Postmortem ko Katha
Trigger Warning: Death
This episode contains graphic and auditory depictions of death and dead bodies. Viewer discretion is advised.
सावधान !
यस कथामा मरेका मान्छेका चिरफार, रगत र अन्य विचलित बनाउन सक्ने संवाद र दृश्यहरु छन् ।
“ बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगी
बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी ”
विश्वनाथका दम्पत्तीसँग सम्पत्तीको नाममा सग्लो जिन्दगीबाहेक केही छैन ।
मेची बगरमा घाम पानी छेक्ने छानो आफ्नो हो । टेक्ने जमिनको मालिक अर्कै हो । दुबै जना अस्पतालमा काम गर्छन् । श्रीमती सरसफाइको काम । श्रीमान् पोस्टमार्टमको काम ।
विश्वनाथलाई कसैले उनका विगत र उमेरमा देखेका सपनाका बारे सोध्यो भने जिस्क्याए झैं लाग्छ ।भन्छन्, सपना देख्ने औकात कहाँ थियो र । बस् कमाउनु र खानु ।
अस्पतालमा भेटिए दिपेश यादव । उनले पनि पोस्टमार्टमको काम गर्न थालेको ५ महिना भयो ।
बाँचुन्जेल गाँसिएका ममताका त्यान्द्रोहरु मरेपछि एकाएक चुँडिदा होलान् । छाडी जानेको वियोगमा प्रिय मान्छेहरुको मुटु बेस्सरी गाँठो पर्दो हो । यी त सब मर्नु र बाँच्नुका संवेग न हुन् ।
विश्वनाथको लागि कसैको मृत्यु केवल अर्को एक दिनको काम हो, कमाई हो ।
मरेपछि पनि सजिलो त कहाँ छ र । अस्पतालका चिकित्सकहरु मृत्युको कारण खोज्न थाल्छन् । शंका निवारण गर्न खोज्छन् । विश्वनाथ मान्छेका शरिरका अंग अंग चिरेर डाक्टरलाई मृत्युका सबुत देखाइदिन्छन् ।
आफन्तहरुले शव लिएर गए । विश्वनाथ, रुपेश र राजेशको अहिलेको काम सकियो ।
मुर्दाघरमा जब कोही मान्छे, मरेको मान्छे भएर आउँछ, उनीहरुको काम फेरि सुरु हुन्छ ।
No responses yet