टाढा हुनुको पीडा

केही सपना, खुशी  र सुन्दर भबिस्यको अभिलाषा बोकेर  पोर्तुगल आएको तीन बर्ष बितेछ। जीवन बगेको खोला जस्तै लाग्छ।समय पनि कयौँ पीडा, छटपटाहट, चित्कार रोदन सहदै  संघर्ष गर्दै अबरोध पन्छाउदै एकनास अबिरल बगिरहेको हुन्छ। जीवन नदी जस्तै नबग्ला। तर नदी र जीवनकाे संघर्ष उस्तै लाग्छ्न्। बर्खा र हिउँदमा नदीको तागत पनि फरक हुन्छ। हाम्रो जिन्दगीमा पनि सुख दुखमा फरक अनुभूति हुनेरहेछ। 

लकडाउन ४६ दिन पछि खुलेको छ। तर मन भित्रको त्रास उस्तै छ। हिडडुल गर्न अझै सहज छैन। सामान्य जनजीवनको आशामा दिन कुर्दै बसिरहेछु। काम खोज्ने जोस नै जागेको छैन। बाहिर निस्कियो कि मानौं ठूलो पहिरो छ, कि त पुरिन्छ कि भासिन्छ भन्ने किसिमको डर देखाइएकाे छ। 

दैनिक ममी बाबासँग भिडियो कल हुन्छ। भिडियोबाटै न्यास्रो मेटिरहेछु। घरको आमाबुवा नेट भन्दा टाढा हुनुहुन्छ। उहाँहरु गाउँमा हुनुहुन्छ। सेट फोनमा गफ गर्ने गर्दछु। हजवेन्ड सँगै हुनुहुन्छ। घरबाट बाध्यता, परिस्थितिले टाढा  छु। टाढा हुनुको पीडा, परदेशी हुनुको ब्यथा भोग्नेलाई मात्रै थाहा हुन्छ होला।

लकडाउनमा इन्टरनेशनल फ्लाइट सबै बन्द छ। बन्द नहुँदो हो त नेपाल गएर आनन्दले बस्न हुन्थ्यो। सँगै हुँदा चिन्ता पनि कम हुने। खुशी पनि मिल्ने। कुनै दिन नेपाल फर्कनेछु। नजिकबाट मम्मी बाबाको न्यानो काखको माया धित मरुन्जेल साट्नेछु। 

अनि ममीले बनाउनु भएको मिठो मिठो खाना, परिकार खानेछु। साथीसंगी भेट्नेछु। म सानो हुँदा लरबराउदै कलिला  पाइलाले टेकेका बाटाहरु गाउँमा धित मरुन्जेल घुम्नेछु। आफ्नै देश फर्कनेछु। 

Profile Image

मोनिका भुसाल

लिज्बोन, पोर्तुगल

  

Leave a Comment

Your email address will not be published. Required fields are marked *