् । आँफूलाई चाहिने सर-सामान, खाना बनाउने भाडाकुडा पनि साथै ल्याएका छन् ।हरेक …

बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं

कोही बिदेशबाट पैसा कमाएर फर्कन्छन् त कोही सिप र जाँगर । बैतडीका हरिश महरा भने सिप लिएर फर्किए । बैतडी पाटन नगरपालिकाका हरिश महरा ३ वर्ष कतार बसे । उता हुँदा ग्राफिक्स डिजाइनको काम गर्थे । बिदेशकाे ठाउँमा बसेर काम गरिरहदा देशमा नै केही गर्न सकिन्छ भन्ने उनकाे साेँच आयाे । साेँचलाई व्यवहारमा बदल्नु थियाे …

महाकालीकाे तुइन

दार्चुलाको उत्तरी भेग, दुहुँ ब्याँस गाउँ । गाउँकाे फेदबाट महाकाली नदी बगेको छ ।यहीँ महाकाली नदीले नेपाल र भारतलाई जोडेको छ ।अनि मान्छे जोड्नलाई चाहिँ तुइन बनेको छ । यहाँका स्थानीयहरु नुन तेल गर्न तुइनबाटै भारत जान्छन् । मजदुरी गर्न पारि जानेहरुको बाटो पनि यहीँ नै हो ।तुइनलाई स्थानीय भाषामा ‘घाट’ भन्दछन् । महिलाहरु घिर्नी …

कमीलाको चुरा

वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् …