EP142 Gulmi Express

स्कटल्यान्डको पर्थ शहरको मुटुमा ग्र्याम्पिन नामको होटल छ । होटल बाहिर इँगल्यान्ड र स्कटल्यान्डको झन्डासँगै नेपाली झन्डा पनि फरफराइरहेको छ । स्कटल्यान्डको ग्र्याम्पिन पर्वत श्रृंखलाको नामबाट राखिएको होटलका मालिक हुन् काशिराम भण्डारी । 

 

काशिरामको कथा

 

गुल्मीको एउटा विकट गाउँबाट ४२-४५ सालतिर  काशिराम कमाउन भनी भारत गएका थिए । जसरी सारा गाउँ पैसा कमाउन बम्बै जाने गर्थ्यो । 

 

बुबाले भैंसी किन्न लिएको ७०० रुपैंया ऋण बुबा बितेपछि काशिरामको थाप्लोमा आइलाग्यो । १२ वर्षका बालख काशिराम भिनाजू पर्नेसँग लाहुर हिँडे । 

 

इन्डियाबाट दुबइ पुगेका कासिराम होटलमा काम गर्न भनी सन् २००४ को अन्त्यतिर स्कटल्यान्ड आइपुगे । 

 

 

काशिराम जुन होटलमा काम गर्न आएका थिए, त्यो होटल साहुले बेच्ने भए ।  काशिरामले साथीहरुसँग मिलेर होटल किने । काशिरामसँग अहिले ५-६ वटा आफ्नै होटल छन् । काशिरामलाई जिन्दगीले कहाँ पुर्यायो !

 

जिन्दगीका कतिपय उतारचढाव त काशिरामले बिर्सिसके । तर सन् २०१४ मा उनको जीवनमा कहिल्यै नबिर्सिने घटना भयो । काशिरामले सुरु गरेको एउटा नयाँ रेष्टुरेन्टको उद्घाटन गर्न बेलायतका तत्कालिन प्रधानमन्त्री गोर्डन ब्राउन नै आइपुगे । 

 

गुल्मीको गाउँमा काशिरामकी आमा एक्लै बस्छिन् । एकपटक यता आइकी आमालाई फेरि आउन मन छैन । कासिरामले घरको दै लोमा क्यामेरा राखिदिएका छन् । मोबाइलमा हेरेर आमाको न्यास्रो मेटाउँछन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *