‘चौकिनीको कथा’को कथा – विद्या चापागाई – अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा थियौं ।
बोवाङ
ढोरपाटन जाँदा हामी बोवाङमा बास बस्यौं । बाक्लो बस्ति थियो । अँध्यारो हुनै लाग्दा पुगेका थियौं हामी । होटलहरु बिरलै रहेछन् ।
‘यहाँ होटलको समस्या छ । एउटा घरमा खाने बस्ने व्यवस्था मिलाएका छौं’
वडा अध्यक्ष दीपक थापाले सहयोग गरे । एउटा घरमा पुर्याएर हामीलाई छोडिदए ।
अँगेना वरिपरि एक आमा र दुई छोरी बसेका थिए । आफूहरुको लागि बेलुकाको खाना पकाइसकेका उनीहरुलाई हामीले बोझ थपिदियौंको भनेर अफ्ठ्यारो लाग्यो । उनीहरुले अफ्ठ्यारोलाई छिनभरमै दूर गरिदिए ।
११ पढ्ने जेठी छोरी प्रमिला । १० मा पढ्ने शर्मिला र ८ मा पढ्ने कान्छो छोरो । कान्छो भर्खर किताब कापी च्यापेर ट्युशनबाट फर्केको थियो । भान्छाको गुन्द्री ओछ्याइएको खाटमा किताब थन्क्याएर उ आमा र दिदीहरुलाई सघाउन भिड्यो ।
प्रमिला चाहिँ शिकार आरक्षभित्र काम पनि गर्दिरहिछन् । उनी कार्यलयमै बस्छिन् । छुट्टि पारेर आमा भेट्न आएकी । भोलि उनको फर्कने दिन रहेछ । भोलि विहानै ढोरपाटन तिर उकालो लाग्दा उनी हाम्री सहयात्री हुने भइन् । हामी दङ्ग पर्यौं ।
आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।
हामी जस्ता पाहुनाहरु बेला बेला आइरहँदा रहेछन् । प्राय अचानक यस्तै साँझमा आइपुग्ने पाउनाहरुलाई बस्ने खाने सप्पै व्यवस्था यी ८ कक्षामा र १० कक्षामा पढ्ने दिदी भाइले गर्दा रहेछन् ।
भाइ भित्र बाहिर गरिरहन्थ्यो । कहिले गाग्रीभरि पानी बोकेर ल्याउँथ्यो । कहिले जुठा भाँडा उठाएर बाहिर लगिहाल्थ्यो । आमा छोराछोरीलाई यसो गर उसो गर भनिरहन्थिन् । मैले शहरतिर देखिने भेटिने उही उमेरका केटाकेटीहरुलाई मनमनै सम्झिएँ र उही उमेरका आमाहरुलाई पनि सम्झिएँ ।
यी केटकेटी सानै हुँदा बुबाले हेला गरेर अर्को बिहे गरेर पाखा लागेछन् । बुबाको माया विरानो भयो । आमाले दुःख जिलो गरेर तीन जना केटकेटी हुर्काइन् । यसै पनि बिरानो भइसकेका बुबा एकदिन बितेछन् । उनीहरुले खबर मात्र पाए । तर खम्बा झैं आमाको स्कूलिङ पाएका उनीहरु विचलित भएनन् ।
भोलिपल्ट विहानै आमा छोराले मकै भुटेर फिक्का चिया पकाइसकेछन् । हामीले त्यो खायौं र हिँड्ने सुरसार गर्यौं ।
बोवाङमा बिस्तारै न्याना दिनहरु आउने बेला भएको थियो । अब बोइलर हुर्किन्छन् । माइली छोरी विहानै बोइलरको चल्ला लिन बुर्तिबाङ जाने सल्लाह अघिल्लो साँझ नै भएको थियो ।
‘यो लुगा लाएर जाँदा हुन्छ?’
शर्मिलाले दिदी प्रमिलालाई सोधिन् ।
‘जाडो होला ज्याकेट पनि लगा कान्छी’
कान्छीले ज्याकेट लगाएर आइन् । आमाले बोइलरका चल्ला किन्ने पैसा दिँदै छोरीलाई सम्झाइन्:
‘हिसाबकिताब राम्ररी गर्नु’
‘राम्रा चल्ला छान्नु ठूला टाउका भएका’
‘ध्यान दिनु’
‘धेरै अबेर नगर्नु’
आमाका सल्लाह सुनेर माइली ३ घन्टा टाढाको बुर्तिबाङतिर पैदलै ओरालो लागिन् । हामी मोटर चढेर ढोरपाटनतिर उकालो लाग्यौं ।
ढोरपाटन
थुप्रै डाँडा काँडा काटियो । कहिले खोला कहिले जंगल । कुहिरो लागेको धमिलो मौसम थियो बाटोभरि । अचानक देउरालीबाट ढोरपाटन देखियो । ओहो कति सफा आकाश । कति राम्रा जंगल । हामीलाई के गरौं कसो गरौं भयो । न धुँवा धुलो । न हल्लाखल्ला । जाडोले खाएका ढोरपाटनका फाँटहरु पराल जस्तो देखिएका थिए । पाटनको बिचबाट सानो खोला बगेका थियो । ठाउँठाउँमा घरहरु थिए । पर पर घोडाहरु चरिरहेका थिए ।
हामी केही दिन अघि परेका हिउँ कुल्चँदं पाटन झरेर ढोरका गाउँ छिर्यौं । गाउँमा त कोही पनि छैन । प्राय घर ताल्चा लागेका । हामीले थाहा पाइसकेका थियौं । ढोरपाटन जाडोभरि बोवाङ झर्छ र न्यानो लागेपछि फेरि यतै फर्किन्छ भनेर ।
‘गाउँ रेखदेख चाहिँ कसले गर्छ?’
फाट्फुट्ट भेटिएका गाउँलेले सुनाए ‘चौकिनीले’
अनि हाम्रो कथाको विषय तिनै चौकिनी बने ।
उनीहरुको जीवनकालमै ढोरपाटन ७० पटक औलमा झरिसक्यो । उनीहरु यहिँका सुख्खा माटोमै रमाएर बसेका रहेछन् ।
कलिमा बिक र उनकी सौता अहिले चौकिनी रहेछन् । विहान बेलुकी सारा गाउँ डुलेर रेखदेख गर्ने उनीहरु नै ।
दाँतहरु झरेर एक दुइटा मात्र बाँकि थिए कलिमाका तर उनको जति हक्की आवाज मैले बिरलै सुनेकी थिएँ । गालाहरु चाउरी परेर ढोरपाटनका फाँटहरु जस्तै भइसकेका थिए । तर उनको जस्तो मीठो मुस्कान बिरलै देखेकी थिएँ मैले ।
ओहो यी बुढी आमैहरु सारा बलियाहरुलाई बेँसी पठाएर गाउँ कुरेर बसेका रहेछन् । चोर आयो भने समातेर लठ्ठीले हान्छु भन्छन् ।
ओहो यी बुढी आमैहरु कति एक्ला छन् । साथमा परिवार पनि छैन गाउँले पनि छैनन् । तर यहाँका खोला नाला र वन जंगलसँग कस्तो प्रेम उनीहरुको । जिन्दगी प्रति कुनै गुनासो नि छैन । अधिकार र मागका कुरा पनि छैनन् । राज्यले यो दिएन र त्यो दिएन भन्न सिकाउन पनि कोही आएको छैन ।उनीहरु सुखी हुन् कि दुःखी ? शायद यो प्रश्न उनीहरुको मनमा कहिले नि आउँदैन।
चौकिनीहरुलाई भेट्दा त एउटा ध्यान शिविरमा गएर आएजस्तै भयो । साँच्चै आनन्द लाग्यो मनभित्र ।
फेरि बोवाङ
साँझ अबेर आएर शर्मिलाकै घरमा बास बस्यौं । भोलिपल्ट विहान उठेर हिँड्ने बेला कलिलो घाम लागिसकेको थियो । शर्मिला हिजो बुर्तिबाङबाट ल्याएका चल्लालाई घाम तपाउँदै थिइन् ।
18 Responses
Bbc ma saja sabal kina audaina agkal
राम्रो छ अलि छोटो भयो ४५ मिनेट हुनु पर्यो !
मनै छोयो
Good morning & namskar
Madam i would like to know why did leave the BBC sajha sawal ? Sorry to asked this type of questions but we are always wish to hear your voice through that programme still we are missing & waiting every week some new episode will come to know some new about our country’ issues & peoples who has problems they will get justice . I am requesting you to start again if this possible .
Thanks & ragards
नयाँ कुरा जान्नन पाउदा खुसी लाग्यो म तपाईं को कार्यक्रम नीयमीत सुन्छु आगामी भागहरु तपाईं आफैले सन्चाल्न गर्नु भय्मा आझ धेरै वास्तविकता हरु थाहा पाइन्थ्यो कि जुन कुराहरू हामीले प्राप्त गर्ने आन्य कुनै पनि छेत्र मा छैन
Good yestai desh Ko kuna kapchama basne Nepali haru Ko katha lekhdai janu hola
Prakiti premi samaj premi, nayaa gaau , nayaa sansaar ko khoji maa aghi badan prenaa milos, nayaa goreto ko kathaa aaerahos, safaltaa ko subha kaamanaa ani namaskaar
Almost tear in my eye. Great job bidya ji and good luck for ahead…
derai ramro lago yesto thau dekhana pauda khusi lago
निकै राम्राे कथा कभर गर्नु भएकाे छ । मन छुने छ ।
ढाेरपाटन र वाेवाङमा वस्ने अामा र वहिनिहरू जस्तै
जे छ त्यसैमा सन्तोष गर्ने मनहरू भए सायद मानव
जीवन यति कष्टमय हुने थिएन हाेला ।
हत्या ,हिंसा ,अहंकार ,पारिवारिक घरझगडा र अात्महत्या जस्ता जघन्य कृत्य हरू असन्ताेश वाटैहुनेहुन् ।
मेहनतसाथ, मिलिजुली कामगरेर नै पारिवारिक जीवन सुखमय वनाउन सकिन्छ भन्ने राम्रो उदाहरण ती महिला हरूले प्रस्तुत गरेकाछन् ।हृदय देखि उहाँ हरू लाई नमन ।
As usual heart touching story .I watched with my son and had to translate him some of the story. Milcha bhane English subtital rakhnus . It would be good for second generation Nepali living in overseas.
निशेल ढाेर पनि जानुपर्थाे नि
नया कुरा सुन्न र पढ्न पाउँदा सारै खुशी लाग्यो । जस मध्यका दुई ओटा कुराले सारै मन छोयो प्रकृति सँगको ढोरपाटन बासीको अनौठो साइनो र राज्य संग केही नमाग्ने , शुख मा छौ की दुखमा भन्ने भनाई ।
wow katha dherai ramro xa dhorpatan ma ma pani gaeko xu thau sarai ramailo xa ani sundar pani
नया अनि नौलो लाग्यो तर पनि साझा सवाल ले झै केही परिवर्तन ल्याऊछ भन्ने आशा पनि जाग्यो।
आँखा नै रसायो ।आमा हरु को दु:ख सुन्दा 😑
खै के भन्नु र मेरो देश को हालत देख्दा कता कता हामी अजै पुरानो यूग मा नै छौ जस्तो लाग्छ अनि गाली गर्ने मन लाग्छ ति देश बनाउछु भन्ने नेता हरुलाइ इ जनता को सराप त पक्कै पनि लाग्ने छ हुनत केथाहा नि महल मा बस्ने हरु लाइ गरिब जन्ताको पिडा कोले हेर्छ गरिब लाइ भगवान सधै खुशी राखनु ति दुखी हरुलाइ धन्नेबाद पत्रकार हरु लाइ यो जन्ता को पिडा ति महल्मा बस्ने नेता भनाउदा हरु सम्म जाओस र केहि ध्यान केन्दृत होस