ठूलाबाकाे मास्क
मेरो गाउँ बिदुर ७- सोले नुवाकोट हो । आजकाल बिहानै उठेर आँखा मिचि मिचि बिहानी कक्षा कुद्ने भाइबहिनी, गुरुहरु भेटिदैनन् मेरो गाउँमा। लौन !बिहानको १० बजिसक्यो। अफिस पुग्नै पर्छ नभए हिजो झैँ हाकिमले झपार्छन् भन्ने कर्मचारी दाजु, भाउजु, आजभोलि उठ्न हतार गर्नुहुँदैन। लाग्छ समयले पनि धेरै माइलको यात्रापछि केही समयको निम्ति बिश्राम लिएको छ। गाउँघरमा …