EP145 The Wild Flowers

प्युठानको उत्तरतिर – स्याउलीवाङ । स्याउलीवाङमाथि खलेजवाङ । खलेजवाङमाथि कोठीभिर । 

 

कोठीभिरका हिउँ पग्लेर चट्टानहरुसँग लुकामारी खेल्दै झर्ने पानीका लहरा – नौ बहिनी छहरा । छहराको शिरमा गोठ बस्ने पाटन । पाटनको गोठमा जुनी बिताएका दुई बहिनी । भिमला घर्ती र ललिमा घर्ती । 

 

कोठीभीरले उत्तरतर्फका धौलागिरी सेरोफेरोका हिमालचुली छेकिदिन्छ । हिमालबाट आउने हावा र बादल कसोकसो देउरालीको बाटो हुँदै यतै आइपुग्छ । अविराम समयको अनन्त यात्रामा हिमाली हावा र पानीले नै ऋतुहरु फेरिएका सन्देश लिएर आउँछन् । 

 

भिमला र ललिमा घामका रङ र जुनताराका बनौट हेरेर समयको रफ्तार पत्ता लगाउँछन् । बादललाई स्पर्श गर्छन् र थाहा पाउँछन् गोठ सार्ने तिथिमितिहरु । 

 

सदियौंदेखि ध्यानमग्न पहाडको काखमा भिमला र ललिमा आफैं पहाड झैं भएका छन् । पहाडको ध्यान विथोल्ने केवल – चराका आवाज, वनको सुसेली, झरनाको कलकल अनि वतासको बेग । 

 

समयको हिरासतमा बन्दी बनिरहेको आधुनिक भनाउँदो युगबाट टाढा कतै जङ्गलमाझ, कोठीभीरका काखमा बसाइरहेछन् दुई थुङ्गा फूल ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *