Bhurti Gaunko Katha EP18

दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् ।  यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Gajendra Sirko Katha EP17

बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी …

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा

Bau Chhoriko Katha EP15

Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं । झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल …

Zindagiko Katha EP14

जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै …

Babanpurka Gothalaharu EP13

बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो । सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । …

Eklo Katha EP12

Eklo Katha – Herne Katha Episode 12 – बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

Simanako Katha EP11

सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् …

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र …

A Dark Story EP09

Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको …

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । …

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं । झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ …

Sunko Katha EP04

सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो । बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । …

Gharko Katha EP03

घरको कथा – उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको …

Chaukini ko Katha EP02

Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा । असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा …

Eauta School ko Katha EP01

Eauta School ko Katha – कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित मुस्लिम केटीहरु मात्र पढ्ने उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको एक दिनको कथा हो । हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य …