लक डाउन भएकाे ६० दिन बित्याे। सङ्क्रमित र मृत्यु हुनेकाे सङ्ख्या बढेकाले लक डाउन दुखदायी त छँदै थियो, त्यसमाथि झन डर र त्रास थपिदैछ।। डर र त्रासलाई हटाउन आफ्नाे course book पढेँ । युवामञ्च, मधुपर्क, बालपत्रिका , काेपिला लगायतका थुप्रै साहित्यिक लेख तथा रचनाहरु पढेँ। त्यसैगरी केही समय नेपाली, हिन्दी, अङ्ग्रेजी र प्रेरणादायी चलचित्र हेरेर दिन बिताएँ।
कहिलेकाहीँ काेठामा त्यत्तिकै बसिरहँदा बाल्यकालकाे याद आउँथ्याे । सानै हुँदा टाेल छिमेकका साथी र दिदीबहिनी मिलेर बनभाेज गएकाे, चैत बैशाखकाे समयमा ऐँसेलु र काफल खान गएकाे, साथी साथी मिलेर लुकामारी, चुङ्गी, गट्टी खेलेकाे यी सबै कुरा अहिलेकाे समयसँग तुलना गर्दा म कुनै सपनामा नै पुगेको अनुभूत गर्छु।
हजुरबुवाले पहिले सानै हुँदा सुनाउनुभएकाे इतिहासका कुरा त्यतिकै भनेकाे हाे जस्तो लाग्थ्याे। तर अाज विगतका कुरा साँच्चै हाे जस्ताे लाग्छ। हजुरबुवाले भन्नुहुन्थ्यो विगतमा पनि विभिन्न समयमा ठ्याैला, दादुरा, बिफर, हैजा जस्ता राेगले थुप्रै मानिसको मृत्यु भएको थियोे रे! मैले सानै हुँदा सुनेकाे भएकाले हास्यव्यङ्ग्यमा उडाइदिएकाे थिएँ। अहिले आफैले काेभिड १९ जस्तो महामारी भाेग्नुपरेकाे छ। विश्व नै त्रसित तथा राेगव्याधिग्रस्त बनाउने याे महामारी काेभिड १९ विरुद्द लड्ने राेग प्रतिराेधात्मक क्षमताको वृद्धि गर्न तम्तयार हुनु परेकाे छ। समयले सबै मानिसलाई समय दिदाें रहेछ।
कहिले विनाशकारी भूकम्प जस्ताे प्रकाेपकाे सामना गर्नुपर्याे त कहिले काेभिड १९ जस्ताे महामारी खेपेर मलाई मलाई अहिलेसम्मकाे मेराे जिन्दगीकाे साढे एक दशक समय बिताउन त हम्मे हम्मे परेकाे छ । म साेचिरहन्छु , स्वर्गीय हुनुभएको मेराे हजुरबुवाले ९ दशक समय कसरी बिताउनुभयाे हाेला? यस्ताे प्रकाेपकाे सामना नगर्न नै हजुरबुबा नवाैं दशक पूरा हुनासाथ भगवानकाे प्याराे हुनुभएकाे हाेला।
मैले course book का साथसाथै प्रेरणा दिने खालका अन्तर्राष्ट्रिय लेखकका किताबहरु पनि पढ्दैछु। Anthony Robbins द्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘Awaken the giant within’ , Rhonda Byrne द्वारा लिखित ‘The secret’ र Florence Scovel Shinn द्वारा लिखित ‘The game of life and how to play it’ जस्ता प्रेरणादायी पुस्तक पनि लक डाउनकै बेलामा पढेर पनि सकेँ। Anthony Robbins द्वारा लेखिएको ‘Awaken the giant within’ मा अमेरिकाकाे क्यालिफोर्निया, काेरिया, चीन, फिजि लगायतका विभिन्न स्थानका विशेषता पढ्दा म पनि उक्त ठाउँ गएर हावामा बेलुन उडे जस्तै उडेकाे अनुभव भयाे। याे किताबमा हाम्रो जीवनमा गर्नुपर्ने परिवर्तनका कुराहरु पनि लेखिएको रहेछ। किताब पढिसकेपछि आफू यस ठाउँमा नै नरहेर अन्त कुनै सुखी र एकान्त स्थानमा पुगेकाे अनुभूति हुँदा लकडाउन नै नभए जस्ताे लागेकाे छ ।
बन्दाबन्दीकाे समयमा घरायसी कामहरु पनि थुप्रै सिकेँ। त्याे नियाल्दा बन्दाबन्दीकाे समय वरदान जस्तै लाग्दछ। तर सानो काेठामा आफू कैद हुँदा कहिले कहिले याे समय अभिशाप जस्तै पनि लाग्दछ । अहिले आएर बल्ल थाहा भयाे मलाई ‘मान्छे समय र परिस्थितिसँग जिउन सक्नुपर्छ’ भनेकाे के रैछ भनेर। याे बन्दाबन्दीकाे समयमा मैले न त इतिहास सुन्न पान। न त पाैराणिक कथा न त प्रेरणादायी कुराहरू नै सुन्न पाएँ। ती सबै कुराहरु सुनाउने हजुरबुबा नै स्वर्गीय हुनु भइसक्याे। कहिलेकाहीँ त लाग्छ समय पनि कस्ताे निष्ठुरी। जब म हजुरबुबाले भन्नुभएको कुरा बुझ्दिनथे तब मलाई उहाँसँग बिताउने र कुरा गर्ने समय जत्ति पनि थियाे।अब म उहाँले भन्नुभएको कुरा बुझ्छु तर उहाँले याे संसार त्याग्नु भइसक्याे। कस्ताे अनाैठाे छ जिन्दगीकाे यात्रा। अस्थिर रुपमा चलिरहने।
बन्दाबन्दीकाे समयमा नयाँ नयाँ काममा निपुण हुँदै राज्यको नियम कानुनहरु पूर्ण रुपमा पालना गरेकी छु। मरेपछि स्वर्ग देख्नु भन्दा पहिले हामी आफैले आफ्नाे मातृभूमिलाई स्वर्ग तुल्याउनकाे लागि राज्यको नियम उल्लंघन नगराै। आफू पनि बाँचाैँ र अरुलाई पनि बचाऊ।
आज हामी लक डाउनमा छाैँ, लक डाउन खुलेपछि हामी नवीन जाेश, जाँगर र तत्परताका साथ देश विकास र रचनामा लाग्ने छाैँ । अँध्यारो पछिकाे उज्यालो अवश्य नै आउँछ। त्यसैले उज्यालोलाई पर्खन अँध्यारोमा भएका बाधा व्यवधान सहनुपर्छ।अहिले बसन्त ऋतु नै बसाइ सरेकाे छ र शिशिर ऋतुकाे आगमन भएकाे छ। शिशिर पछिकाे बसन्तलाई पर्खन शिशिरमा आइपर्ने समस्यासँग जुध्नुपर्दछ। हामीले राज्यकाे नियमकाे पूर्णरुपमा पालना गरेर अर्थात केही समयकाे प्रतिक्षा पछि अवश्य नै हामी लकडाउनबाट स्वतन्त्र हुनेछाैँ। प्रतिक्षाकाे फल स्वादिष्ट हुन्छ। स्वादिष्ट फल प्राप्त गर्नका लागि हामी सबै मिलेर राज्यकाे नियम कानुनकाे पालना गराैँ ।
सुवर्ण श्रेष्ठ
दाेलखा
No responses yet