भाेलि भोलि

भोलि कसैले देखेको हुदैन । तर देखेका भोलि कस्ता होलान् ?  भोलिलाई पछ्याउने क्रममा हामीले कति आजहरुलाई हिजोमा बिताइसकेका छौँ । 

भोलिको रफ्तारमा बढ्दै गर्दा जिन्दगी एक रेस बनेको छ । कहिले ठेस लाग्छ , कहिले लडिन्छ त कहिले चोटपटक लाग्छ तर दौडन भने छोडेका छैनौँ । दौडने क्रममा कति आफ्ना पराई भए अनि कति पराई आफ्ना जस्ता ।

भोलिको पछि लाग्दा लाग्दै कति रुप फेरिए, कति रडः, कति मन,कति सोच अनि कति साथ फेरिए । 

सबैले आफ्नो भोलि सुन्दर कल्पिएको हुन्छ । बुवा सधैँ भन्ने गर्नु हुन्छ “आज धेरै पढ छोरी ,भोलि सुखी हुन्छ्यौ ।” आमा पनि खाना पस्कदै गर्दा भन्नुहुन्छ ” तरकारी खा, साग सबै खाइसकिस् भने भोलि चस्मा लाउनु पर्दैन ।” यसै बिच टिःभीमा भ्रष्टाचारको समाचार सुन्दै गर्दा हजुरबुवा कराउनु हुन्छ “कति घुस खा ‘का, मर्नु पर्दैन भोलि यिनीहरुलाई ?” 

तर हिजोआज लकडाउनका कारण भोलिलाई पछ्याए पनि जिन्दगी भने रफ्तारमा बढे जस्तो लागेको छैन । घरमा बुवा, आमा, दिदी, भाई र म बस्छौँ । आज हामी सबैसँग सबैका लागि प्रशस्त समय छ । भोलिको अनेकाै भ्रम देखाएर नजिकिनेहरुलाई पनि ‘social distancing’ ले टाढै राखेको छ । बुवा आमाको यति धेरै माया पाउँदा भोलि कसैले यति 

माया गर्न सक्दैन भन्ने कुरामा विश्वस्त भएकी छु । 

जिन्दगीका रफ्तारमा अहिले ‘covid_19’ले टक्क विश्राम दिएता पनि मलाई पनि भोली पछ्याउनु नै छ। भोलि अझ संघर्ष गर्नु छ, टाढा देखिएका ती आशाका किरणलाई अझ चाँडो दाैडेर जित्नु छ, अडिग रहनु छ , सही र केही गलत गर्नु अघि नै सच्याउनु छ, सबै कुरा थाँती राख्दै आफ्नाहरुलाई मन भरिकाे सबै माया दिनु छ । भोलि अझै सुन्दर बनाउनु छ । 

Profile Image

ब्राेनिका थापा

काठमाडाैँ

Leave a Comment

Your email address will not be published. Required fields are marked *