Baliyo Katha EP45

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?  सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो कथा …

Buwako Katha EP43

असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन ।  सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् ।  …

Ruwako Katha EP41

६१ वर्षकी शान्ता सानी हुँदा तेह्रथुमको पहाडमा छोरीहरुले पढ्न पाउँदैन थिए । उनका बुबा रामनाथ दाहाल परिवर्तनका लागि पन्चायतविरुद्ध लड्दै थिए । शान्ताले स्कुल जाने अवसर पाइन् ।  मायादेवी सिटौला पनि यस्तै राजनीतिक चेतनाको लहरबिच हुर्केकी थिइन् । उनले घरभित्रैबाट ससाना विद्रोह सुरु गरिन् ।  मुना उप्रेतीले आमाका न्यानो काख महशुस गर्नै पाइनन् ।  गोमा …

Aaune Janeko Katha EP39

५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर १० – १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो । #HerneKatha #AauneJanekoKatha Eighteen …

BIteka Katha Herne Katha Episode 35

Biteka Katha EP35

अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् ।  हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका ।  …

Ekadeshka Dakaharu EP34

एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए ।  ३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको लालबन्दी …

Eauti Ketiko Katha – 32

१५ महिना अघि एउटा चिसो विहानीमा हामीले शरियम खातुनलाई भेटेका थियौ ।काठमाडौं बल्खु नजिकै बागमती नदी किनारको टहरामा । केही दिनअघि हामी फेरि उनलाई खोज्न निस्कियौं । 

झ्याउलीका जुनतारा

Jhyaulika Juntara EP30

राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए ।  किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।  हरेकका अनेक कथा छन्। अनगिन्ति …

दुइटा कथा हेर्ने कथा - विद्या चापागाई

Duita Katha EP27

आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा । एक – गीत मेरो साथी पहिलो कथा झुप्री कुमारी भण्डारीको । गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी । झुप्रीलाई आफ्नो …

Belly tells his story

Belly Blues EP24

स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।  मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।  १० बजे क्याम्पस छुट्टी हुन्छ …

young girl smiling in Bhurti Gaun, Dailekh

Bhurti Gaunko Katha EP18

दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् ।  यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

गजेन्द्र सरको कथा

Gajendra Sirko Katha EP17

बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी …

रहरको कथा raharko katha on herne katha

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा

जिन्दगीको कथा विद्या चापागाई

Zindagiko Katha EP14

जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै …

Eklo Katha EP12

Eklo Katha – Herne Katha Episode 12 – बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

सिमानाको कथा

Simanako Katha EP11

सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् …

वडा नम्बर २२ को कथा

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र …

Herne Katha Episode 09 - A Dark Story

A Dark Story EP09

Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

gharko katha with english subtitles

Gharko Katha EP03

घरको कथा – उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको …