वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ ।
Lauroko Katha
वरपरका बजारमा कृष्णलाई लौरोवाला भनेर चिन्छन् । गाउँका चाहिँ उनी नामी धामी हुन् ।
धामी बसेर अरुका दुःख दूर गरिदिने कृष्ण लावड आफ्नै दुःख निवारण गर्न चाहिँ जंगल जान्छन् अनि लौरो खोज्छन् । सोझ्याउँछन्, चम्काउँछन् अनि बेच्न लैजान्छन् ।
कृष्ण लावड र परिवारको पेट लौरोले पालेको छ । आज हामी पनि कृष्णसँगै उनको जङ्गल यात्रामा जाँदैछौं
जङ्गलबाट फर्किँदा एक अँगाला लौरा भेटिएको खुसीमा कृष्णका आँखा सन्तुष्टिले भरिएका थिए ।
घर पुगेपछि अब लौरो सोझ्याउने काम सुरु भयो ।
आगोमा पोलेका लौरालाई उनले नजिकै रुखको कापमा लागेर पालै पालो सोझ्याए ।
लौरो बनाउने काम सजिलो कहाँ छ र । एउटा लौरो बनाउन २ दिन लाग्छ । कहिलेकाहिँ अझै धेरै ।
विहान बनाइराखेको लौरोलाई खास्की लगाएर चम्काएपछि उनी साँझ पर्ने बेला देहीमाण्डौ बजारतिर लागे ।
अबेरसम्म उनी बजारमै थिए ।
No responses yet