जीवन एक भोगाइ अनेक

म यति बेला व्यस्त सहर मानिने संघीय राजधानी काठमाडौंमा छु । लकडाउन भएको पनि करिब महिना दिन पुग्न थाल्यो । लकडाउनका कारण सडक सुनसान छन । शान्तिपूर्ण वातावरण छ । तर मनमा अनेकौं कुराहरुले डेरा जमाएका छन् । अनेकौ उद्देश्यका साथ सहर छिरेकाहरु आ-आफ्नो जन्मभूमी प्रस्थान गरिसकेका छन त कोही बन्दी बनिरहेका छन । वल्लो,पल्लो …

एउटा फरक दुनियाँ

लकडाउन जिन्दगी बाँचिरहेका छौ हामी। तर घाम आफ्नै समयमा झुल्किन्छ, आफ्नै समयमा अस्ताउँछ। चराचुरुङ्गीहरु निर्वाध उडिरहेका छन्। प्रकृति उसैगरि हिमालमा मुस्कुराइ रहेको छ । फूलहरुमा रंग भरिरहेको छ। अनि हावा केही फरक चलेको छैन,ऊ चलिरहेछ आफ्नै गतिमा। यतिबेला मानव मात्रै आफ्नो गतिलाई सिमित गरिरहेको छ।  मेरो जिन्दगी पनि यतिबेला घरमा नै सिमीत भएको छ । …

वशमा छैन आफ्नै बानी

प्राय एकान्तमा ब्युँझने म, थाहै नपाइ आजभोलि खलबलीको माझमा ब्युँझन थालेछु। किर्तन दिदी जसलाई म किर्तु दिदी भन्छु, उहाँ पनि अस्ति यस्तै भन्दै हुनुहुन्थ्यो। फरक यति थियो उहाँ मन्दिरको भजनहरु सुनेर नेपालमा ब्युँझने, अनि म भने म्यासेन्जर, भाइबर, अनि ईन्स्टाग्रामा आएका म्यासेज र कलहरुको आवाजले अमेरिकामा ब्युँझने। बुवाआमा, श्रीमती, दाजु, दिदी, भिनाजु, मामा, ठूलाबा, काका, …

गाईको लकडाउन

महिना दिन हुन लागेछ। मेरा टाउकाका कपाल १३ सेन्टिमिटर लामा अनि चिउँडोमा उम्रेका दाह्री ३ सेन्टिमिटर लामा भएछन्। लकडाउन सुरु हुनु भन्दा केही आगडिका समय अस्तव्यस्त थिए। त्यतिबेला सोच्ने गर्थें के जिन्दगी अब यस्तै हो? गन्तब्य के हो? के खोजिरहेछु ?  के पाइरहेको छु? अलि दिन आराम गर्न पाए पनि हुन्थ्यो ! यो अस्तव्यस्त दिनचर्यामा …

अमेरिकामा रोकिएको समय

आफूलाई नपरेसम्म अरुको समस्या सानो देख्ने तुच्छ मानव प्रवृत्ति सायद सभ्यता सुरु भएदेखि नै विकसित भएर आजको दिनमा त्यसको पराकाष्ठामा पुगेकाे हाेला! तर समयले आफ्नो पाठ सबैलाई सिकाएकै हुन्छ। केही महिना अघि छिमेकिको घरमा आगो लाग्दा न त निभाउन गइयाे न आफ्नो घर वरिपरि अग्नि रेखा नै कोरियाे। न त्यस घटनावाट केही पाठ नै सिकियाे।  …

रेडियाे साथी

एकाबिहानै झिसमिसेमा निन्द्राले छोड्छ, म घडी हेर्छु बिहानको ५:२० बजेको रहेछ। केही दिनदेखिको लकडाउनले अहिले सहरको वातावरण स्वच्छ,शान्त, सुन्दर, प्रदुषण रहित भएका कारण चराचुरुङ्गीहरु खुसीले मिठो गीत गाइरहेका छन् ।  यो आनन्दमय बिहानीसँगै मेरो दैनिकी सुरु हुन्छ।  म बाल्यकाल देखि नै हरेक दिन बिहान नियमित रेडियो नेपाल सुन्ने गर्छु। आज पनि रेडियो नेपालमा बिहान ६:०० …

…र मैले झुट बाेले

बिहानको १० बजेको थियो। म अफिसमा बसेर काम गरिरहेको थिए। यत्तिकैमा एक जना साथीले मलाई मेरो नजिकै टेबलमा बसि काम गर्ने साथीलाई कोभिड-१९ (कोरोनाभाइरस) को संक्रमण भएको कुरा सुनायाे। ऊ (संक्रमित साथी) मेरो टेबलमा आउने, कहिले चम्चा, कहिले टिस्यु पेपर लिने गर्थ्यो। त्यो खबर सुने पछि मलाई त्यहाँ बस्न मन लागेन। त्यत्तिकैमा Safety Manager ले …

‘यो समय पनि बितेर जानेछ’

४ दिन भयो लेख्न खोजेको, कहिले के मिल्दैन कहिले के । अफिसियल्ली एक गृहिणी नै हुँ । त्यसैले कामको बोझ धेरै नै छ । बिहान उठेदेखि बेलुकीसम्म पनि आफ्नो लागि भनेर समय छुट्याउन गार्हो पर्छ । सदा दिनको दैनिकीमा भागदाैड यस्तै चल्दै थियाे। अहिलेको त झन कुरै नगराैं। छाेराछोरी स्कूल गएका बेलामा यस्सो अलिकति सुस्ताउन पाउने, …

वुहान र वुताई शान

दैनिक जसो मेसेन्जर खोल्छु र हेर्छु । धेरैमा १५/१६ जना मात्र अनलाइन देखिने आफन्तजन र साथीहरु आजकल ३०/३५ जना, कहिले त ४० जना सम्म पुग्छन्। सबैभन्दा पहिले पोखरा घरतिरका आफन्तहरु कोही अनलाइन छन् कि भनेर हेर्छु । आज माइला दाइलाई देखेँ। उहॉको घर बाबा-आमासंगै जोडिएको छ। बाबा-आमा भाइको परिवारसंगै बस्नु हुन्छ। तर भाइले मेसेन्जर कहिल्यै …

झारखण्ड जम्शेदपुरकाे खबर

मास्टर्स पढाइको सिलसिलामा करिब डेढ वर्ष पहिले म भारतको उत्तराखण्ड आएको थिएँ । याे पश्चिम नेपालबाट नजिकै पर्छ। म करिब आठ महिना अघि नेपालको पूर्वीय सिमानाबाट नजिक पर्ने झारखण्ड राज्यको जम्शेदपुरको टाटा स्टील प्लान्ट आए। हाम्राे कम्पनीमा थोरै कामदार राखेर काम भने सुचारु राखिएको छ। बाँकी कामदारलाई घरबाट काम गर्ने व्यवस्था मिलाइएको छ। कसैलाई छुट्टी …

कोरिया कथा

समय चक्रले आज मान्छेलाई भयभीत बनाएको छ। चितामा पुग्ने चिन्ता कतिसम्म कहाली लाग्दो हुने रहेछ भन्ने अनुभव गर्न पाइयो । जान्न पाइयो। मानव जातिले रोग, भोक, शोक सबै सिर्जना गर्यो। कल्पना गर्दागर्दै जहाज बनायो। चन्द्रमामा पुग्यो। तर याे सब बनाउँदा बनाउँदै पनि धनी र गरिब पनि बनाइ राख्यो। त्यही गरिबीको खाल्डो भित्र फसेर म दक्षिण …

कर्फ्यु र कुबेतकाे फ्ल्याट

यहाँ कोठामै बसीरहँदा एक पटक सोचेको पनि हो इन्डियन वेब सिरिज जस्तै खालको यो फ्ल्याटको पनि कथा लेखौ ।फ्ल्याट भनेपछि तपाईंले सोच्नुहोला २ वटा कोठा, एउटा डाइनिङ्ग हल, चटक्क परेका सोफा आदि आदि । लकडाउन डायरी लेखेर पठाउनु भन्ने उहाँको त्यो आग्रहले मन त्यस्तै बनायो, जतिबेला कथा,कविता वा गजल नै भए पनि छापिन्छ कि भनेर …

मेराे दुई हप्ते क्वारेन्टाइन

मन बेचैनी छ के गर्ने कसो गर्ने मेसो पाइराखेको छुइन ।धेरै पछि दुई चार शब्द लेख्न मन लागेर मोबाईल कै किबोर्डमा हात चलाए। आज यहाँ आइपुगेको २५ दिन भयो । आउने बितिकै  दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्नुपर्‍यो ।केही नरमाइलो भयो। यद्यपी फ्लाइटको थकानले २-४ दिन आराम गर्ने इच्छा भने मनमा थियो । दुई हप्ताको गुप्तबास …

आइसोलेसन वार्ड र मेरो साथी

“आजभोलि त अस्पताल जान पनि डर लाग्छ। तर अहिलेको अवस्था धेरै नाजुक छ। आफ्नो त फेरि पेशै यही, के गर्नु जानै पर्यो। अस्पतालको काम सकिएपछि बेलुकी घर जान झन् डर लाग्छ।”- उनले सुनाइन। मेरो स्कुले जीवनदेखिकै साथी हुन् उनी। आजभोली गाउँघरकै स्वास्थ्य-चौकीमा कार्यरत छिन् । “आइसोलेसन वार्डमा १२ घण्टाको ड्युटीमा खटिएकी छु आजभोलि। वार्डमा बसेकाहरूले …

…र त्याे फोन कहिल्यै आएन

खासै लेख्न जान्ने मान्छे त म हाेइन, तैपनि याे पाली केही लेखाैँ लेखाैँ लागेर लकडाउन डायरी लेखेकाे छु । म यति बेला आफ्नाे देशदेखि टाढा अस्ट्रेलियाबाट याे डायरी लेख्दैछु । मेरो घर गोर्खा जिल्ला भएपनि हाम्राे परिवार पोखरा बसेको लगभग १२ बर्ष बढी भयो । हामी चार जनाकाे परिवार । म घरकाे कान्छाे छाेरा। म …

सेल्फी र समाचारकै लागि राहत

 चैत २९ बिहानको ६:३० भएको थियो। मोबाइलमा घण्टी बज्यो ।आँखा मिच्दै फोनमा उठाए। फोन उठाउने बित्तिकै उहाँले भन्नुभयो ‘तपाईँ रेडियो हो?’ मैले ‘हैन’ भन्न नपाउदै उहाँले थप्नुभयो ‘मैले राहत वितरण गरेको थिए। सात बजेको समाचारमा बजाइ दिनुपर्यो।’ मैले उहाँको परिचय माग्दै साेधे ‘के राहत वितरण गर्नुभयाे ? अनि कसलाई हो?’ उहाँले आफनो परिचय दिदै भन्नुभयो …

सेल्फ क्वारेन्टाइन

करीब ३००० किलोमिटर हवाई दुरी पार गर्दै युएइबाट फ्लाई दुबईको प्लेनले मातृभूमीको एयरपोर्ट ल्याण्ड गर्दा मनमा एकप्रकारको छुट्टै आनन्द आउथ्याे । तर, यो पटक त्यस्तो भएन । डर र त्रास थियो मनमा । ३ बर्षे विदेश बसाइमा यो चौथो पटक काठमाडौँ ल्याण्ड गर्दै थिएँ सधैँकाे भन्दा बिलकुलै फरक अनुभव बाेकेर। मैले ल्याण्ड गर्ने बखत, कोरोनाको कहरले …

‘कसैको नजर नलागोस् मेरो पुड्केलाई’

‘लौ है गनि सर, म हिडेँ।’ अर्जुन दाइले बोलाएपछि झसङ्ग भए। यसो आँखा खोले बिहान ८ बजिसकेछ। ‘पुलिसले नसमात्ने कागत बोक्नु भको छ नि?’ ‘अँ छु।’ अर्जुन दाइले हातको मास्क लगाउँदै बोल्नु भो। मैले ढोका लगाए। कोल्टो फेरेर निदाउने प्रयास गरेँ । तर सकिँन। २४ घन्टामा १५ घन्टा सुतेसी लागोस् पनि कसरी? ग्रीसको राजधानी एन्थिनाको …

दिवाकर दादा !

प्रिय डायरी, हेर न अस्तिसम्म कलेजको परीक्षा सरह सबै विषयको आवधिक पत्र विभिन्‍न खोज, शिर्षक बुझाउनु पर्ने थियो । त्यसैले गर्दा यता तिमीलाई भेट्न पाएको थिइँन । अब त फुर्सद पाएको छु । तर डायरी तिमीलाई थाहा छ मलाई यसरी फुर्सद छ भनेर बस्नै मन छैन । लकडाउन हुन्छ भन्‍ने बित्तिक्कै कर्म घर छोडेर जन्म …

काफल र पैयुँकाे स्वाद

इन्जिनियर बन्ने अभिलाषा सहित पहिलो वर्षमा भर्ना भएकी म पहिलो सेमेस्टरको इन्टरनल परिक्षा चलिरहेको थियो | परिक्षा सुरु हुने बेलादेखि नै चीनको वुहानबाट देिखएको कोरोना भाइरसको निकै चर्चा सुनियाे | चीनमा मात्रै होला, त्यतै वरिपरि मात्रै होला भनेर अरूले झै मैले पनि सामान्य रुपमा नै सुन्दै र बुझ्दै आए ।एक्कासि भोलीबाट हुने भनिएको एस.इ.इ परिक्षा …

हात धोएर नमस्कार

पेशाले खबरकर्मी, दैनिक कम्तिमा पाँचवटा रिर्पोटिङका कार्यक्रम सकेर कार्यालयमा आएर समाचार तयार पार्ने, रातिको  समाचार पढ्नु पर्ने मेरो दैनिकी आजभोलि अलिक फेरिएको छ ।  झण्डै आधा पोखरा एक फन्को मारेर संकलन गरिएका खबरहरु मार्फत स्रोतालाई सु–सूचित गर्ने मेरो दैनिकीमा दुई सातादेखि परिवर्तन आएको छ । ‘लकडाउन’ को पूर्ण पालना गर्दै मेरा अधिकांश साथीहरु यति बेला …

गाउँको दैनिकी

म सपनाको शहर काठमाडौंमा आफ्नो र आमाबाबुको सपना सकार पार्ने उद्देश्यले अध्ययनको सिलसिलामा देशको राजधानीमा थिए ।विश्वका शक्तिशाली भनिएका मुलुकमा समेत कोरोना संक्रमण बढी र मृत्युको समाचारले घरमा आफ्नो आमाबुबालाई सधैं चिन्ता भइरह्याे। त्यसैले आमाबुबाको सल्लाह र आग्रह अनुसार मैले केही समयको लागि राजधानी छोड्ने निधो गरे। कठिन यात्राका बाबजुद म घर आइपुगे। घरमा आमाबुबा …

मेरो सानो कोठाको संसार

सुनेको थिए “राम्रो समय आउँछ आउँदैन थाहा छैन तर यो समय अवश्य बितेर जानेछ”।आजको यो समयमा यो कुरा समय सान्दर्भिक भएको छ। समय सधै उस्तै रहँदैन, आजको यो समय बितेर त  अवश्य जानेछ । तर भोलिको समय कस्तो हुनेछ यो हामी कसैलाई थाहा छैन। मानिसहरु आफ्नै घरमा आफैलाई बन्द गरेर बसेका छन् जबकि सबैलाई थाहा …

रोकिएका पाइलाहरु

२०६५ सालमा काठमाडौं छिरे । त्यसपछि जीवनलाई सफल अनि खुसी बनाउने चाहना बोकेर  निरन्तर यात्रा गरिरहेछु। अझैपनि आशा मरेको छैन । उस्तै छन् दुवै, यात्रा र आशा।  जीवनमा जतिसुकै प्राप्त गरेपनि त्यो भन्दा अझ बढी पाउने अभिलाषा जाग्ने रैछ। जति छ त्यतिमा खुसी हुन साँच्चै नै गाह्राे हुने रहेछ । तर २० दिन यता एक्कासि …