रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन ।
१५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।
५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् ।
आफैंले कमाएर पढ्ने किशोर सपना बोकेर कल्पना भारततिर लागिन् । भारतमा धेरै नेपालीहरु भेटिन् तर बुबा भेटिनन् । पैसा कमाएर पढ्ने सपना बुनेकी कल्पनाले बिहेपछि श्रीमानले पढाउछ भन्ने आश्वासन पाएपछि भारतमा काम गर्दै गरेका राेल्पाका एक युवासँग बिहे गरिन् ।
तर सानै उमेरमा बिहे गरेकी कल्पनाले उमेरभन्दा धेरै दु:ख भाेग्नु पर्याे ।
समय बित्दै गयाे । आँटी कल्पनाले हरेस खाइनन् बरू बिबाह घर त्यागेर आफ्नाे सपनाकाे बाटाे पछ्याउदै जन्मघर फर्किईन् ।
उनलाई आमा र दाजुकाे साथ मिल्याे अनि फेरि पढाईलाई निरन्तरता दिईन् ।
‘गाउँकाले बिहे घर छाेडेर आएकी छाेरी भनेर कत्ति कुरा काटे । तर मैले उनीहरुकाे कुरा वास्ता गरिनँ । छाेरीकाे इच्छा अनुसार पढाेस् । पढेर केही गर्न सक्छ। म जस्तै दु:खी नहाेस् भनेर उनीहरुकाे सपनामा मैले साथ दिईरहेकी छु ।’ कल्पनाकी आमा छाेराछाेरीकाे साहस बनेकी छिन् ।
अहिले १२ कक्षामा पढ्दै गरेकी कल्पना प्रहरी बन्ने सपना बोकेर बिहानै शारीरिक व्यायाम गर्छिन् ।
शारीरिक व्यायाम गर्न उनका दाजु र साथीहरुले सहयाेग गर्छन् ।
आज सबेरै प्रहरीको लिखित परीक्षा दिन नेपालगञ्ज जान लागेकी छोरीलाई आमाले बिदा गरिन्
कल्पना प्रहरी बन्ने सपना बोकेर बाटो लागिन् ।
No responses yet