यस्तै छ गाउँको तस्बिर

मार्क्सवादी लेखक अशोक सुवेदीको सामाजिक सञ्जाल हिजोआज गाउँका तस्बिरले भरिएका छन् । रामेछापको मन्थली नजिकै रहेको सिर्जनानगरतिरका तस्बिर देख्दा गाउँको तिर्सना मेटिन्छ । उनले खिचेर पोस्ट गरेका सुकुमार र ‘भर्जिन’ प्राकृतिक दृश्य, ग्रामीण श्रमशील जनजीवन, रहनसहन र ग्रामीण जीवनशैलीले आफ्नै बाल्यकाल सम्झाउँछन् । अझ उनका शारीरिक र मानसिक श्रमसँग गाँसिएका तस्बिरहरूले असाध्यै लोभ्याउँछन् । म …

विपदमा गाउँघर

कोरोना भाइरस संक्रमणले विश्वलाई थला पारिरहेछ । दैनिक हजार भन्दा बढीको मृत्यु भयो भन्दा मन अत्तालिन्छ । त्यही माथि विश्वका शक्तिशाली राष्ट्रहरुले परास्त गर्न नसकेको कोरोना भाइरस संक्रमण हाम्रो सानो मुलुकमा फैलिए के होला ? निरन्तर यही प्रश्नले झक्झकाइ रहन्छ । पेशाले पत्रकार हुँ । चाहेर वा नचाहेर पनि देश भित्र र बाहिर के भइरहेकाे …

एलिनाको डायरी

मलाई लेख्ने मान्छेहरु औधी मन पर्छन् । मैले पनि लेख्न सकुँ भन्ने सधैं लाग्छ । तर मेरा लेखाइहरु मेरो दिमागमै मात्र घर बनाउँछन् र बाहिर निस्किन मान्दैनन् ! यस्तो हुनुमा दुइटा कारण छन् । मुख्य कारण, म अल्छी छु । अर्को चाहिँ मैले थुपारेका डायरीका चाङहरुमा राम्रै कुरा मात्र भर्ने चाहना !  यही दुई कारणले …

उडिरहने मन

 म पनि घरभित्रै कहिले छत, कहिले भित्र गरिरहन्छु । भित्रै बसेका बेला “हेर्ने कथा ” का छुटेका अंकहरु हेर्छु । हिजोआज सबैले विभिन्न ठाउँबाट आफ्ना मनका भावनाहरुलाई लकडाउन डायरीमा प्रस्तुत गरेको देख्दा मलाई पनि रहर लाग्यो । तर डायरी लेख्ने बानी नभएर कसरी  सुरु र अन्त्य गर्ने अन्योलमा परे । तरपनि मेरो सानो कोसिस “मन”। …

समयको ब्यालेन्स

चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम …

समयले छुटायो परदेशले सिकायो

सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्षौ छुटे यहाँ….अझै छुट्दैछन । न रोक्ने अधिकार छ मलाई न आदेश दिन र तगारो हाल्न नै सक्छु …..बर्षौपछि आफैलाई आज कोल्टे फर्कि हेर्न मन लाग्यो। छुटे त्यो बालापन, छुटे ती कबड्डी, अनि काठका खेलौना, छुटे ती क ख ग घ सिक्ने कालो पाटी, छुटे मेरा चकचके उत्ताउलो पन …

कोरोनालाई बहिस्कार गरौं

मेरो नाम मनिस खत्री हो । म रैनादेवी छहरा ४ दागिलबाट ।  हरेक दिन फरक फरक तरिकाले लगभग एक्लै समय बिताउनु पर्थ्यो । तर लकडाउनको बेला भने सबै परिवारसंग घरायसी काम गर्दै रमाउँदै बिताउँदैछु ! गाउँमा भएकोले गर्दा घरमा अघिपछि हुने भन्दा धेरै कामहरु गरिरहेका छौ! साँच्चिकै यो लकडाउनले परिवारको माया र ममता धेरै बढाएको छ …

खोइ सुरुवात पो कसरी गरुँ

म जस्तै लाखौं परदेशीहरुको व्यथा एउटै छ। झन् यो अवस्थामा मलाई जस्तै अरुलाई पनि त भयो होला। युएई को दुबईमा आएर निर्माण कम्पनिमा लागेको पनि छ बर्ष हुन लाग्यो। थुप्रै सपना बोकेर अरु लाखौं युवाजस्तै खाडी छिरेको पनि डेढ दशक हुनै लाग्यो। कहिले कतार, अहिले युएई।  यहाँको अवस्था लगभग सामान्य जस्तै छ। सबै सतर्क छन्। …

भोकले मर्नु नपरोस्

 म रातको खाना खाएर आराम गर्ने कोठाको झ्याल छेउमा बसेर बाहिर हेरिरहेको छु। चिसो हावा चलिरहेको छ। वरीपरी सुनसान छ। किराहरू कराएको र पर पर कुकुर भुकेको आवाज सुनिदै छ । जून लागिरहेकै छ। मेरो मनमा अनेक कुराहरू  खेल्दै छन् । गाउँबाट आमाले बारम्बार बाबु लकडाउन छ कोठा बाहिर नजानु । सब्जि किन्न जाँदा माक्स …

लकडाउन सदुपयोग गर्न सकिँन कि !

पेशाले म सरकारी जागिरे हुँ । जिन्दगीमा यति फुर्सद कहिल्यै भएन । केटाकेटीमा खेल्न पढ्नका र घरको कामधन्दाले फुर्सद भएन । अहिले जागिरे छु । धेरै सेवाग्राहीको चाप हुने कार्यालय भएकाले यहाँ पनि सधै व्यस्त हुन्छु ।  अहिले यी सबै कुरादेखि टाढा भए पछि जिन्दगीमा नयाँ अनुभव भइ रहेको छ । आफूलाई एक्लो महसुस गरेको …

हाम्रो परिवारले भोगेको अपमान

विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिनु मानवीय स्वभाव हो । कोरोना भाइरसको विश्वव्यापी जोखिम भए पछि मेरो सानीमा चैत्र ५ गते नेपाल आउनु भयो । एयरपोर्टमा मेडिकल चेक तथा परामर्शपछि काठमाण्डौमा ४ दिन बस्नु भयो । सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुँदा, उहाँ आफ्नै डेरामा सुरक्षित बस्नु भयो । काठमाण्डौमा आफ्नै घर नभएपछि, सिन्धुपाल्चोक माइती …

द्वन्दकालको झैं अनुभूति

म जति बेला कक्षा ३/४ मा पढ्थे, त्यो समय माओवादी जनयुद्द उत्कर्षमा पुगेको थियो । हाम्रो क्षेत्र जनयुद्धबाट धेरै प्रभावित त थिएन ।  तर पनि हरेक बिहान, माओवादी आन्दोलन र त्यससंग सम्बन्धित भिडन्तका घटनाहरूको समाचारबाट सुरु हुन्थ्याे ।  एक दिन हामी कक्षा कोठाभित्रै पढिरहेका थियाै । त्यही समयमा ठूलो आवाज़ कानमा पर्याे । हाम्रो विद्यालयदेखि …

डियर वैनी!

यो शून्य समयमा, अलग्गै मीठो सम्झना र माया ! धेरै दिनहरू बितेछन्, तिमीसँग कुराकानी नगरी । तिमीलाई भेट्ने मनसाय बुन्दाबुन्दै, एक हप्ते लक डाउन घोषणा गर्यो सरकारले । अनि तिमी तिम्रै स्थानमा लक भयाै । म मेरै स्थानमा लक भएँ । डियर वैनी! म यात्राबाट केही दिनअघि मात्र फर्किएकी थिएँ । यसर्थ म यात्राको धङ्धङीमै …

प्रिय जिन्दगी

प्रिय जिन्दगी संघर्षको मैदानमा कहिलेकाँही थाक्नु स्वभाविक हो, तर पनि जिन्दगी त सबैलाई प्रिय नै लाग्छ । खासगरी जब जिवन वा मृत्यु आफ्नो सम्मुख उभिएको हुन्छ । जस्तै दुःख पनि सामान्य लाग्न थाल्छ त्यो वेला, जव संसारभर जना, सय, हजार हुँदै मृत्यु संख्या दोब्बर बनाउदै भयावह स्थिती अहिले झै हुन्छ ।   विश्वका कतिपय मुलुकमा भएका …

लकडाउनको उमङ्ग , एक पृथक प्रसङ्ग

मेरो नाम सुमन थापा हो । म हाल सैनिक आवसीय महाविद्यालय भक्तपुरमा ११ कक्षामा पढ्दैछु ।   त्यो दिन होस्टेलको माहोल निकै बेग्लै लागिरहेको थियो । कोही नाचिरहेका त कोही गाउँदै गरेका …. १, २  १, २ म पनि जान्छु सररर बस चढी काठमाडौं….. । होस्टेलका ती बिल्कुल फरक दृश्यले मलाई अचम्ममा पारिदिएको थियो । मेरो …

छुटेको जहाज

म बसेको कम्पनी होस्टल नजिकै एउटा सानो पार्क छ। पार्कमा केही थान बडेमानका रुखहरु, शारीरिक अभ्यास गर्ने उपकरणहरु र आराम गरेर बस्ने बेञ्च आदि छन।  बेलुकीको केही समय म त्यही पार्कमा सुस्ताउँछु। अलि परको हाईवेमा ल्याम्प्पोष्टहरुको दुधिलो किरण पच्छ्याउँदै बत्तिएका सवारी साधनहरु, हाईवेलाई टेकेर उभिएका मझौला पहाडहरु, पहाडहरुको बिचबाट अझ पर देखिने चम्किलो शहर, शहरको …

लकडाउनले साहित्यकार बनाउला जस्तो छ

विश्व स्वास्थ्य संगठनले खतराको सज्ञां दिएपछि नेपाल सरकारले ५ गते वेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो । त्यतिबेला सम्म त नेपालमा आएको छैन के भो र भने जस्तो लाग्थ्यो । तर जव सरकारले एसइइको परिक्षा नै रोक्यो तब संकटै परेको हो कि भन्ने लाग्यो ।  ५ गते साँझदेखि नै अफिसबाट घर जाने …

आमा छोराको गन्थन

म​ खुब चिया प्रेमी । त्य​स​मा प​नि दुध​ चिया । अझ​ यो ल​कडाउन​ले ग​र्दा झ​नै बिहान आँखा खुलेदेखि आँखा न​अस्ताउँदास​म्म​ दैनिक ५ -७ कप चिया पिउँछु ! यो  डाय​री भ​र्दै गर्दा पनि छेउको चियाको कप बेला बेला उठाउँदैछु ।  चिया धेर भ​एर हो कि निन्द्रा पनि ढिला लाग्छ  ! हुन​ त यो ल​कडाउन​ प​छि न​ …

आफैँलाई दिएको एक हप्ता

सरकारको पहिलो निर्णय आयो । सेवा दिनु नपर्ने, तर कर्मचारीले नियमित कार्यालय आएर कामकाज गर्नुपर्ने छ। त्यसै गरियो । लकडाउन नै भए पछि भने स्वत: बिदा पाएँ । वरिपरिका साथीहरु सबै गाउँ गए । मलाई गाउँ जान उचित लागेन । काठमान्डौमै बस्ने निधो गरेँ । लकडाउन पालना गर्ने र एक हप्ताको समय आफैलाई दिने निर्णय …

कोरोनाले सिर्जनशील बनायो

अहिले मेरो दिनचर्या विल्कुल फेरिएको छ । बिहान ६ बजे उठ्ने मान्छे, ५ बजे नै उठि सक्छु ।  बिहानभर कफी सपमा गफ लडाउँदै बस्ने मान्छे ६ बजे नै रेडियोको कार्यालयमा हाजिर । म रेडियोकर्मी । अरूले सामाजिक सञ्जालमा दिन कटाउन गाह्रो भयो भन्ने स्टाटस, फोटो हालेको हेर्दा अचम्म लाग्छ । साँच्चिकै भनेको हो कि, ख्याल …

गितार सिक्न थालें

लेखनमा रुची भएको मान्छे त होइन तर सबै जनाको लक डाउन डायरी पढेर केही शब्द कोर्न मन लाग्यो ।  व्यस्त शहर जापानमा पनि कोरोनाको प्रभाव देखिन थालेको छ । सँधै कोच्चिएर चढ्नु पर्ने ट्रेन अहिले खुकुलो भएको छ । पर्यटक स्थल ,रेस्टुँरा, सुपर मार्केट सबैमा मान्छेको चाप कम देखिन्छ ।  मैले काम गर्ने पुरानो सभ्यताको …

एउटा अदृश्य युद्ध

केही दिन देखिकाे घर बसाईले दिनचर्या अलि बिग्रेकाे छ । खाने समय फेरिएको छ । सुत्ने, उठ्ने समय पनि बिग्रिएको छ । अहिले घरमा कसैलाई हतार छैन । कतै जानु छैन । बित्दो केही गर्नु छैन । स्वच्छन्द हिँड्ने हामी सबै घरमै बन्द छाै ।  केही दिनदेखि  कहिल्यै नसुत्ने शहर पनि मस्त निदाएकाे छ । …

ट्राभलिङ टु किचन, किचन टु बेड

आज लकडाउनको नवौ दिन। म आफ्नो जन्मघर भन्दा टाढा, काठमाडौंको डेरामा आफूलाइ कैद गर्न बाध्य छु। दैनिकी पट्यार लाग्दो छ । ट्राभलिङ टु किचन, किचन टु बेड बाहेक अन्त जाने नयाँ ठाउँ छैन। गेटमा हरबखत ताला झुन्डिरहन्छ। गेट बाहिर सानो बजार छ। एकाध पसलहरु बिहान एकझमट खुल्छ्न् । त्यसपछि बन्द। मान्छेको आवातजावत छैन। कुनै होहल्ला …