BIteka Katha Herne Katha Episode 35

Biteka Katha EP35

अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् ।  हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका ।  …

गाउँखाने कथा हेर्ने कथा

Gaun Khane Katha EP29

सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा – गाउँ खाने कथा ।

चुडेली गाउँको कथा chudeli gaun

Chudeli Gaunko Katha EP21

अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं । यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली । घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

raute mukhiya or the community leader

Rauteka Katha EP20

राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ।  ८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं ।  भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ सर्ने …

सिमानाको कथा

Simanako Katha EP11

सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् …

वडा नम्बर २२ को कथा

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र …

Herne Katha Episode 07 । Ghodeko Katha । घोडेको कथा । अंक ०७

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । …

herne katha episode 06

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं । झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ …

Sunko Katha EP04

सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो । बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । …

gharko katha with english subtitles

Gharko Katha EP03

घरको कथा – उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको …