कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे ।

उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ ।

उनले हेटाैडामा जेटिए पढिन् र गाउँ फर्किइन् । उनी वनकरिया समुदायभित्र धेरै पढे लेखेकी मध्ये एक हुन् । अहिले साना-साना बालबालिकाहरूलाई अक्षर चिनाउछिन् ।
‘मेराे पढाई सकेर गाउँ आउदा भताभुङ्ग भएकाे देखें । केटाकेटीहरु स्कूल कमै जाने । त्यसपछि मैले पाएकाे जागिर छाेडेर भाइबैनीलाई ट्युसन पढाउने निर्णय गरें । अनि घर-घर जाँदै नानीहरुलाई जम्मा गरेर पढाउन थालें ।’

जङ्गलमा कन्दमूल खोज्ने, खोलामा माछा मार्ने अनि गोठाला जाने वनकरिया बालबालिकाहरू अचेल कक्षा कोठामा भेटिन्छन् । अनि भएकी छिन् सन्तोषी गुरु आमा ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply