Eauta Yatrako Katha EP36
कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं । सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे । …