विद्या चापागाई लाई चन्द्रवीरका छोराले यसरि चिनेका थिए

विद्या चापागाई सहित हामी हेर्ने कथा टोली चन्द्रवीरको घर भर्खरै पुगेका थियौं । खुलेर कुराकानी भइसकेको थिएन ।  हाम्रो टोली उनको आँगन वरपर थियो । चन्द्रबीर र साइँला छोरा लोकराज आँगन छेउको फलेकमा बसेका थिए । चन्द्रबीरका अरु सन्तानजस्तै लोकराज पनि आँखा देख्दैनन् ।

चन्द्रबीरको घरमा टिभी छैन । रेडियो चाहिँ उनीहरुको हरवखतको साथी रहेछ । सबैजना रेडियो सुनिरहन्छन् । रेडियो बजिरहन्छ । चन्द्रवीरले कथामा पनि भनेका थिए राति १० बजे रेडियो बन्द हुन्छ अनि सुत्छु भनेर

लोकराजले हेर्ने कथा सहकर्मी विद्या चापागाईंको आवाज चिने चिने जस्तो गरे । त्यसपछि भएको थियो यो रमाइलो संवाद । हामीले मोबाइलमै भए पनि यो पर्दापछाडिको यो संवादलाई कैद गरेका थियौं ।

 

हेर्ने कथाको पाँचौं अंक बाटोको कथामा हामीले प्रस्तुत गरेको थियौं । चन्द्रवीर ओलीको कथा । उनको कथा यहाँ हेर्न सकिन्छ । 

बाटोको कथा प्रसारण भइसकेपछि आफ्ना अनुभवहरु संगालेर विद्या चापागाईले लेखेको ब्लग जिन्दगीका बाटाहरु यहाँ पढ्न सकिन्छ

2 Comments

  1. Ramro lagyo keep going dd best of luck for the upcoming season

  2. ashwin bhandri

    कस्तो खुशी वली बुवा मनमा हजारौं दुख भय पनि सधै खुसी रहने यो team ले यस्ता परीवारलाइ केही सहयोग गरेको सुन्न पाय हामीहरु पनि वली बा जस्तै खुसी हुने थीयौ #बाटो_को_कथा

Leave a Comment

Your email address will not be published. Required fields are marked *