असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए ।

विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो ।

असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो ।

space

असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि शेरचनको कविता छानेका छौं । कविताको अडियो विद्या चापागाईको आवाजमा तल सुन्न सकिन्छ ।

असार

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।

भूपी शेरचन
अडियो – असार कविता – भूपी शेरचन । वाचन: विद्या चापागाई

भिडियो – असार कविता । वाचन: विद्या चापागाई

असार कविता

Leave a Comment

Your email address will not be published. Required fields are marked *