हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं – फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।
प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए ।
प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए । सूर्य अहिले कहाँ छन् प्रकाशलाई थाहा छैन ।
प्रकाशको विगतको बारेमा खोजिनिति गरेपछि वर्षौं हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो भनेर हामी कल्पियौं । प्रकाशले पनि घर खोज्ने इच्छा देखाए ।
साहु प्रकाशलाई सजिलै पठाउन मान्दैनन् भन्ने थाहा थियो । उनका केही शुभेच्छुकहरूले साहुलाई खबर नै नगरी सुटुक्क हिँड्ने सल्लाह दिए । तर हामीलाई चाहिँ सल्लाह गरेर नै जाँदा ठीक होला भन्ने लाग्यो । साहुलाई मनाउने जिम्मा प्रकाशले लिए । हामी विहान प्रकाशको साहुको घरमा पुग्यौं ।
साहुनी मानेकी थिइनन् । साहु दोधारमा थिए । एकछिन तनावको वातावरण भयो । साहुले १० दिनमा प्रकाशलाई गाउँमै ल्याएर नबुझाए ‘पुलिस केस गर्छु’ सम्म भने । हामीले तल जगत भन्ने ठाउँसम्म ल्याएर छाडिदिन्छौं भन्यौं । १० दिन भित्र प्रकाशलाई जिम्मा लगाउने शर्तमा हामीले गाउँ छाड्यौं ।
प्रकाशले भनेको झापाको तीन कठ्ठे भन्ने गाउँ पत्ता लगाउन साथी पर्वत पोर्तेलले सघाए ।
हामी सबै डर र अन्यौल बोकेर हिँडेका थियौं । प्रकाशको गाउँ र परिवार भेटिने नभेटिने टुङ्गो थिएन । त्यसपछि केके भयो कसरी प्रकाशका आफन्त भेटिए सबै कथामा नै हेर्न सकिन्छ ।
माथि भोजपुरमा प्रकाशका परिवारले ‘फर्कनु पर्दैन यहिँ बस्नु’ भनेका थिए । साहुलाई दिएको वचनले प्रकाश पनि बाँधिएका थिए, हामी पनि बाँधिएका थियौं ।
हामी काठमाडौं फर्कियौं । साहुका एक जना छोरा काठमाडौंमा बस्दा रहेछन् । हामीले उनलाई नै प्रकाशको जिम्मा लगायौं । उनले प्रकाशलाई छेकम्पार फर्काउने व्यवस्था गरे ।
यो बिचमा केही पटक प्रकाशसँग हाम्रो फोन सम्पर्क भएको थियो । र पछिल्लो पटक आज प्रकाशसँग फोनमा कुरा भयो । उनी अहिले चुम भ्यालीमै रहेछन् । प्रकाशले भनेका केही कुराहरु उनकै शब्दमा :
“ म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ ।
घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन । अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नु पर्छ भन्नु भयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ ।
नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने ।
पाँच-छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।
खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर “गोरुले दुःख दियो छिटो आइज” भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु ।
6 Responses
Whole Story desh vari sabai lai thaha vaisakeo. Kosaile najik job kei milauna sake dherainai ramro hune theo.
जन्मजात अन्धाे र दुर्घटना, राेगले पछी अन्धाे भएकाहरू फरक हुन्छ । त्यसै गरि प्रकाश पनि जन्मजात अन्धाे जस्तै भए ।।
शहर, बजार, गाउँ बस्ती, समाज, देश के हाे नै नबुझ्ने १० वर्षकाे उमेरमा नै जेलका बार रूपी हिमाल भित्र कैद भएका प्रकाशले झुल्लुङ्गे पुल नै पहिलाे पटक देखर अनाैठाे माने । अहिलेकाे समयमा विकट ठाउँहरूमा सडक नपुगे पनि ट्रयाकहरू खाेलिएका छन् । सानाे तिनाे बाटाहरू खन्निएकाछन् । तर अझै सम्म पनि डाेजर नै नदेख्नु , डाेजर देख्दा अचम्म मान्नु उनि हिमाल भित्र कैद भएका हुन् , कैद गरिएका हुन् भन्ने धुविधा भएन । उनका साथी सुर्य भागरे उम्किन सफल भए तर उनी भाग्न नसकेर लाचार भएर जीवन सेताे हिमाल भित्र कालाे अँध्याराे भित्र बिताउनु पर्याे । शहर, बजार, सदरमुकाम सम्म पनि जान पाएनन् । शहर, बजार, देश भन्ने हाती छामे झै सम्म पनि अनुमान लगाउन पनि पाएन्न । उनी अन्यायमा परेकाेमा कुनै दुइमत छैन । उनलाइ त्यसरी अन्याय गर्नेलाइ सजाय हुनुपर्छ वा उनलाइ क्षेतिपुर्ति पाउनु पर्छ । Kevin Carter विश्व विख्यात फाेटाे खिचे तर मानवताका प्रश्नले उनकाे दुखान्त अन्त भयाे । विद्या चापागाइ जी ले पत्ररकारीता मात्रै गर्नु भएन मानव कल्याणकाे पनि कार्य गर्नुभएकाे छ, त्यसैले आज विद्या चापागाइ र उहाँकाे टिम लाइ सबैले नमन गरेका छन् । चारैतिर वाह वाही छ । तर कथा भने अझै सकिएकाे छैन । प्रकाशकाे न्याय पछी मात्र याे कथा टुङगिने छ । याे लडाइमा प्रकाशलाइ जिताउन कुनै एक कुशल संस्था टिमकाे आवश्यक छ ।
हामी सवैले सक्दो सानो सानो सहयोग गरि एउता सानो वास तथा जिवन चलाउनलाई जग्गा किनिदिएर बाकी जीवन उहाँको बा-बा आमालाई सेवा गर्न पाए हुनेथियो ।
Prakash ko ichchha ko 1000 ko dainik jyala Diyera jindagivar kam Dina tayar xu ma !
देश परदेशमा रहेका मनकारी नेपालीहरुबाट सानो सानो आर्थिक सहयोग संकलन गकेर भए पनि प्रकाशलाई घर फर्काएर आयमुलक काम गराउनु पर्छ ॥ सानो तिनो आर्थिक सहयोग हामी जुटाउन्े जमर्को गरौला ॥ धन्यबाद बिद्या म्याम
के भन्ने मत “हराएका वर्षहरू” देखेर निःशब्द भए । यस्तो उत्कृष्ट कृति तयार पार्नु भएका सम्पूर्ण “हेर्ने कथा” परिवार र विद्या दिदी लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। 🥰