तपाईंलाई विद्या चापागाईको पत्र

विद्या चापागाई,  हेर्ने कथा, ललितपुर

प्रिय तपाईं,

हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा ।

सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई ।  

अरुका कथा भन्ने कर्मको मैदान मैले युट्युबलाई बनाएँ । परिवेश र जीवनशैली बदलिँदो छ । सूचना लिनेदिने प्रमुख माध्यम इन्टरनेट बनेको छ । विदेशिएका लाखौं नेपाली पनि इन्टरनेटबाटै घरआँगनमा जोडिएका छन् । मलाई लाग्यो इन्टरनेटबाट कथा भनियो भने धेरैले सुन्छन् । अनि धेरैका कथा पनि सुनिन्छ । कथैकथाको एउटा बलियो संवाद हुन्छ ।

म गलत सावित भइनँ । 

बितेका ५ महिनामा ११ वटा कथा भनिसक्दा सुरुमा मैले बनाएका अपेक्षाका रेखाहरु अब निकै तल परिसके । धेरै जनामा पुग्न म निकै लामो धैर्य गर्न तयार थिएँ । तर मैले धैर्य गर्नै परेन । हेर्ने कथाका सबै अंकहरु कम्तिमा १ लाख पटक हेरिएका छन् । अनि हाम्रा अभिलिखित दृश्यपाठकहरुको संख्या पनि ५० हजार पुगेको छ । 

तपाईं जस्तै लाखौं स्वतन्त्र र तीक्ष्ण मस्तिष्कहरुले यसरी हेरिदिँदा मन भरिँदो रहेछ अनि चुनौती थपिएको पनि महशुस हुँदो रहेछ । तपाईं र मेरा अपेक्षा झनै बढ्दा रहेछन् । 

मैले बीबीसी किन छोडेँ ?

शायद मलाई पछिल्ला केही महिनामा सबैभन्दा धेरै सोधिएको प्रश्न हो यो । यसको जवाफ पनि अहिले नै दिन चाहन्छु । 

छोटो जवाफःकुनै असन्तुष्टि भएर वा कुनै रणनीतिक योजनाको अंश भएर होइन

म साझा सवाल कार्यक्रममा जागिर खान्थेँ । नेपालको एउटा औसत पत्रकारले खानसक्ने सबैभन्दा राम्रो जागिर थियो त्यो । ३ वर्ष प्रस्तोताको रुपमा र त्यसअघि २ वर्ष उत्पादकको रुपमा काम गरेँ । 

कुनै एक विहान मलाई लाग्यो: म अझै राम्रा कथा भन्न सक्छु कि ! म अझै नसुनिएका र नदेखिएका मान्छेहरुमाझ पुग्न सक्छु कि ! मैले विषय ठान्दै आएका विषयबाहिर पनि अरु विषय छन् कि ! नेताहरुसँगको एकैखालको ‘आश्वासन’ ‘प्रतिबद्धता’ र ‘जवाफदेहीता’को पट्यारलाग्दो बहसबाट बाहिर निस्किन सकिन्छ कि ! कथा भन्ने शैलीलाई अझै सुमधुर बनाउन सकिन्छ कि !

मलाई त्यो विहान जे लाग्यो मैले त्यसलाई विश्वास गरेँ । अनि बीबीसीको जागिर छोडेर हेर्ने कथा खोज्न थालेँ । बीबीसीका सहकर्मी र पत्रकारिताको पहिलो दिनदेखिकै साथी कमलकुमार पनि म हिँडेकै बाटो हिँड्ने भए ।

चुनौती

कथा भन्ने काम मात्र जानेकी थिएँ । आफैंले संस्था सुरु गरिसकेपछि त्यसका कैयौं आर्थिक, प्रशासनिक र कानुनी झन्झट हुँदा रहेछन् । बिस्तारै थाहा भयो । सिक्दैछु । 

सबैभन्दा ठूलो चुनौती चाहिँ पैसा नै हुँदो रहेछ ।

भिडियो खर्चिलो माध्यम हो । मैले यही खर्चिलो माध्यम नै रोजेँ ।  किनभने यो सबैभन्दा शक्तिशाली माध्यम पनि हो । 

आर्थिकश्रोत

दर्शकका मायाले मात्र हाम्रा व्यक्तिगत र संस्थागत व्यवहारिक र आर्थिक आवश्यकता पुरा हुँदो हो त कति गज्जब हुँदो हो । दर्शकका मायाले दिएको बलमै अडिएकी छु ।

हेर्ने कथा उत्पादन गर्न अहिले उज्यालो मल्टिमिडियाले सघाएको छ । त्यतिले मात्र पुग्दैन हामीले आफैं लगानी पनि गरेका छौं । उज्यालोको सहायता पनि अब दुई महिना मात्र हो । अहिलेकै अवस्थामा अक्टोबरदेखि हेर्ने कथा हाम्रो आफ्नै लगानीमा मात्र भर पर्ने देखिन्छ । 

केहीविकल्पहरु

विज्ञापन

हेर्ने कथा समाजका बलिया कथा त हुन् नै । हजारौं उपभोक्ताले उपभोग गर्ने डिजिटल उत्पादन पनि हो । यही कुरा भन्दै हामी विज्ञापनदाताहरुकोमा पनि धाउन सुरु गरेका छौं । तर सानो टिम अनि बजार र विज्ञापन जस्ता विषयमा हाम्रा ज्ञानको कमीले यो प्रयास त्यति प्रभावकारी सावित भइसकेको छैन । विज्ञापनदाताहरुलाई पनि बुझाउन सकिएको छैन ।  यद्यपी प्रयास जारी छ ।  

एनजिओ/आइनजिओ

अनुभव र भोगाइले के भन्छ भने एनजिओ आइएनजिओबाट पैसा लिएपछि हामी  निश्चित विषयवस्तु र शैलीमा बाँधिनुपर्छ । दाताका आवश्यकताअनुसारका असत्य रिपोर्टहरु पनि तयार पार्नुपर्छ । त्यसो हुँदा हेर्ने कथाको मर्म मर्छ । हाम्रो कर्म दुख्छ । अनि मैले त्यो विहान मनमा लागेको जे कुरालाई विश्वास गरेको थिएँ त्यो विश्वास पनि कमजोर हुन्छ । कथाका विषय पात्र र कथा भन्ने शैलीमा सम्झौतानगरीकन हामी दाताका पैसा पनि लिन तयार छौं ।

दर्शकबाट पैसाउठाउने

हेर्ने कथा चलाउन हामीले यो विकल्पलाई मनले विश्वास गरेको छौं तर दिमागले सोच्दा कति व्यवहारिक र यथार्थपरक होला अझै अलमलमा नै छौं । केही समय पहिला सेतोपाटीले पनि पाठकबाट स्वैच्छिक पैसा लिने व्यवस्था सुरुवात गर्ने घोषणा गरेको थियो । तर त्यसले निरन्तरता पाएको देखिएन । दर्शकबाट मासिक शुल्क उठाउने कि, स्वतस्फूर्त सहयोग लिने कि जस्ता विभिन्न विकल्पमा सोच्दैछौं ।

तपाईंकोपालो

तपाईंलाई केही आग्रह गर्न चाहन्छु :

हेर्ने कथाको च्यानल सब्स्क्राइब गरिदिनुहोला । अबको हाम्रो लक्ष्य १ लाख सब्स्क्राइबर हो । यो लक्ष्यलाई हामी कति छिटै भेट्टाउनेछौं हेरौं । 

महिलाहरुलाई मेरो विशेष आग्रह । च्यानलको कूल सब्स्क्राइबर मध्ये महिलाहरु एक चौथाइ पनि हुनुहुन्न । 

हेर्ने कथाको निरन्तरता र आर्थिक दिगोपनका लागि तपाईंका सुझावहरु चाहियो । माथि मैले उल्लेख गरेका ३ वटा विकल्पमा तपाईंलाई कुन ठीक लाग्यो । अनि हेर्ने कथाका कार्यक्रमहरु तपाईं पैसा तिरेर हेर्नुहुन्छ कि हुन्न? कतिसम्म तिर्न सक्नुहु्न्छ । कृपया कमेन्टमा लेखिदिनुहोला । हामी तपाईंलाई बुझ्न चाहन्छौं ।

तपाईंकी 

विद्या चापागाई

25 thoughts on “तपाईंलाई विद्या चापागाईको पत्र”

  1. एकजना उच्च मिडियामा काम गरिरहेकी महिला ,आफ्नो आकर्षक तलब सुबिधा छाडेर दिशका कुनाकाप्चामा कथा खोज्दै हिडेको देख्दा अत्यन्तै खुसी लागेको छ। तपाईंको यो मेहनत र लगनशिलताले गर्दा हामिले हाम्रो देशका लुकेका कथाहरू हेर्न पाएका छौं । हेर्ने कथा दर्शक क्लबको एउटा अबधारणा बनाउनुहोला जसबाट सदस्य बाट निश्चित रकम मासिक सहायता उठाउन सकिन्छ।

    Reply
  2. दिदि म हेर्ने कथाकाे नियमित दर्शक हुँ । मैले हेर्ने कथा हेर्नका लागि धेरै त नसकँला तर हप्ताकाे ५०० सम्म तिर्न सक्छु । यसाे हुँदा तपाँहरूले उत्पादन गर्ने कार्यक्रमकाे क्वालिटीमा अझै सुधार अाउन जरूरी छ ।

    Regards
    Rupak chaulagain
    Journalist
    Phone : 9860203391
    Thank you !

    Reply
  3. तपाँइको प्रयासलाइ सलाम छ । दर्शकबाट पैसा उठाउने कुरा अलि व्यवहारीक हुन्न की ? बरू स्वेच्छीक गर्दा वेस होला । विज्ञापन एउटा दरिलो उपाय हुन सक्ला । यस्तो कथाको लागी सरकारी सहयोग अपेक्षित हुनुपर्छ । महिला सब्सक्राइवरको लागि त अलि क्याम्पेन पनि गर्नु पर्छ ।

    Reply
  4. हरेक ब्यक्तिको आ-आफ्नै समस्या हुन्छ, सबै भन्दा ठूलो त यहि आर्थिक समस्या! दिदी तपाइँले माथी उल्लेख गरेका सबै बिकल्प पढी सके मलाइ लाग्यो बिज्ञापन खोज्नु एक उपयुुक्त विकल्प हो, तर कस्ता बिज्ञापन पाउने भन्ने कुरा रह्यो, आजकल विभिन्न बिज्ञापन कम्पनी हरु छन जहाँ बाट तपाइँ पाउन सक्नु हुन्छ। नत्र दर्शक हरुले पनि तपाइँलाई पैशा तिरेर हेरे भने सबै भन्दा राम्रो, एउटा #apps बनाउन पर्यो जसबाट तपाईं पैशा पाउन सक्नु हुन्छ, #youtube मा पोस्ट गर्नु भन्दा पहिला नै राख्ने अनि पैशा तिरेर मात्र #Download garn milne..
    धन्यवाद
    बिश्नु रावल
    दार्चुला, हाल साउदी अरेबिया
    +966577486243

    Reply
  5. De tapai ko yo program naxutai hernya garxu ra aawda din haruma pany hernya xu ra jun kura tapailia yo letters ma wothaunuvaxa tyo ekdam Jayaj xa hame yo program paisa teriarai vaea pany herna tayar xou

    Reply
  6. Minimum monthy payment uthaunu vaye hunxa.
    Yo program priceless xa kei amount kharchiyera herda hamilai kunai sankoch hunexaina.
    Tara yesko euta befaida xa, dherai manis haru online payement system ko barema jankari nahuna sakxa ya kum huna sakxa.
    Payment portal system user friendly garaunu hola.
    Apreciate your effort Ms. Bidhaya
    Chapagain & Team

    Thanks & Regards
    Milan Bohara

    Reply
  7. तपाईं को यो महान अभियान प्रति ग्रेट स्यालुट छ! हेर्ने कथा बिशुद्द नेपाली को यथार्थ कथा हो यसमा समाज मा ओझेल मा पारिएका दुर दराज का कथा समाबेश देखिन्छन यसलाइ निरन्तरता दिदै जानुहोला यस्को अलवा सकरात्मक संदेश दिने , समाजमा सकरात्मक प्रभाब पार्ने, प्रेरणादायि कथा हरु लाइ पनि समाबेस गर्दै जानुहोला। शुभकामना छ्। र जहाँसम्म आर्थिक स्रोत को बारे यहाँ बोल्नु भएको छ यसको लागि बिग्यापन नै उपयुत्त स्रोत हुन सक्छ, भन्ने मेरो बिस्वाश छ्।
    मिन राज पोख्रेल
    हाल दक्षिण कोरिया!

    Reply
  8. म विद्यार्थी, हेर्ने कथा सार्है मन पर्छ, सब्सक्राईबर बढाउन मद्दत गर्न सक्छु र गर्ने पनि छु तर आर्थिक सहयोग गर्ने सामर्थ्य म संग छैन !!!

    Reply
  9. यस कार्यक्रम भित्र केहि समय एड्भटाईजमेन्टको लागि छुट्याएर आर्थिक आवश्यकता पूरा गर्न सकिन्न ???

    Reply
  10. कार्यक्रम निकै स्तरीय अनि हेर्नमा निकै रमाइलो रहेको कुरा प्रस्टाउदै हेर्ने कथा Team लाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरुले एउटा episode को रु.५० राख्नुस तर कार्यक्रमको length अलि बढौउनुस। येसरी तपाईंहरुको दर्सक हेर्ने हो भने एक लाखको हाराहारीमा छ। हिसाब गरेर हेर्नुस। दर्शकको चाप बढे सङै पैसा घटाउन नि सक्नु हुन्छ। तर यो technical कुरा हरु भएकोले पहिले केही खर्छ आउन सक्छ। आर्थिक आभावमा यस्तो कार्यक्रम बन्द नहुन भन्ने मेरो चाहना धन्येबाद।

    Reply
  11. हेर्ने कथा समाज चियाउने आँखीझ्याल हो । यस्तो पृथक शैलीको कार्यक्रम अर्को छैन नेपालमा । गरिव का कार्यक्रम उत्पादन गर्न आर्थिक अभाव हुनु नौलो कुरा भएन । प्रधानमन्त्री को कार्यक्रम उत्पादन गर्न २० लाख को सेट लगाइयो रे ! कुन कार्यक्रम बढी प्रभावकारी होला ? यो जनताले मुल्यांकन गर्ने नै छन् ! आजका मिति सम्म मा ५० हजार भन्दा माथि जनताले मन पाइसकेको च्यानल चाडै १ लाख सब्क्राईबर पुगेर भेरिफाइड बनोस र यस्तै यस्तै नदेखिएका नसुनिएका सुन्दा एकादेश का जस्ता लाग्ने र आउने पिंढीले किम्बदन्ती सरह मान्न पर्ने वास्तविकता हरु उजागार हुदै जाउन् ! बिबिसी को आकर्षक जागिर छोडेकोमा अचम्भित त म पनि थिएँ तर मान्छे ले त्यहि गर्ने हो जे गर्दा आत्मासंतुष्टि भेटिन्छ ! तपाइँ हरुको प्रयाश मा कुनै ब्यबधान न आओस भन्ने कामना गर्दछु / आर्थिक सहयोग को लागि धेरै नसके पनि केहि न केहि सहयोग अवश्य हुनेछ त्यो मार्ग जानकारी दिनुहोला -धन्यबाद ।

    Reply
  12. Ma’am म विद्यार्थी हु । मैले ऐले सम्म जागीर खाएको छैन । मेरो मतलब मेरो आम्दानीको श्रोत त छैन तर म हजुर को #हेर्नेकथा पैसा तिरेर हेर्न सक्छु। यो त थियो मेरो व्यक्तिगत कुरा । मलाई लाग्छ यदि पहिले पैसा संकलन गर्दा राम्रो हुन्छ होला । हजुरको कार्यक्रम मन नपराउने को नै होलान् र
    #iamwithbidyachapagain

    Reply
  13. Di, I hope there are lots of such heart touching real stories to be uploaded. So I suggest you to use advertisement at the moment and gain popularity as much as possible because more subscribers means more support. This show is very inspiring. I believe that I will visit any of those places when I go back to Nepal. I can pay £10 for each videos and hope it won’t be too expensive 🙂
    Wish you and the team good luck.

    Reply
  14. सिमानाको कथाल्र मन बिरक्क्त बनाएको छ तपाईंलाई हाम्रो साथ छ समाजका कथा बेथा र वेदनाहरु सबैको सामु ल्याउन पछि न हट्नुहोला आशा छ देश एकदिन बन्ने छ दुखको कथा होइन सुखको कथा सुन्न पाइने छ
    धन्यवाद।

    Reply
  15. “हेर्ने कथा” राम्रो छ। निरन्तरता दिनु होला। म नियमित हेर्ने गर्छु। चलाउने स्रोत ३ मध्यामहरु मध्ये बिज्ञापन उपयुक्त हुन सक्छ। अनि म आफ्नो तर्फबाट जति धेरै हुन्छ सब्स्क्राइबर बढाउने सम्म गर्न सक्छु।
    धन्यवाद!
    all the best!

    Reply
  16. हेर्ने कथाको हेर्ने दर्शक देशमा भन्दा प्रवासमा धेरै छन कि जस्तो लाग्छ तर ती प्रवासका दर्शक सबै एकै खाले हुदैनन् ,सब्सक्राइब गर्न आइडी चाहिन्छ कत्तिलाई आइडी बनाउने ज्ञान पनि छैन कतिले भएर पनि बनाउदैनन युट्युबमा हेर्नै पाएकै छन सजिलो गरि ,अब कुरो रह्यो पैसा तिरेर हेर्ने काम ,सत्य कुरा भन्नुपर्दा युट्युब भिडियो पैसा तिरेर हेर्ने बानी ,ज्ञान र चासो यी तीन हामी नेपाली माझमा छैन जस्तो लाग्छ होला एकदम थोरै,बिद्या जि म हजुरको फ्यान हुँ,हेर्ने कथाको नियमित स्रोता हुँ,पैसै तिरेर हेर्नू परे पनि म हजुर र हजुरको आर्थिक समस्यलाई मध्यनजर गरेर पैसा नै तिरेर भए पनि हेरुला तर म जस्तो त्यसरी हेर्ने एकदम कम्ती हुनेछ एकदम कम्ती सायद,हेर्ने कथा म सदा हेरिरहन चाहन्छु ,देशबिदेश अनि,युरोप अमेरिका देखि खाडीका मजदुरहरुलाई समेत ध्यानमा राखेर रेट तयार पार्नुहोला,नेपालको बेरोजगारी समस्या हजुरलाई थाहै हुनुहुन्छ यस्ता कारणहरुका कारण हेर्ने कथा हेर्नबाट ती दर्शकहरु बन्चित हुन नपरोस् । शुभ होस ।

    Reply
  17. हेर्ने कथा मन पर्छ नियमित हेर्ने गर्छु पैसा तिरेर हेर्नु चै मेरो आर्थिक कम्जोर छ धन्यबाद ।

    Reply
  18. Maile use garne mail id male ko vayeta pani ma yesko regular viwer ho ra aanya madhyam bata pani maile tapai ko program lai promote gareke xu. Malai yesta program maan parcha ra ma chittai connect pani hunchu.ma hajur lai sakdo sahayug garnechu.

    Reply
  19. The startup from your side as a journalist has raised certain challenges to Nepal media. This is an innovative action. The issues are no more simple stories. Each story brought out are touching, every character had special tune, all have something to say.

    But to your point in surviving, is it okay for an audience to pay you directly/indirectly?
    Can you accept hard cash or online deposits legally?
    Will this raise any impact on your effort, besides your input?
    Is it okay in terms of prevailing laws to collect individually for broadcasting?
    Who and how will your accounts be transparent to the individual donor?
    How and under which category have you registered your broadcast?
    Last question, how does your broadcast respond to the characters raised, after you have financial stability?

    some day these genuine points will be put before your step. I have no other intention, while my questions are demanding. I hope you are prepared with proper solutions. As a renowned journalist, you may request PM Oli, like he also has his own program, and the minister of Information…..they should support such a noble action rather than donating to NGO/INGO.

    Reply
  20. विज्ञापन नै दह्रो बिकल्प हो, दोस्रो ठिक लागेन तेस्रोबाट केही हदसम्म सहयोग हुन सक्ला भन्ने लाग्छ

    Reply
  21. मलाई हेर्ने कथा सारै राम्रो लाग्छ . म पैसा तिरेरे हेर्न चाहन्छु . कथा मा भएका पात्रहरुलाई सहयोग गर्न चाहने म जस्ता हजारौ बेक्ती लाइ माध्यम पनि बनि दिनुस , मेरो सुभकामना

    Reply
  22. तपाई को यो हेर्ने कथा राम्रो लाग्छ दिज्जु अनि नियमित हेर्छु र तपाईं ले यो कथा लाई tv सो पनि गर्नु पर्छ अनि मात्र राम्रो हुन्छ

    Reply
  23. Selling Herne Katha merchandise is another way of making money. You can ask viewers not to use ad blocker while watching these videos so that you can get some money from Google ads.

    Reply

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply