मन्त्रीज्यूलाई मेराे निमन्त्रणा

आज जेठ ३१ गते शनिबार Lockdown को कति औं दिन पनि याद छैन। एक डेढ महिना त याद भयो। त्यस पछिका दिनहरुमा त याद हुनै छाड्यो। मैले यो अवधिमा social media मा कहिले लिपुलेक कालापानी देखि जाजरकोट रुकुम हत्या काण्ड, कहिले गगन थापा vs प्रधानमन्त्री ओलीकाे संसदमा सवाल जवाफ त कहिले पुण्य गौतम, मुकुन्दे घिमिरे, डोनाल्ड ट्रम्पकाे video सम्म हेर्न भ्याए। यसै क्रममा हेर्ने कथाका भिडियोहरु पनि हेरे ,अनि  lockdown डायरीहरु पनि देखेपछि पढेँ। मैले पनि देखेको बुझेको कुराहरु नलेखेर बस्न सकिन। मैले जे देखेँ, जे बुझेँ, त्यही सोचेँ अनि लेखेँ है त!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हाल्नु भएका सम्माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाल ज्यू, कति आफ्नो काम मात्रै गर्न हुन्छ! कति आफ्नो घरमा पाउनालाई मात्रै स्वागत गर्न हुन्छ!  आउनुहोस् हजुर र म मिलेर केही छिन देश घुमाै न हुन्न!!

यात्रा:

आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो देश छिर्नको लागि महाकालीमा हाम फालेर हामी पनि हाम्रो यात्रा सुरु गरौला। अनि त्यसपछि हाम्रो घर पुग्नको लागि सयौं किलोमिटर पैदल तय गरेर बेलुका तिर राहतमा दिएको कुहिएको भात खाएर एकछाक टारौला। कसैले हजुरलाई चिनेन भने मेरो दाइ हुनुहुन्छ भन्दिम्ला नि ! बाटोमा किसानहरूको तरकारी बारीमा केही ओइलिएको, केही कुहिएर झर्न थालेको त केही सुक्न लागेको बारी अनि बालीको दृश्य हेर्दै जाउँला। कति कुरा देख्न पाउनु हुनेछ सबै कुरा यहाँ लेखेर पनि सकिदैन । 

पहिलेका मन्त्रीहरु कस्त हुन्थे, मलाई थाहा छैन। तर मैले यो पटक हजुरलाई राम्रोसँग नियालेर हेर्दैछु। हजुर त कति राम्रो हुनुहुन्छ है । कति हेण्डसम, कति राम्रो आँखा हजुरको, कति बुझेको, कति सभ्य अनि साँचो बोल्ने, हरेक क्रियाकलापहरु चित्त बुझ्दो। PPE पनि अहिलको समयमा कोल्ले चिन्छ र ! पहिले कहिले देखे सुनेकाे भए पाे चिन्नु त हैन! हजुरले चिन्दिन भनेर एकदम ठिक कुरा गर्नु भएको हो।

एकपटक मात्रै एकपटक हामी सँगै घुम्न पाए म भविष्यवाणी नै गर्दिन्छु कि हजुरले धेरै कुराहरु देख्न सिक्न अनि बुझ्न पाउनु हुनेछ। जस्तो कि personal protective equipment (PPE), खोलाको किनारमा isolation नामकाे एउटा BP set र thermometer ( यो instruments को नाम सुन्नु भाको थियो कि थिएन कुन्नि, मलाई त नेपालीमा नआएर अंग्रेजीमै लेखी हाले है त ,नबुझे माफ पाउँ) राखेको कक्ष देख्न पाउनु हुनेछ। दलितको छुट्टै ,मधेशीको छुट्टै अनि पहाडेको छुट्टै, हुने खानेको छुट्टै ,गरीबको छुट्टै quarantine देख्न पाउनु हुनेछ। एउटा सामान्य परिवारको गर्भवति महिलाा ३५ हजार एम्बुलेन्स भाडा तिरेर उपचार गर्न आएको पनि देख्न पाउनु हुनेछ । अनि त्यति बेला पो सिंहदरबार गाउँ गाउँमा पुगेको अनुभूत हुनेछ हजुरलाई । साँच्चै समृद्ध नेपाल सुखी नेपाली नारा सफल भएको देख्न पाउनु हुनेछ। राज्यको सबै तहका स्वास्थ्य सेवाको पूर्वाधार र गुणस्तरीय सर्वसुलभ सेवा देख्न पाउनु हुनेछ। भविष्यमा देश बनाउने कर्णधारहरु ११, १२ को परीक्षा दिन नपाएर म जस्तै बोरिङ भएर मान्छेको राम्रो र नराम्रो कामको विश्लेषण गरेको पनि देख्न पाउनु हुनेछ । 

आहा ! 

कति राम्रो कुराहरू देख्न अनि सिक्न पाउनु हुनेछ भन्ने एकछिन feel गर्नु होस् त ? अनि पो साँच्चै रेल ,पानीजहाज ,घर घरमा ग्यास जोड्ने कुरा गरेको कत्ति सुहाएको रहेछ भनेर बुझ्नु हुन्छ।

अरु कुरा यहाँ नगरौं ।फेरि मेराे साथ नै नआइ दिनु होला भन्ने डर क्या !! जसरी ती दुर्गम बस्तीका जनताहरुले सामान्य भन्दा सामान्य बिमार पर्दा, ज्वरो, झाडापखालाको मात्रै भएपनि सजिलै उपचार पाउँ भन्ने आश गर्दछन र उनीहरुकाे आशा, आशै आशमा सीमित हुन्छ। त्यसरी नै मैले पनि सोचेँ । आशा पनि कति सधैँ सानो राख्नु। आश नै त हाे ठूलै राख्दिम् न, आखिर पूरा हुने होइन क्यार भनेर मैले पनि हजुरलाई सँगसँगै घुम्न निमन्त्रणा गरेकाे। कृपया मेरो ह्रदय देखि नै निमन्त्रणा छ हजुरलाई।आउनुहोस् एकफेर सँगै हिडाैं भ्रमण वर्ष २०२० पनि सफल पार्न ।

अनि पासको चिन्ता नगर्नु  होला है मन्त्री ज्यू। त्यहाँ मैले चिनेको एकजना नेता हुनुहुन्छ । उहाँले सबै व्यवस्था मिलाइ दिनुहुन्छ!!

Profile Image

पुष्प रोकाय  

हाल भरतपर , चितवन

 
                         

                       

Leave a Comment

Your email address will not be published. Required fields are marked *