कोरोना महामारीको समयमा जन्मभूमिबाट कर्मभूमीमा आफ्नो पसिनालाई बिक्री गरेर आफ्नो घरपरिवारलाई खुशी र सुखी बनाउने अपेक्षा लिएर मिठा मिठा सपना बोकेर हिडि रहेको छु। खै, मलाई पनि थाहा छैन कहाँ कति बेला के हुने हो भनेर !मनमा कोरोनाको त्रास नै त्रास। अर्को तिर घरपरिवारको याद । यसरी नै चलि रहेको छ मेरो जिन्दगी ।
यो लकडाउनको समयमा इन्टरनेट मोबाईल फोन हुदैन थियो भने अझ कति मानिसहरुको बिचल्ली हुँदो हो ? म पनि परदेशमा नै छु । नेपालमा श्रीमती छोरा छन्। दिनमा ३/४ पटक कुरा हुन्छ ।तर पनि मनलाई शान्ति मिल्दैन । सायद मनको शान्ति परदेशी भूमिमा रहुन्जेल कहिले पनि मिल्दैन।
पहिला पहिला कति रमाइलो थियो यही परदेशी जीवन पनि। हप्तामा एक पटक भए पनि समय मिलाएर नेपाली दाजुभाइहरुसँग भेटघाट हुन्थ्यो, गफ गरिन्थ्याे। एकछिन भए पनि मनलाई भुलाइन्थ्यो । अहिले त एक अर्कासँग भेट गर्न पनि डरमर्दो समय आयो कोरोना भाइरसले गर्दा । कहिलेकाहीँ त आफूले आफैँलाई प्रश्न गर्छु – पहिलाको जस्तै समय फेरि आउला त? फेरि आफैँले आफैँलाई उत्तर दिन्छु – कोरोना भाइरस सकिए पछि आउँछ होला। तर यो कोरोना भाइरस सकिने कहिले !
छटपटी चल्छ। मुख मुख आइरहेका बर्ष दिनका चाडपर्वहरु, त्यो गाउँघर, त्यो रमाइलो पल, मस्तिष्कमा झलझली आउँछन।सम्झना मनैमा छन्। के गर्नु आएर पनि! समय परिस्थिति अनुसार चल्नु पर्ने रहेछ । जीवन बाध्यता कि रहर जस्तो लाग्छ । कहिलेकाहीँ एकान्तमा बसेर टोलाउने गर्छु । के गर्नु परदेशी भूमि, एक त नियम कानुन सबै थाहा हुँदैन। सबै भन्दा ठूलो समस्या भाषा फरर बोल्न आउँदैन। मात्र सुन्यो अनि काम गर्यो । उता आफन्तहरुको अर्कै गुनासो आउँछ। बिदेश गएको अहिले पैसा कमाउन थालेपछि हामीलाई कहाँ समझन्छ रे ! मानिसलाई बोल्न सजिलो हुने रहेछ । तर काम गर्न सोचे भन्दा बढी गार्हो हुने रहेछ। एउटा गीत छ नि “दिन त काटे जसो तसो रात काटने कसरी ”
जीवन यसरी नै चलि रहेको छ । कोरोना भाइरस छिटै हटोस्, यही कामना गर्द्छु। रमाइलो गर्ने समय त छ्दै छ नि हैन र ! मलाई चिन्ने नचिन्ने सम्पूर्णमा नमस्कार ।।
2 Responses
Pardesi ko jindagi ajha corona ko trass ,purai tanab
हामि सवै प्रवासीको कथा यस्तै हो रहेछ संसार बिचित्र अझ आतिलो मिहेनती र परिश्रम गर्दै जानु कोरोना पनि हराउदै जानेछ परिवार संगै बसेर रमाउने दिन पनि आउने छ 👍👍😍