म एम्बुलेन्स चालक

कक्षा १० को परीक्षामा बिज्ञान बिषयमा  एउटा यस्तो प्रश्न आउँथ्यो कि यति सानो सियो पानीमा डुब्छ तर यति ठूलो जहाज किन डुब्दैन भनेर। अनि म सबै भन्दा अगाडि हत्तपत्त उत्तर दिन्थे कि जहाज पानीमा डुब्नको लागि बनाकै हैन त कसरी डुब्छ! ….. त्यसैले होला बिज्ञान विषयमा मेराे नम्बर सधै रातो घेरा भित्र हुन्थ्यो। त्यत्तिका बर्ष घोकेर …

काेराेनाका कारण मृत्यु र गाउँमा त्रास

लकडाउनको दिनहरू अरू दिनभन्दा निकै लामोलामो लागिरहेको थियो। पढ्न किताबहरू थिएनन्। साथीहरू काठमाडौँमै थिए। यता गाउँमा सधैँ एउटै लयमा बगिरहेको थियो दैनिकी। यसैबिच हाम्रै तिर घर भएकी २९ वर्षीय सुत्केरीकाे २०७७ ज्येष्ठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भयो। म काठमाडौँ बसेर पढ्दै आइरहेको भएता पनि हजुरबाको बर्खान्तको लागि भनेर सिन्धुपाल्चोक बाह्रबिसेकाे त्यही गाउँमा अाएको थिए। …

‘पानी बाराबार’

आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने …

कर्मघर चिन्दै

म रामेछापको एउटा सामान्य गाउँको सामान्य परिवारमा जन्मे हुर्केकाे हुँ। सानोमा चन्चल र जिज्ञासु थिएँ। गाउँमा SLC सम्मकाे पढाइ सकेर म उच्च शिक्षा अध्ययनकाे लागि सहर हानिए। सहर छिरेपछि आफ्नो पढाइ अनि करियरकाे कारणबाट सालमा दुई पटक मुस्किलले गाउँ जाने गर्न थाले। सहर आएकाे करिब तीन वर्षपछि मैले जिन्दगीको अर्काे महत्त्वपूर्ण निर्णय लिएँ। मैले विवाह गरेँ। विवाह …

‘पागल’सित मलाई प्रेम जो छ!

 “विना कोसेली रित्तै हात आउँछ मेरो दिन विना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन” भैरव अर्याल “हुरीको पतकर” कविताका यी हरफले केही दिन अघि मलाई झल्याँस्स बिउँझाए। कोसेली त धेरै बोकेर आउँथे मेरा दिनहरु। कानूनका किताबहरु, साहित्यका किताबहरु, मेरो ‘अन्लाईन कक्षा’,  संगीत र धेरै फुर्सदिलो समय बोकेर आएका मेरा दिनहरुलाई मैले रित्तो हात र निस्तो …

माकुरो

साँझ बिहान कैयौ बितेर गए। कैयौ दिन निदाए, उठे, दिन बिताए। दिन बिताउने क्रममा कसैले केही लेखे। सिके। सिकाए। हेरे। देखाए। उनीहरु सबैको योगदानले केही अर्थ राख्यो होला। राख्यो नै। मैले के गरेँ? म पनि बिहान उठेँ। सामान्य घरधन्दा गरेँ। यस बाहेक सम्झन लायक मैले केही गरिनँ। नयाँ किताब नभएपछि घरमै जालो लागेको एउटा किताब उठाएँ। जालो पुछेँ। माकुरो पनि …

फर्किने आशा

चारैतिर झ्याल अनि एउटा फराकिलो ढोका। तर पनि थुनिएको मान्छे म। फरक सोच फरक पहिचान बनाउँदै अघि बढ्ने सपना बोकेको मान्छे म। पढाइमा अब्बल दर्जा त पाइएन तर सन्तुष्टि चाहिँ पाए। गहिरिएर सोच्ने अनि मनमा इख गाडिएर हिड्ने व्यक्ति म आज भौतारिएको संसारबाट महिनौ अघि देखि आराममा छु। कोभिड १९ को कारण चीन पश्चात त्राश …

अत्यासका बिच अक्षरहरुको खेती…

साँच्चै आश्चर्य लाग्दो छैन त वर्तमान ?सायदै कसैले सोचेको थियो, विज्ञान प्रविधिको युगमा एउटा रोगको औषधीको अभावले लाखौँ मानिस निरीह भएर मृत्युवरण गर्नुपर्छ र सन्त्रासपूर्ण समय बाँच्दै आफ्नै कोठामा कैद हुनुपर्छ। विश्व अहिले ठप्प छ, मौन छ तर भित्र कतै सर्वज्ञानी मानिस चित्कार छोडिरहेको छ। क्रन्दन अलापिरहेको छ र जीवनको भिख मागिरहेको छ। ती मानिसहरु …

फुर्सदिला आँखाहरु

अकल्पनीय लामो लकडाउनका कारण अचेल समयै समय छ म सँग। यो समयलाई संचय गर्न मिल्ने भए, बैंकमा लगेर संचित गर्थें।जब समयको अभाव हुन्छ, तब बैंकबाट समय निकालेर समय कै बजारमा खर्च गर्थेँ। तर यी सब त स्वप्न न हुन्। हुन त मैले म सँग समय छ भनेर फगतमा लेखेँ जस्तो लाग्यो। समय त उसैसँग हुन्छ, …

खिचडी !

अस्पतालको जागिर ! बिहान १०:०० बजेबाट ५:०० बजे सम्म काममा जानै पर्ने।  रोजीरोटी पनि त्यहीँ। अनि आफूसित भएको सीप देश संकटमा परेको बेला लुकाउने कुरो पनि आएन। घरमा भएका मान्छेहरु पनि पहाड तिर उकालिए , घरमा एक्लो भइयो। अस्पताल जस्तो कोरोना संक्रमण जोखिम ठाउँमा काम गर्ने भएपछि एक्लै क्वारेन्टाइनमा बस्नु नै मेरो अनि परिवारका लागि …

जिन्दगीको किताब

समय सधैं सफल भएर अघि बढ्ने गर्छ । कहिले घाम कहिले पानी हावा, हुरी त कहिले आँधीबेहरी सबै परिस्थितिलाई छिचोल्दै अघि बढ्छ र त हरेक अवस्थामा सफल हुन्छ । समयलाई नै चुनौती दिदै सफलताको यात्रामा भाग दौड गरिरहेको म ।  जन्म त मेरो सहजतामा नै भएको रहेछ तर जब आफूले आफूलाई बुझ्न थाले। त्यतिनै जिम्मेवारी …

व्यस्त दिनहरु

लकडाउनको समय कार्यालय र घरायसी काममा व्यस्त हुन्छु। कार्यालय सुरु हुनभन्दा अघि व्यक्तिगत र घरायसी काममा बित्छ। कार्यालय विहान ८:३० बजे सुरु हुन्छ।आधा घण्टा अघिल्लो दिन र आकस्मिक सेवाको रिपोर्टिङ हुन्छ। त्यसपछि छानबिन क्लिनिकमा नयाँ बिरामीहरुको स्क्रिनिङमा व्यस्त रहन्छु। अहिलेको दैनिक क्रियाकलाप टाढा टाढाबाट विशेष छालाको समस्या लिएर आउछन्। उनीहरुमा कतै कोभिड १९ सक्रमण छ …

उही चमक फेरि कसाे नफर्किएला!

एकनास गतिमा बगिरहेको थियोे समय, संसार निकै सुन्दर लाग्थ्यो, पूर्वदेखि पश्चिमसम्म उत्तरदेखी दक्षिणसम्म स्वतन्त्र भइ हिड्ने हामी नेपाली आज एक अर्काकाे समिपमा जान पनि डराउनु पर्ला भन्ने कदापि साेचिएकाे थिएन। राेक्दा राेक्दै याे महामारी एवं रितले अराजक गीत गाउँदै हिड्दैछ। के मन्दिर के मस्जिद के गुम्बा के विहार हरेक स्थानलाई लकडाउनले छाेयाे हरेक बिहान खुलेर …

लकडाउन कि लभडाउन

आज म घर आएको ५७ दिन हो। कलेज पढ्न काठमाडौँ छिरेदेखिको मेरो सबैभन्दा लामो घरबसाइ हो यो। कोरोनाको असर दिनदिनै चुलीचुली हुँदैछ। स्थिति अस्सनिस्स छ। पढाइको चक्कर, जागिरको रुटिन अनि साथीहरुको रमझममा भुल्ने मेरा दिनरातहरु अचेल घरकै यात्रु हुन पुगेका छन्। लकडाउनको सुरुवातमा यति लामो बसाइ होला भनेर सायदै कसैले सोचेको थियो। पाल्पाको कुनै क्याफेमा …

तरकारीकाे स्वाद

अहिले विश्वव्यापी रूपमा आतंक फैलिरहेको कोभिड -19 नोबेल कोरोना भाइरस को कारणले स्वदेशी उत्पादनहरुले निरन्तर बजार पाइरहेका छैनन। कयौं कुहिएर नष्ट पनि भएका छन्। यसले कृषक अनि देशलाई धेरै नोक्सान भएको छ। बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दैछौं। जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श विरुद्ध हो भन्दा फरक …

गाउँकाे माटाे र मुग्लानकाे बाटाे

बिहानैदेखि आकाश निकै कालो भएर धुम्मिएको थियो। कालो बादल आकाश मडारिएको देख्दा मनमा ठूलो पहिरो गएको अनुभूति भएकोे थियो। बिहान १० बजे पछि भने आकाश हल्का खुल्दै गएर सौर्यकिरण देखिन थालेकोले मनमा हर्षको सिमा नै थिएन । यसो चारै भञ्ज्याङ्मा देखिएका पहाडहरुलाई नियालेर हेरेँ, आज धर्ती पनि रोइरहेको प्रतित भयो। भनिन्छ प्रकृति आमा हुन्, आमा …

१९ वर्षमा नफेरिएकाे मेराे गाउँ

एउटा गाउँको सामन्य परिवारमा जन्मिएकी मलाई आफ्नो बाल्यकाल हजुरबुवाआमाकै काखमा बिताउने साैभाग्य मिल्यो। गाउँमा गुणस्तरीय शिक्षाको अभावले सहर सम्मको यात्रा गर्नु पर्यो। पढ्नका लागि सहर गए पनि, मेरो मन मस्तिष्कमा भने गाउँकै आकृति सलबलाउँथ्यो। कहिले शुक्रबार आउँला र गाउँ जान पाइएला भनेर अति उत्सुक हुने म र मेरा भाइका कलिला हातका अौलाहरु आइतबार, सोमबार गर्दै …

मौन युद्ध

एउटा सानो घाउ लाग्दा, एक हप्तासम्म रुने म। जिन्दगीमा केही आपत आइ पर्दा साथीलाई नसुनाइ बस्न नसक्ने म। अनि साथीहरुलाई समस्या पर्दा सबै भन्दा पहिले समाधान खोजिदिने म। सबैसँग परिचित तर स्वयंसँग अपरिचित म। सम्भवत: यो समय मेरो लागि एना बनेको छ। मैले अब आफूलाइ आफ्नै नयनबाट नियाल्न थालेकी छु। सधैँ हतारमा हराउने मलाई स्थिरता …

चरी भए भुरूरू जान्थे उडेर…

चरी भए भुरूरू जान्थे उडेर, सन्चो छ कि बिसन्चो छ आउथेँ बुझेर । जब प्रत्येक पटक बबिना किराँती दिज्यूको गीत सुन्छु,मन नै अमिलो भएर आँउछ। जीवन जोखिम, सर्वत्र लकडाउन र बन्धनले स्वतन्त्रताको धज्जी उडेको भान हुन्छ। तर के गर्नु!   सामान्य जीवन कस्तो हुन्छ नै विर्ससकेँ।बाहिर निस्किनु निकै नौलो लाग्छ। लकडाउनले मेरो दैनिकी नै परिवर्तन …

‘९ दिनमा नौलो, २० दिनमा बिर्सियाे’

चाइनामा कोरोना कहर शुरु हुनुभन्दा २ महिना अघि नै मेरी आमालाई श्वास प्रश्वासको समस्याले थला पारेपछि २ हप्ता आइसियु कक्षमा उपचार गराइ निको भएपछि घर ल्याइएको थियो। घरको २ छोरा मध्य म कान्छो छोरो, बुवाआमासँगै मेरी श्रीमती र छोरा छोरी गरि ६ जना बस्दछौं। दाइ, भाउजु अनि भतिज कामकाे सिलसिलाले छुट्टै बस्दछन्। आमाले जति धेरै …

उपचार पनि ‘हाेम डेलिभरी’ भए…

आजभोलि मान्छेहरू चुरोटको धुवाँ उडाएर सडकमा धुँलोबाट बच्न मास्क लगाएको देख्न पाइँदैन। बरू कोरोनाबाट बच्न मास्क लगाएको देख्न पाइन्छ। भट्टीमा टन्न रक्सी खाएर लड्बडाउँदै सडकको नालीमा सुतेको पनि देख्न पाइँदैन। न भेटिइन्छन् अँगालो हालेर सडकमा हिँड्ने प्रेमील जोडिहरू। आफ्नो जीवनको गति भन्दा तिव्र गतिमा हुइकँने मोटरहरूले आराम गरेका छन्। सहरमा उज्यालो हुन नपाउँदै मध्यरात सम्म …

म थाकेँ

९ महीना आमाको कोखमा बस्दा बस्दा थाकेर म यो धर्तीमा जन्मिएको थिए। आमा को दुध खाँदा खाँदै थाकेपछि मैले पहिलो पटक अन्न खान सुरू गरेँ। बाल्यकाल कहिले बाबाको काँधमा पिसाब फेरेर र कहिले मायाले काखमा राखिरहेकाहरूको कपडा पहेँलै बनाएर, कहिले हाँसेर त कहिले रोएर, घरमा अनेक रमाइला र उटपट्यांग गर्दा गर्दै थाकेर म मेरा कलिला …

मेराे अनलाइन कक्षा

कोभिड १९ ले हाल संसारभरि नै असर गरी रहँदा यसबाट प्रभावित हुने विभिन्न क्षेत्रहरु मध्ये महत्वपूर्ण एक  शिक्षा पनि हो । भर्खर सुरु भएको हाम्रो स्नातकोत्तर तहको पहिलो सेमेस्टरको कक्षा के हुन्छ होला? क्याम्पस लाग्छ कि बन्द हुन्छ? पठनपाठन के हुने हो? जस्ता प्रश्नहरु मनमा उब्जिरहेका थिए। स्नातक तह उत्तिर्ण भइसकेपछि स्नातकोत्तर तह यानेकि मास्टर …

पङ्ख

घरबाट टाढा आफ्नो सपनालाई पंख दिन गएका ती हजार पढन्ते,जागिरेहरू यो लकडाउन अगावै घर फर्कन पाए पाएनन् कुन्नि! तर म चाहिँ घर आइपुग्न भ्याए। यो कठिन समयमा सबै सँगै भएर बस्नु पर्ने घडीमा रहले टाढा भएका त भै हाले तर नजिकै भए पनि अहिलेको यो अवस्थाले गर्दा परिवारका सदस्यहरूकाे सामिप्यताबाट टाढा रहनु परेको छ। यो …