कसैको जीवनप्रति न कुनै रिस, इर्ष्या, डाहा, लोप, संका, सन्देह, आग्रह, पुर्वाग्रह र बिना स्वार्थ एकहोरो माया अनवरत रूपमा कसैले गरिरहेको छ भने त्यो अरू कोही नभएर आफ्नै आमा हुन्। ‘आमा’ सामान्यतय नेपाली वर्णमाला भित्र पर्ने स्वर वर्णको ‘आ’ र ब्यञ्जन वर्णको ‘मा’ दुई वटा अक्षरहरू मिलेर बनेको एउटा एकदमै सरल शब्द हो। तर यसरी दुई वटा मात्र अक्षर मिलेर बनेको यस शब्दको अर्थ र महत्व भने अथाह छ। संसारका सामान्य देखि महान व्यक्ति व्यक्तित्व, साहित्यकार, इतिहासकार, दार्शनिक, वैज्ञानिक आदि सम्पुर्णले ‘आमा’ प्रति समर्पित गरेर बोलेका र लेखेका कुराहरू अनगिन्ती छन्, यद्यपी पुर्ण छैनन्। साँच्चै भन्नु पर्दा शब्दकोशका सबै शब्दहरू खर्च गर्दा पनि ‘आमा’ शब्दको न्यायिक अर्थ र परिभाषा दिन प्राय असम्भव नै हुन्छ। त्यसैले दुई-चार शब्दहरू जोडेर वा संयोजन गरेर ‘आमा’ शब्दको अर्थ खोज्ने र परिभाषा दिएर संकिर्णता बनाउने साहस म गर्दिन। (more…)
Author: जय राई (लोहोरूङ)
-
श्रमजिवीको कथा
श्रमजिवीको कथा – मजदुर दिवसको दिन थियो, बेलुकीको खाना खाएर एकछिन आराम गर्नु पर्यो भनेर बेडमा गए। टेबलबाट मोबाईल तानेर खोले। वी-च्याटमा कसैको म्यासेज आएको छ की भनेर चेक गरे, नयाँ म्यासेज आएको थिएन। मोमेन्ट बक्समा गए, साथीहरूले पोष्ट गरेका स्टाटस, फोटो र भिडियोहरू हेरे। वी-च्याटमा धेरै जसो चाइनिज साथीहरू भएकाले उनीहरूले राखेका स्टाटस र भिडियोहरू धेरै जसो बुझिन। किनकी मेरो चाइनिज भाषा त्यति राम्रो छैन। यसरी नबुझिने सामग्रीहरू धेरै भएर होला वी-च्याट हेर्न झ्याउ लाग्यो र बन्द गरे। त्यसपछि भिपिएन कनेक्ट गरे र युटुबको एप्समा गएर नयाँ भिडियोहरू मोबाईलको स्क्रिनमा स्क्रोल गर्न थाले। यसै क्रममा मेरो आँखा विध्या दिदिले भर्खरै अपलोड गर्नु भएको हेर्ने कथाको नयाँ इपिसोड, भाग ५ ‘बाटोको कथा’ नामक भिडियोमा गयो। सामान्यतय म विध्या दिदिले चलाउनु भएका कार्यक्रमहरू नछुटाइकन हेर्ने गर्छु। (more…)