पुलिसको भ्यान

साेमबारको दिन थियो। सधैं झैँ आज पनि भान्साघरबाट आमाले नानी ६ बजिसक्यो, चिया खान आइज भन्नुहुन्छ भनेर सुति रहेको थिएँ। तर त्यसदिन आमाले बोलाउनु अघिनै घर बाहिरबाट धेरैनै हल्ला सुनियो। पहिले त बिहानमा टाढा टाढाबाट साइकलमा तरकारी बेच्नेहरु आउँथे पक्कै उनीहरु नै होलान् भनेर बाहिरसम्म पनि निस्कन अल्छि गरेँ। आमाको ‘नानी माथि आइज’ शब्दकै प्रतिक्षामा …

ज्यामी दाइ

जीवन मूल्यवान त थियो नै! तर कति मूल्यवान हुँदोरहेछ भन्ने आधार र प्रमाण यो महामारीको संत्रासले पक्कै आकलन गर्न सकिन्छ। भोलिका दिनमा खै यो मास्क लाउने चलनले कतिसम्म निरन्तरता पाउँला! तर आज चाहिँ मास्क लगाउनुपर्ने बाध्यता छ। हातमा लगाउने सेनिटाइजरको बजारको मागले भने मास्क र सेनिटाइजरको व्यापारीहरुलाई गतिलै फाइदा भएको हाेला। यो संकटमा गाउँ जाने …

कसरी म भुलें केमा म भुलें…

प्यारो सम्झनाको बगैंचा, तिमीलाई सम्झिँदै म त फेरि आएँ आज अर्को सम्झना रोप्न आएँ रोप्दा रोप्दै कलमको मसी रोकियो। आकाशमा उडने हवाईजहाज रोकियो। गुडी हिँड्ने मोटर रोकियो। रोकियो उडी हिँड्ने प्रदुषण। रोकिएनन् त दुःखी हिँड्ने पाइला। अनि रोकिँदैनन् खै आमाको चिन्ता! दिदीबहिनीको हाँसो र नाच रोकिँदैनन्। बाबाको न्युज 24 रोकिँदैन र रोकिँदैन छिमेकी आन्टिको गफ। …

‘बिसु’काे सम्झना

बहिनी यसपालि एस.इ.इ परीक्षाको तयारीमा थिइन्। उनकाे परीक्षा स्थगित भयाे। केही दिनपछि नेपाल सरकारले लकडाउन सुनायो। बस टिकटको लागि गोङ्गवु बसपार्कबाट २ चोटी रित्तै हात फर्कनु पर्यो। साथीहरुलाई समेत टिकटको लागि भनेको कतै भेटिएन। र अन्त्यमा जे जस्तो भए पनि अब काठमाडौं मै बस्ने निधोँ गरे। आजभोलि घरबाट आमाबुवाले दैनिक फोन गर्नुहुन्छ। आफ्नो कोठामा बसिरहनु, …

मनकाे सन्नाटा

म अहिले दिपायल, डोटीबाट करिब ८३२ कि.मि. टाढा रहेको गोठाटार, काठमाडाैंमा बस्दै आइरहेको छु । गाउँ छोड्दा अरुले झैँ मनमा अनगिन्ति सपनाहरु साँचेको थिए सके लोक सेवामा नाम, नसके राम्रो निजि कम्पनीमा काम, परिवार प्रतिको मेरो जिम्मेवारी बढ्दै गएको जो थियो। तर अहिले आएर मेरो मात्रै के भनौँ पूरै संसारको प्रगति, उन्नति, आशाको घडी एकएक …

मेरी आमा र गोमा आमाकाे त्याे भेट

२०७६ साल जसरी २०७७ सालको नयाँ वर्षको उमगं हामी माझ छ कि छैन त थाहा छैन, तर कोरोनाको त्रास भने देशविदेशका मानिसको मन र मस्तिष्कमा यसरी गडीन पुगेको छ कि, मानिसहरु आफूले माया गर्ने व्यक्तिहरुको मुहार हेर्न आफ्नो गाउँघर फर्कने चहानामा देखिन्छन्। जसरी काक्रो खादैँ जादाँ फेद तितो हुन्छ, त्यसरी नै हेर्ने हो भने, विदेशमा …

लकमा छु, डाउन भएको छैन

बिहानको किरणसँगै मेरा आँखाका परेली पनि झुल्के घाम र नयाँ परिवर्तन हेर्न आतुर छन्। तर सधैँ जसो मेरो दिनको सुरूवात इन्टरनेटमा “कोरोना” भाइरसको अपडेट संगै हुने गरेको छ।  मलाई लक डाउनको तेस्रो दिन सम्म पनि थाहा थिएन “लक-डाउन”को अर्थ के थियो भनेर तर पालना भने गरिनै रहेको थिएँ। बिस्तारै फेसबुक र इन्टरनेट तिर यसको व्यापक …

फेरिएका दिनहरु

लकडाउनले म लगायत धेरैको दैनिकी फेरिएको छ।  म कर्मथलोबाट जन्मथलो फर्किएको छु । मेरो घर तराईमा पर्छ। गाउँघरका मान्छेहरु खेतबारीको काम गर्न अनि गाईवस्तु चराउने सिलसिलामा घर बाहिर निस्किरहनु पर्ने हुनाले यता मान्छेहरुको चहलपहल भैरहन्छ।                                            …

सपनाकाे महल

जब चीनको बुहान सहरमा कोरोनाको आतंक मच्चिरहेको थियाे, त्यतिबेला हामी काम गर्ने देशमा त्यस्तो केही हल्ला खल्ला थिएन। हामीलाई त पत्यार नै लाग्दैन थियो कि त्यसले यति ठूलो रुप लिनेछ भनेर। हामीले काम गर्ने छिमेकी देश इरानमा नि निकै मानवीय क्षति भैसकेको थियो। त्यसपछि यसकाे बारेमा चासो बढ्न थाल्यो। अनि मनमा डर पनि। बिस्तारै हामी …

अरबमा एकदिन

जिन्दगीकाे सँधै एउटै रुटिन उत्साह त खासै थिएन तैपनि दिन हो बितिदिन्छ, म हुँ बिताइदिन्छु । पहिलो बर्ष हो अरबमा। निन्द्रा मजाले नखुली नै a/c को भ्यार्‍र्‍र आवाज सधैं झै… बेड छेउमा रहेको टेबल माथिको रिमोटले बन्द गरिदिएँ। सँगै भएको मोबाइल ताने अनि थाहा भो बिहानको ९:३० भएछ। टाइम चेक पछिको दोस्रो काम १ मेसेज, …

आफूलाई बुझ्दै

सहर बसेको पनि ६ वर्ष भैसकेछ । गाउँबाट एस.एल.सी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौँ छिरेको म ठिटो , हेर्दा हेर्दै २४ वर्ष लागि सकेछु । गाउँकै एक सामान्य सरकारी विद्यालयबाट एस.एल.सी प्रथमश्रेणीमा उतीर्ण हुँदा के के न पाए र जस्तो भएकाे थियाे। साथमा केही सपना बोकि काठमाडौँ  छिरेको म गाउँ र काठमाडौको वातावरणमा आकाश …

डायरीमा आमा

हुन त अरुको डायरी पढ्न रमाइलो लाग्छ ! तर मैले भने तिमीलाई पहिलो चोटी सम्झिने कोसिस गरेकी छु ।  पहिलो चोटि तिमीसँग मित्रता गाँस्दा आफ्नो जीवनको अभिन्न अंगकाे बारेमा तिमीलाई केही बताउन चाहे। मेरो जीवनको महत्वपूर्ण अङ्ग अर्थात ‘मेरी आमा !’ सानैदेखि परिवारसँगै हुर्किने मौका पाएँ । परिवारबाट टाढा छुट्टै बस्ने अनुभव नै भएन । …

‘मुटु माथि ढुङ्गा राखि हाँस्नु पर्या छ’

याे स्वास्थ्यकर्मीहरुले आफ्नो जीवनलाई खुकुरीको धारमा राखे झै गरेर काम गरिराख्नु परेको छ । काम नगरौँ भने पनि सकिन्न।गर्न पनि डरमर्दाे। तर यो स्वास्थ्यकर्मीको जिम्मेवारी हो । म पनि एक स्वास्थ्यकर्मी हुँ। देशमा लकडाउन छ । मलाई भने लकडाउनले झनै बढी संवेदनशील व्यस्त र अझै जिम्मेवार बनाएको छ। मैले काम गर्ने अस्पतालले आकस्मिक सेवा, अन्तरंग सेवा …

मलेसियाको उकाली ओरालीहरुमा

कामको सिलसिलामा म मलेसिया आएको आउँदो अगस्ट ४ तारिखमा ६ वर्ष पुग्छ। म अगस्टको १/२ तारिखमा घरमा जाने आशामा बसेको छु। म यहाँ सुरक्षागार्डको काम गर्दैछु। सुरक्षागार्डलाई न त छुट्टी मिल्ने न त आराम नै मिल्ने। नियमित कामको सास्ती पाएको अवस्थामा लकडाउनले गर्दा ड्युटीमा मलाई केही राहत मिलेको छ । मलेसियामा अहिले देशभर कोभिड-१९ रोगले …

बाँडिएको मन

चैत्र १० गते सोमबारको दिनसम्म कार्यालय जानु परिरहेको थियो। एकाएक साँझको करिब ६ बजेतिर समाचारमा सुनेँ “भोलिबाट सरकारी कर्मचारीलाई घरबाटनै काम गर्ने वातावरण मिलाइने भयो।” लामो समयदेखि घर जान आत्तिरहेको मेरो मन खुसी हुँदै इसेवामा फ्लाईटको टिकट हेर्न पुग्यो । किनकी लामो दुरीका गाडीहरु दुई दिन अघिबाट नै बन्द भैसकेका थिए। भैरहवा, नेपालगंज, पोखरा कहाँको …

राहत कसलाई ?

म आफ्नो घरमा बन्दाबन्दिमा रहेर झ्यालबाट देखिएको राहत बितरणका नमूना हेरिरहेकाे छु। र केही पात्रहरूको बारेमा तपाईंलाई बताउँदैछु। पहिलो पात्र : यी पात्र शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ तर स्नातकोत्तर गर्नुभएका।उहाँकी श्रीमती पनि शारीरिक रूपमा श्रीमान जस्तै हुनुहुन्छ तर सरकारी तलब लिने सेवामा हुनुहुन्छ। त्यो घरमा एउटा गैरसरकारी, गैह्रनाफा मुलक संस्थाको बोर्ड झुन्डिएको छ जुन वहाँको …

आ-आफ्नै कथा

वर्ष दिनको महान चाड दशैँलाई बिदा गरेर तिहार नजिकिँदै गर्दा, परदेशीहरु घरदेश फर्किने समयमा गाउँभरी मखमली अनि चमेलीहरु फुल्दै गर्दा, म भने, मनभरी घरदेशको सम्झना अनि आखाँभरी सपनाहरु बोकेर, जीवनकाे पहिलो जहाजमा, एउटा बेग्लै यात्रा तय गर्न निस्किएँ— बाबा आमाको आशीर्वादलाई शिरमा सजाएर । साथीभाइ अनि आफन्तको मायालाई हृदयमा सङ्गालेर, २०१९ को अन्त्यतिर, अक्टोबर महिनाको …

इन्टर्न डाक्टरको डायरी

मेरो इन्टर्नसीप दैनिकी भने सबै कुराहरु बन्द रहँदा पनि सदा झै खुल्लै छन्। म चाहिँ नेपालगन्ज मेडिकल कलेजमा कार्यरत इन्टर्न डा.रोजी थपलिया। डब्लु एच ओले विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै काठमाडाैं विश्व विद्यालय अन्तर्गतका सबै पठन पाठन बन्द भयाे। छात्र छात्रावास पनि खाली खाली छ। छात्रावास अहिले भूत बंगला भन्दा कम लाग्दैन मलाई। सबैको …

साइँला बा !

माछापुछ्रेको छेउबाट मडारिँदै गएर कालो बादलको ढिक्का कहिले धौलागिरिमा त कहिले निलगिरिमा ठोकिन्थ्याे।  डाँडाको टुप्पोबाट निहालिरहँदा पूर्वी चैते बताससँग मिसिएर आएका पानीका थोपाले प्याट्ट हान्दा शरीर झसङ्ग हुन्थ्यो। केही बेरमै पानीले चुर्लुम्म भिजेका दुबोका मुनामा टेक्दै तल झर्नुको मज्जालाई आखिर केले जित्न सक्थ्यो र ! सधैजसो नौलो बिहानी। घरको मिठो सम्झना अनि घामको मिठो स्पर्शसँगै …

एघार बज्न लागिसक्यो

म बिहान आमैको सत्ताइसौं बोलावटमा उठेँ। मुख धोएँ र भान्सामा गएँ। समय साढे दश! “के हो आज तरकारी?” त्यही नियमित प्रश्न। अनि उत्तरको लागि दिमागमा चार ओटा अप्सन। आमैले अप्सन ए रोज्नुभो, यसो ढकन सारेर हेरेँ, सही जवाफ रैछ ।  खाना खाइसकेपछि, अफिसको काम गर्नलाई हाजिर गरेँ। खाना खाएर एकछिन नसुते त “वर्क फ्रम होम …

अस्पतालको ड्युटी

टिरिङ टिरिङ…. बिहानै मोबाइलको अर्लाम बज्छ । उठेर घडी हेर्दा ठ्याक्कै ०६:३० बजेको छ । हतार हतार बाथरुम छिरेर फ्रेस हुन्छु । किनकी ०७:०० बजे ड्युटी भ्याउनु छ । २ वटा टिफिन बक्स (खाना र तरकारी ) झोलामा हाल्छु केही फलफूल पनि । साथीहरू कपडा लगाएर तयार भैइसकेका हुन्छन् । म पनि हतार गर्दै जुत्ता …

जाेखिमकाे यात्रा

बिहानको झुल्के घामसँगै कल्याङकुलुङ चिर्बिराइ रहेका चराहरुको मधुर आवाज । क्षितिज पारीबाट चिहाइरहेको मधुर सूर्यको किरण । त्यसमा सुगन्ध बिनाको शाकुराका फूलहरुले बिस्कुन लगाएका। बिना संकोच , बिना आवाज बिना गन्तव्य लम्की रहेको खोलाले कति रमणीय आभास गराउँछ । तर यथार्थ त्यो भन्दा बिल्कुलै भिन्न अनि कहालीलाग्दो छ। अहिले बिपत्तिमा जीवन र मरनको दोसाँधमा हरेक …

त्याे पहिलाे ‘मेसेज’

म पोखरामा बसेर कानुन विषय पढ्दैछु।मेराे दोस्रो सेमेस्टरको परीक्षा चलिरहेको थियो । यसै त हाम्रो परीक्षा ढिला सञ्चालन भइराखेको बेला झन् कोरोनाले गर्दा अर्को सूचना नआइन्जेल सम्मको लागि परीक्षा स्थगित भयो । त्यस्तो सूचना जारी हुने बित्तिकै घर नगइकन  आमा र भाइ डेरा गरेर बस्नु भएको ठाउँ काठमाडौं पुगेँ । एकहप्ताको लागि मात्र लकडाउन हुन्छ …

मेराे बखत भाइ !

खै, के लेखौ! खासै लेख्न पनि आउँदैन। जानेको पनि छैन तर नलेखी पनि बस्न सक्दिन । कहाँबाट सुरु गरौं भन्ने भेउ नै पाइन। हात थरथरी कामेको छ। सम्झियो अनायासै आँखा रसाइहाल्छ । रोजगारीको सिलसिलामा आफ्नै जन्मभूमी अनि जन्मदिने आमा र सारा परिवारलाई छोडेर परदेश लागेको पनि आज ठ्याक्कै २३ महिना बितेछ । परदेश हो कहिले …